विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य घनेन्द्र बस्नेतले दुई ठुला कम्युनिष्ट पार्टीहरूको एकता जनताको चाहना र आवश्यकताले भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रतुवामाई नगरकमिटीको शपथग्रहण समारोहलाई मंगलबार सम्बोधन गर्दै नेता बस्नेतले जनताले विकास र समृद्धि चाहेर नै दुई पार्टीलाई एक गराएको दाबी गरे।

उनले राजनीतिक आन्दोलन अब देशमा समाप्त भइसकेकाले विकास र समृद्धिको दिशामा अघि बढ्नका लागि अब उत्पदनशील क्षेत्रमा लाग्न आमकार्यकर्ताहरूलाई निर्देशन दिए। नेकपा मोरङको इन्चार्जसमेत रहेका नेता बस्नेतले विकास र समृद्धिका लागि स्थानीय स्तरबाटै नेकपाका सबै नेता तथा कार्यकर्ताहरू उत्पादनशील क्षेत्रमा लाग्न निर्देशनसमेत दिए।

उनले भने, ‘अब तपाईंहरू उत्पादनशील क्षेत्रमा लाग्नुपर्छ। यो नगरलाई समृद्ध बनाउने जिम्मा तपाईहरूकै हो।’ कार्यक्रममा केन्द्रीय सदस्य गुरू बराल, महेश रेग्मी, गोपी अछामीले पार्टीबाट स्थानीय तहको प्रतिनिधित्व गर्ने सबै जनप्रतिनिधिहरूले पार्टीले बनाउन लागेको कार्यविधि अनुसार काम गर्न निर्देशन दिए।

उनले सो नगरपालिकामा प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सवै जनप्रतिनिधिले कामको गुणस्तरीयताको अनुगमन गर्नुका साथै जनताका पिरमर्का बुझेर काम गर्न निर्देशन दिए।

नेताहरूले विगतमा दुई पार्टी अलगअलग रहँदाका तित्तता, मनमुटाव, रिस राग पार्टी एकतापछि समाप्त भएकाले अब नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। उनीहरूले नेकपा नेतृत्वको सरकारले देशलाई विद्युत र औद्योगीक उत्पादनमा आत्मनिर्भर बनाउँदै लगेको बताए ।

उनीहरूले मुलुकलाई समृद्ध बनाउन पनि जहाज र पूर्वपश्चिम रेल सञ्चालनका लागि डीपीआर तयार गरिएको बताउँदै अब चाँडै काम अघि बढ्ने दाबी गरे। नेताहरूले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार मुलुक समृद्ध बनाउन दृढ रहेको बताउँदै यसबाट प्रतिपक्षिहरू आत्तिएको दाबी गरे। उनीहरूले आफ्नो पार्टीको सरकारलेनै गलत काम गर्ने देशका १७ हजार ठेकेदारलाई कालो सूचीमा राखेको बताउँदै यसबाट अझ नेपाली कांग्रेस डराएको दाबी गरे।

कार्यक्रममा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले १७ वटै स्थानीयको पार्टी एकता सम्पन्न गरिएकाले ती स्थानीय कमिटीका नेता तथा कार्यकर्ताहरू अब जनताको सेवामा तदारूकताका साथ खटिन निर्देशन दिए। मंगलबार नै नगर पार्टी कार्याल सञ्चालनमा ल्याइएको बताउँदै सो कार्यालयमार्फत जनताको पिरमर्का बुझेर सेवा गर्न नगरकमिटीका पदाधिकारी तथा सदस्यहरूलाई निर्देशन दिए । उनले भने, ‘यो पार्टी कार्यालय केवल झण्डा राख्ने मात्र ठाउँ मात्र होइन, यसमार्फत जनतालाई सेवा पनि दिनुपर्नेछ। यो काम तपाईहरूले गर्नु भएन भने तपाईंहरू अयोग्य सावित हुनुहुनेछ। त्यसैले यो अवस्था सृजना हुन दिनुहुनेछैन भन्नेमा पार्टी विश्वस्त छ।’

उनले सो नगर कमिटिले भदौ १५ गतेभित्रमा वडा कमिटिहरूको एकता सम्पन्न गरिसकेर सो नगरका सवै पार्टी सदस्यको सदस्यता नवीकरण गराइसक्नसमेत निर्देशनसमेत दिए ।

मोरङ इन्चार्ज बस्नेतले गराए शपथ

कार्यक्रममा ८१ सदस्यीय नगरकमिटीका पदाधिकारी तथा सदस्यहरूलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज घनेन्द्र बस्नेतले पद तथा गोपनियताको शपथग्रहण गराए। उनीहरूलाई केन्द्रीय सदस्यहरू गुरू बराल, महेश रेग्मी, गोपी अछामी, जिल्ला समस्वय समिति मोरङका सभापति नरेशप्रसाद पोखरेल, उपसभापति प्रकाश साह, नकपा नेतृ मालती सुब्बा, प्रदेश कमिटी सदस्य चन्द्रवीर राईलगायतले अविर लगाई कुशलतापूर्वक जिम्मेवारी वहन गर्न शुभकामना दिए। कार्यक्रममा हजारौँ स्थानीय पार्टी नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

नेकपा रतुवामाई नगर कार्यालय उद्घाटन

मंगलबार नै नेकपा रतुवामाई नगर कार्यालयको उद्घाटन पनि गरिएको छ। रतुवामाई–६ स्थित शनिश्चरेमा सञ्चालनमा ल्याइएको पार्टी कार्यालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज घनेन्द्र बस्नेतले उद्घाटन गरे । सो अबसरमा केन्द्रीय सदस्यहरू गुरू बराल, महेश रेग्मी, गोपी अछामी, जिल्ला समस्वय समिति मोरङका सभापति नरेशप्रसाद पोखरेल, उपसभापति प्रकाश साह, नेकपा नेतृ मालती सुब्बा, प्रदेश कमिटी सदस्य चन्द्रवीर राईलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?

सुत्केरी मसला कसरी बनाउने ?

२०७६, १८ मंसिर बुधबार १४:१२

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय स्वर्ण पूरा

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…

२०७६, १८ मंसिर बुधबार २०:३१

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

२०७६, १८ मंसिर बुधबार १२:२८

लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

२०७६, १८ मंसिर बुधबार १४:५४

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

२०७६, १८ मंसिर बुधबार २१:४७

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा ७१ वर्षीय वृद्ध पक्राउ

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा…

२०७६, १८ मंसिर बुधबार १५:४६

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५