काठमाडौँ – वडा नंं २२ टेबहाल, राजकृति महाबिहारस्थित अक्षोभ्य तथागत (मुगः द्योः छेँः) को आजै पुनर्निर्माण कार्य सम्पन्न भएको छ। श्री संकटा संरक्षण तथा व्यवस्थापन समितिको अगुवाइमा पुनर्निर्माण कार्य सम्पन्न भएकाे हाे।

पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले २२ लाख २४ हजार ९ सय ४६ रुपैयाँ उपलब्ध गराएको थियो। त्यस्तै काठमाडौं क्षेत्र नं. ९ का संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठमार्फत संसद विकास कोषबाट ८ लाख ११ हजार ९ सय ४० रुपैयाँ र उपभोक्ता समितिबाट ३६ लाख ६७ हजार ४ सय २ रुपैयाँ जम्मा भएको थियो। यसको पुननिर्माणका लागि २८ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। प्यागोडा शैलीको १ तले संरचनाका रुपमा पुनर्निर्माण भएको यो बिहार १४ फिट लम्बाई र १४ फिट चौडाइ क्षेत्रफलमा छ।

पुननिर्माण अवसरमा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले टेबहाल क्षेत्रभित्र भएका सम्पदाको चाँडो पुननिर्माण सम्पन्न गरेर भ्रमण वर्ष २०२० का लागि आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनाइने बताए। ‘आज हामीले मिलेर मुग द्योः छेँः को पुनर्निर्माण सम्पन्न गरेका छौँ, उनले थप्दै भने—अब क्वापाः द्योः छेँ र संकटा मन्दिर (पाल्हाःद्यो) को पुनर्निर्माण तत्काल थालौँ।’

सम्पदा पुनर्निर्माणका लागि संघ र प्रदेश सरकार, महानगर र वडा, उपभोक्ता समिति र शुभेच्छुक सबैबाट प्राप्त रकमलाई एकै ठाउँमा जम्मा गरेर एउटै बाटोबाट खर्च गर्नुपर्छ। यसले पारदर्शिता र जवाफदेहिता बढ्ने मेयर शाक्यको भनाइ थियो। सोही कार्यक्रममा बोल्दै महानगरको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले मुगः द्योः छेँ पुनर्निर्माणले आगामी दिनमा राम्ररी काम गर्न सकिन्छ भन्ने सन्देश दिएको धारणा व्यक्त गरे। यसमा अनुमान गरिएको भन्दा केही बढी रकम खर्च भयो। त्यसपछाडि नयाँ निर्माण सामग्रीको प्रयोग कसरी गर्नुपर्छ भन्ने पाठ पनि छ। त्यसैले बाँकी काम गर्न सजिलो भएको छ’, उपाध्यक्ष बस्नेतको भनाइ छ।’

कार्यक्रममा बोल्दै पुननिर्माण समितिका सचिव माणिकरत्न स्थापितले—‘मुग द्योः छेँ पुननिर्माणमा लागेको खर्चको विवरण प्रस्तुत गर्दै अब पुननिर्माण हुने संकटा मन्दिर (पाल्हाःद्यो) का लागि ५ करोड रुपैयाँ र क्वापाः द्योः छेँका लागि ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको बताए।’ यी दुई संरचना पुननिर्माण भइसकेपछि टेबहाल क्षेत्रमा सौन्दर्यीकरण र पर्यटन व्यवस्थापनको मात्र काम बाँकी हुनेछ, स्थापितको भनाइ छ।

समारोहमा संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेश संसद सदस्य राजेशकाजी शाक्य र अजयक्रान्ति शाक्य, वडाध्यक्ष चिनीकाजी महर्जनसहित स्थानीयको पनि उपस्थिति थियो।

टेबहालस्थित संकटा मन्दिर दिनदशा र आपत्बिपद्को संकट टार्ने भगवानका रुपमा चिनिन्छ। कलिगत सम्बत् ३६०६ अर्थात् वि.सं. ५६२ (ईस्वी संवत् ५०५) मा बन्धुदत्त बज्राचार्यले यो मन्दिरको स्थापना गर्न लगाएको मानिन्छ। दुःखबाट छुटकारा पाउन पूजा आराधना, ग्रह जप तथा पाठ गराइने यस मन्दिरलाई २०७२ सालको भूकम्पले आंशिक क्षति पु¥याएको छ। मन्दिरको भित्रि भाग चर्किएको छ।

लोकप्रिय

पक्राउ परे गुण्डा साजन गुरुङ

पक्राउ परे गुण्डा साजन गुरुङ

२०७६, २७ भाद्र शुक्रबार १८:००

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

मेस्सी टिममा फर्कनेमा अझै शंका

मेस्सी टिममा फर्कनेमा अझै शंका

२०७६, २७ भाद्र शुक्रबार ११:१४

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

२०७६, २७ भाद्र शुक्रबार १५:२९

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

पहिरोको कारण एकको मृत्यु, चार घाईते

पहिरोको कारण एकको मृत्यु, चार घाईते

२०७६, २७ भाद्र शुक्रबार १२:१७

प्रेममाथी एक गजल

प्रेममाथी एक गजल

२०७६, २७ भाद्र शुक्रबार १३:३९

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

२०७६, २७ भाद्र शुक्रबार १८:१९

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

स्वास्थका लागि ३० दिन उठबस

स्वास्थका लागि ३० दिन उठबस

२०७६, २७ भाद्र शुक्रबार १८:३०

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

२०७६, २७ भाद्र शुक्रबार १६:५९

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

२०७६, २७ भाद्र शुक्रबार १०:५४