पोखरा – सामुदायिक वनबाट रुख होइन, रसिद काटेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने त्यहाँको एउटा सामुदायिक वन समूह उदाहरणीय बनेको छ। पोखरा महानगरपालिका–२७ स्थित पन्थको डाँडा सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको वनभोजस्थलमा आगन्तुक समूहसँग अनुमतिका लागि काटेको रसिदबाट आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेको हो।

पोखरा उपत्यकाका नौ तालमध्येको पाँचाै ठूलो दिपाङ्गतालको किनारास्थित मनोरमस्थलमा अवस्थित सो सामुदायिक वनले एक वर्षको अवधिमा वनभोज खान आउने समूहबाट रसिद काटेर रू ६५ हजारभन्दा बढी आम्दानी गरेको समूहका अध्यक्ष नीरलाल तझ्याले जानकारी दिए। उनका अनुसार वनको बीचको मैदान र खाली स्थानमा आवश्यक भौतिक संरचना तयार गरी वनभोजस्थलका रूपमा विकास गरेसँगै सो स्थानमा वनभोज खान आउनेको प्रत्येक वर्ष क्रमिकरूपमा आकर्षण बढ्दै गएको छ।

पोखरालगायत आसपासका स्थानबाट वनभोज खान आउने आमा समूह, सहकारी, युवा क्लब, टोल विकास संस्था, विद्यार्थीलगायतका विभिन्न सङ्घसंस्था आउने गरेको बताउँदै अध्यक्ष तझ्याले भने, ‘सङ्ख्याको आधारमा एउटा समूहलाई रू एक हजारदेखि एक हजार पाँच सयसम्म रकम लिने गरेको छौँ।’ सडकबाट वनभोजस्थलसम्म पुग्ने बाटो सोलिङ ढलान गर्न आवश्यक रहेको बताउँदै उनले आर्थिक सहयोगका लागि वडा कार्यालयमा पत्राचार गरिएको जानकारी दिए।

वनभोजस्थलबाट दिपाङ्गतालको स्पष्ट दृष्यावलोकन गर्न र तस्वीरसमेत लिन सकिने गरी रुखलाई गोडमेल गर्ने तयारी भइरहेको बताउँदै उनले शान्त, हरियाली तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस स्थानको आवश्यक प्रचार–प्रसारमा जोड दिइने उल्लेख गरे। सामुदायिक वनबाट उत्पादित दाउरासमेत वनभोजमा आउने समूहलाई बिक्री गर्ने गरेको बताउँदै उनले समूहको र वनभोजस्थलबाट भएको आम्दानीबाट थप भौतिक संरचना तयार गरेर वनभोजस्थलबाट मात्रै वार्षिक रू १ लाखभन्दा बढी आम्दानी गर्ने लक्षय रहेको छ भने।

भवन तथा शहरी विकास कार्यालयको रू नौ लाख ६० हजारको आर्थिक सहयोगमा लगभग आठ वर्षअघि वनभोजस्थलमा आवश्यक पूर्वाधार निर्माण गरिएको उक्त वन समूहका पूर्वसचिव गुमनाथ लामिछानेले जानकारी दिए। आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्दै उपभोक्ताको आयआर्जनमा समेत टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएको वनभोजस्थलमा हाल दुई ट्रष्ट भवन, विद्युत्, खानेपानीसहित दुई शौचालयसमेत निर्माण गरिएको छ।

चौथो सामुदायिक वन दिवसका अवसरमा सो समूहमा आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले वनको संरक्षण, संवद्र्धन र विकास गर्दै आएका उपभोक्ताले शुरु गरेको पर्यापर्यटन विकासमा सबै पक्षले चासोका साथ सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

सामुदायिक वन उपभोक्ता महासङ्घ कास्की र डिभिजन वन कार्यालय कास्कीद्वारा संयुक्तरूपमा आयोजित सो कार्यक्रममा वन क्षेत्रको खाली स्थानमा चाँप, लप्सी, तेजपात, निमारोलगायत विभिन्न जातका तीन सय भन्दा बढी बिरुवा रोपिएको थियो। आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेका कास्की जिल्लामा हस्तान्तरण गरिएका ५११ सामुदायिक वन समूहले संरक्षण, संवद्र्धन र उपयोगसँगै सम्भाव्यता अध्ययनका आधारमा वनलाई समृद्धिसँग जोडिनु अपरिहार्य छ। (रासस)

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९