काठमाडौँ – सप्तरी क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन्। तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष निर्वाचित यादवले पार्टी (समाजवादी) लाई जानकारी नदिई संसद् सचिवालयमा राजीनामा पेस गरेका हुन् । राजीनामा दिनुको कारणबारे सांसद यादवले केही बोल्न चाहेनन्।

समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष उपेन्द्र यादवले डा। यादवको राजीनाबारे जानकारी गराएका थिए । अध्यक्ष यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामा स्वीकृत नगर्न आग्रह गरेका छन्।

समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले डा। यादवको राजीनामाबारे पार्टीलाई कुनै जानकारी नभएको बताए । ‘उहाँले किन राजीनामा दिनुभयो, थाहा हुन सकेको छैन’, अधिकारीले भने, ‘हामी यसबारे बुझ्दै छौं ।’ डा. यादव जनकपुरका बालरोग विशेषज्ञ हुन् । राजनीतिमा खासै सक्रिय नदेखिएका डा। यादव निर्वाचनमा एक्कासि फोरमको उम्मेदवारका रूपमा चुनावी मैदानमा देखिएका थिए।

पार्टी स्रोतका अनुसार अध्यक्ष यादव र सांसद डा। यादवबीच ५–६ महिनायता मनमुटाव देखिँदै आएको थियो । सांसद यादव निकट एक नेताले अध्यक्ष यादव सरकारमा गएपछि सांसद यादव स्वास्थ्य राज्यमन्त्री बन्ने दाउमा रहेको बताए । तर अध्यक्ष यादवले अर्का चिकित्सक डा। सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाएपछि उनी चिढिएका थिए।

सांसद यादवको राजीनामा उपचुनावसँग जोड्न थालिएको छ। यादवको राजीनामा स्वीकृत भएमा सप्तरी १ मा उपचुनाव हुन्छ। उपचुनाव भएमा सीके राउतले उम्मेदवारी दिने चर्चा सामाजिक सञ्जालमा हुन थालेपछि जनमत पार्टीले खण्डन गरेको छ। जनमत पार्टीका प्रवक्ता अब्दुला खाणले राउत उपनिर्वाचनमा सहभागी हुने योजना नरहेको प्रस्ट पारे । यद्यपि उनले जनमत पार्टी निर्वाचनविरोधी नभएको बताए।

सीके निकट मानिने जनमत पार्टीका नेता दीपक साहले उपचुनावबारे पार्टीमा छलफल नचलेको बताए। उपचुनावका विषयमा पार्टीमा छलफल भएको छैन,’ साहले भने, ‘छलफल नै नभएको विषयमा अहिल्यै केही बताउन सकिन्न ।’ जनमत पार्टीले भदौ १ गतेदेखि काठमाडौं र जनकपुरबाट पार्टी कार्यालय सञ्चालनमा ल्याउँदैछ । गत फागुनमा मूल धारमा आएका सीके राउत निर्वाचन आयोगमा जनमत पार्टी दर्ता गराएर पार्टी गतिविधिमा सक्रिय भएका छन्। यो समाचार अन्नपूर्ण पोष्टले छापेको छ।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८