बुटवल – मानिसको जीवन रक्षा गर्ने थलो हो अस्पताल। मानिस आफ्नो जीवनको अन्तिम अवस्थामा समेत पुनः जीवन पाउने आशाले अस्पतालमा जाने गर्दछन्। ती अस्पताल नै अस्पतालजस्ता नभएपछि बिरामीको हतास मानसिकता कस्तो होला ?

प्रदेश ५ अन्तर्गतका प्रादेशिक अस्पतालहरूको अवस्था अस्तव्यस्त रहेको पाइएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पताल दाङमा अस्पतालको अवस्था दयनीय छ। अस्पतालका सबै फाँटहरू अस्तब्यस्त नै देखिन्छन्। इमर्जेन्सी बिरामी ल्याउनेहरूको पीडा, ‘यहाँ त यस्तो जञ्जाल छ कि अस्पतालको काइदा कानून बुझ्दा बुझ्दै बिरामीको ज्यान जान्छ।’

पहिलो पटक बिरामीको अवस्था बताउन र अघिको कसो गर्ने भन्ने निर्णय खोज्न जाने स्थान फाँट हो। त्यहाँबाटै बिरामीका आफन्त पीडा भोग्न शुरू गर्दछन्। फाँटका कर्मचारी न बोल्छन् न कुनै प्रतिक्रिया दिन्छन्। हतासमा रहेका बिरामीका आफन्त झन पीडित हुनु कुनै नयाँ कुरा हुँदैन्। ‘कर्मचारीहरूमा कुनै जिम्मेवारी नै छैन, बिरामी लिएर अर्घाखाँचीबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवल आएका मनोज आलेले पीडा सुनाउँदै भन्छन्, ‘सरसफाइको त के कुरा, बिरामी कुरुवासमेत बिरामी होला भन्ने डर।’

के सम्म भएको छ अस्पतालहरूमा ?

अस्पतालहरूका फार्मेसीमा बिरामीको ज्यानमाथि नै खेलवाड हुने गरी म्याद सकिएका र म्याद रहेका औषधिहरू एकै स्थानमा राखेको भेटिएको छ। यसरी बिरामीको ज्यानमाथि नै खेलवाड हुने कुरा मानवको नैसर्गिक अधिकारमाथिको खेलवाड भएको अधिकारवादीहरूको बुझाइ छ। ‘जीवनको अन्तिम अवस्थामा आशाको केन्द्र भनेकै अस्पतालहरू हुन्,’ मानवअधिकार तथा शान्ति समाजका उपाध्यक्ष गोविन्द खनाल भन्छन्, ‘मानव जीवनमाथि खेल्ने अधिकार कसैलाई छैन।’

अस्पतालहरूमा एउटै बेडमा तीन जना बिरामीसम्म राख्ने गरिएको छ। यसले बिरामीलाई इन्फेक्सनको जोखिम उच्च रहने गरेको डाक्टरहरू बताउँछन्। बिरामीको चापका कारण र बेडको अभावले एकभन्दा बढी बिरामी राख्न बाध्य हुने गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनाल बताउँछन्। काम लाग्ने समानहरू पनि मर्मतसम्भार नगरी जीर्ण हुने गरी राखिएको छ। औषधि स्टक भए र पनि बिरामीलाई उपलब्ध नगराएको बिरामीहरूको गुनासो छ।

सम्झौताको म्याद सकिएर पनि लुम्बिनी प्रादेशिक अस्पतालमा निजी फार्मेसी सञ्चालन भइरहेको सामाजिक विकास समितिका सभापति दीर्घ रायण पाण्डेयले अनुगमनका क्रममा देखिएको बताए। लुम्बिनी प्रादेशिक अस्पतालमा हाल ७३ वटा सटर र सिँढीमुनि चार कोठा रहेका छन्।

जिल्ला अस्पतालहरूको पनि अवस्था उस्तै

प्रदेश ५ का प्रादेशिक अस्पतालहरू मात्र होइन, अन्य जिल्लाहरूमा रहेका सरकारी अस्पतालहरूमा पनि अवस्था उस्तै छ। भीम अस्पताल भैरहवा, पाल्पा जिल्ला अस्पताल पाल्पा, जिल्ला अस्पताल गुल्मी, सन्धिखर्क अस्पताल अर्घाखाँची, कपिलवस्तु जिल्ला अस्पताल कपिलवस्तु र पृथ्वीचन्द्र अस्पताल नवलपरासीको पनि अवस्था दयानीय पाइएको हो। केही दिनअघि अनुगमनमा गएका सामाजिक विकास समितिका सभापति दीर्घ रायण पाण्डेयका अनुसार ती अस्पतालहरूको अवस्थाका कारण बिरामीहरू थप मर्कमा पर्ने गरेका छन्।

त्यस्तै दाङ, बाँके, बर्दिया, रुकुम पूर्व, रोल्पा र प्यूठान जिल्लामा पनि अवस्था उस्तै रहेको पाइएको छ। कतै दरबन्दीअनुसार डाक्टरहरूको काम त कतै कर्मचारीको मनपरी देखिएको अनुगमनमा गएका समिति सदस्य अष्टभुजा पाठकले बताए।

समस्या समाधानका लागि प्रयास शुरू भएको छ

प्रदेशिक अस्पतालहरूमा देखिएका समस्या समाधनका लागि प्रयत्न शुरू भएको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए। ‘अस्पतालहरूमा समस्या नै नभएको होइन, देखिएका समस्याहरूको समाधानका लागि नयाँ प्रयत्न शुरू भएको छ,’ उनले भने।

अस्पतालका फार्मेसीहरूमा म्याद गुज्रिएका औषधि राखेको प्रमाणसहित आएमा सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने उनले बताए। पुराना भौतिक संरचनाका कारण कुनैकुनै अस्पतालहरूमा एकभन्दा बढी बिरामी राख्ने गरेको मन्त्री बरालले स्वीकार गरे। त्यस प्रकारको समस्या समाधानका लागि नयाँ संरचना निमार्णको काम शुरू भएको उनले बताए।

डी.आर. बन्जाडे डी.आर. बन्जाडे
नेपाली पब्लिकका प्रदेश नम्बर ५ का प्रमुख संवाददाता हुन्।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९