काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आफ्नो मन्त्रालयमा घूस बन्द नभएको बताएका छन् । उनले आफ्नो मन्त्रालयका घूसखोरमाथि कारबाही भइरहेको दाबीसमेत गरे।

प्रतिनिधिसभामा मंगलबार सांसदहरूका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री यादवले ‘घूस’ लिन खोज्नेहरूविरुद्ध मन्त्रालय कडा रूपमा प्रस्तुत भएको दाबी गरे। ‘त्यस्ता व्यक्तिलाई अख्तियारले कारबाही गरिरहेको छ,’ उनले भने, ‘अनियमितता गर्नेहरू धमाधम पक्राउ परेकाले अहिले बढी चर्चा हुने गरेको छ।’ उनले अनियमितता र खानीजन्य वस्तुको चोरी निकासी नियन्त्रण गर्नका लागि सघाउन सांसदहरूलाई आग्रह गरे।

सांसदहरूले मन्त्री यादवसँग महँगी, खनिज वस्तुको चोरी निकासी, तरकारीमा विषादीलगायत विषयमा जिज्ञासा राखेका थिए। जवाफ दिँदै उनले महँगी र अखाद्य वस्तुको प्रयोग विगतकै निरन्तरता भएको दाबी गर्दै यो सरकार आएपछि सबैतिर चौपट भयो भन्ने मानसिकता त्याग्न आग्रह गरे।

‘विगतमा बिग्रेरभत्केका विषयलाई क्रमशः सुधार्दै लैजान लागेका छौं,’ उनले भने, ‘एकै पटक सबै समस्याको हल हुँदैन।’ मन्त्री यादवले उपभोक्तालाई हुने हानि नोक्सानीको क्षतिपूर्ति दिलाउन उपभोक्ता संरक्षण ऐन लागू गरिएको जानकारी दिए। ‘बजार अनुगमनलाई व्यापकता दिएका छौं,’ उनले भने, ‘गएको आर्थिक वर्ष १६ सय ६१ वटा अनुगमन गरिएको थियो । चालु आवमा ७४ वटा अनुगमन भइसकेको छ।’

मन्त्री यादवले सरकारले प्रदेश सरकार र स्थानीय तहको समेत सहभागितामा अनुगमनलाई निरन्तरता दिने दाबी गरे। उनले दैलेखको पेट्रोलियम, जाजरकोटको पत्थर एवं तामा, पर्वत र तनहुँको फलाम, मुस्ताङको युरिनियम तथा सम्भावित क्षेत्रमा सुनखानीको अध्ययन र उत्खननका लागि प्रक्रिया अघि बढाएको जानकारी दिए। उनले चोरी निकासी नियन्त्रण गर्न सुरक्षाकर्मी खटाइएको जानकारी दिँदै विभिन्न भागबाट २ हजार केजी खनिज बरामद गरिएको जानकारी दिए।

कांग्रेस सांसद दिलेन्द्र बडूले खनिजलाई वैधानिकता दिए चोरी निकासी रोकिने बताए। ‘यसबाट राजस्व आउँछ र व्यवसायीले व्यावसायिक रूपमा काम गर्छन्,’ बडूले भने, ‘सरकारले यस्तो बाटो लिन किन सक्दैन।’

सांसद प्रेम सुवालले भ्रष्टाचारका कारण काइनेटलगयातका वस्तु चोरी निकासी भएको बताए। उनले चीनबाट कच्चा पदार्थ ल्याउँदा औषधि उत्पादनमा ४० प्रतिशत सस्तो हुने कुरामा सरकारको तयारी के छ भन्दै मन्त्रीको उत्तर माग गरेका थिए।

लोकप्रिय

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

२०७६, ९ माघ बिहीबार १५:४८

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ९ माघ बिहीबार १९:५८

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

२०७६, ९ माघ बिहीबार १८:५२

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

२०७६, ९ माघ बिहीबार १५:२१

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

२०७६, ९ माघ बिहीबार १५:१३

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

२०७६, ९ माघ बिहीबार १७:४३

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६