काठमाडौँ – पाँचौं एसियन भलिबल कन्फेडेरेसन एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक नेपाल भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

प्रतियोगितामा सहभागी बन्न अफगानिस्तान टोली मंगलबार नेपाल आईसकेको छ। नेपालले प्रतियोगिता अघि अफगानिस्तानसँग दुईवटा मैत्रीपूर्ण खेल समेत खेल्नेछ। नेपालले बुधबार र सुक्रबार अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्नेछ। अफगानिस्तान टोलीलाई संघका पदाधिकारीले त्रिभुवन विमान स्थलमै पुगेर स्वागत गरेका थिए।

लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा हुने प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका लागि नेदरल्यान्ड्सका प्रशिक्षक हान एबिङले इम रानाको कप्तानीमा १४ सदस्यीय नेपाली खेलाडी टोलीको घोषणा गरिसकेका छन्। यसपटक नेपालले उपाधि चुम्ने लक्ष्य लिएको सहायक प्रशिक्षक जगदिश भट्टले बताए।

यसअघि नेपालको पुरुष टोलीले २०७३ सालमा माल्दिभ्समा भएको सेन्ट्रल जोन भलिबलमा कांस्य जितेको थियो। नेपालले ४१ वर्षपछि जितेको यो ऐतिहासिक पदक थियो। जुन नेपाली महिला र पुरुष भलिबल टोलीले एभीसी र अन्तर्राष्ट्रिय भलिबल महासंघ फिभबाट मान्यताप्राप्त प्रतियोगितामा जितेको पहिलो पदक हो।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

लागुऔषधसहित दुईजना पक्राउ

लागुऔषधसहित दुईजना पक्राउ

२०७६, ५ माघ आईतवार २०:१७

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

कमजोर व्यवस्थापनका कारण ठाकुरराम बदनाम: विद्यार्थी नेता वर्णवाल

कमजोर व्यवस्थापनका कारण ठाकुरराम बदनाम: विद्यार्थी नेता वर्णवाल

२०७६, ५ माघ आईतवार १२:२७

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

नेपाली सिनेमामा समावेश लोकगीतबारे यस्तो चर्चा

नेपाली सिनेमामा समावेश लोकगीतबारे यस्तो चर्चा

२०७६, ५ माघ आईतवार १८:०६

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

ताेलामा २ सयले बढ्याे सुनकाे मुल्य

ताेलामा २ सयले बढ्याे सुनकाे मुल्य

२०७६, ५ माघ आईतवार १२:४५

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

प्रेमीलाई सुटकेसमा प्याक गरेर जेलबाट भगाउन खोज्ने युवती पक्राउ

प्रेमीलाई सुटकेसमा प्याक गरेर जेलबाट भगाउन खोज्ने युवती पक्राउ

२०७६, ५ माघ आईतवार १८:०१