धनगढी – भनिन्छ गरे के सकिन्न र ? काम गर्ने जाँगर नभएर विदेशमा सामान्य काम गर्न तम्सिने युवाहरू विदेश पुगेपछि पछुताउने गरेका छन्। समय लागे पनि नेपालमै सघंर्ष गरे अवश्य फल पाइन्छ भन्ने प्रेरणा अर्जुन जोराले दिएका छन्। सेतो गन्जी र हाफ पाइन्टमा बिग्रिएको गाडीमुनि छिरेर इन्जिन चेकजाँच गर्दै थिए। गाडीका पार्टपुर्जा निकाल्दै सफा गर्दै र पुनः त्यहीँ मिलाएर गाडी राम्रो बनाइरहेका थिए। डोटीको शिखर नगरपालिका जोरा गाउँमा जन्मेर हाल धनगढीमा बस्दै आएका ४० वर्षीय अर्जुन जोरा अहिले यस्तै काममा व्यस्त देखिन्छन्। गाडीको इन्जिन बनाउने, मर्मत गर्नेलगायतका लागि उनले न त कुनै संस्थाबाट तालिम लिएका हुन्, न त उनले यस विषयमा अध्ययन नै गरे। तर, गाडी मालिकहरूले आफ्नो गाडी बिग्रिए मर्मतका लागि उनकैमा पठाउने गरेका छन्।

विक्रम संवत् २०५० सालमा भारतको टाटा कम्पनीमा गाडी मर्मत गर्ने काम गरेका धनगढीका कृष्णबहादुर ठगुन्नासँग जोराको भेट भयो। घरको आर्थिक अवस्थाले गर्दा उनले पढ्न सक्ने अवस्था रहेन। उनका बुबाले उनलाई कृष्णहादुरको जिम्मा लगाए। जोराले आफू १५ वर्षको हुँदाको विगतलाई सम्झदै भने, ‘उनी (कृष्ण) ग्यारेजमा गाडी बनाउने काम गर्थे। ग्यारेजमा काम गर्न शुरू गर्ने बेला मालिकका लागि खाना पकाउने, लुगा धुनेलगायतका काम गरेँ। पाँच वर्षसम्म त मैले बिना पारिश्रमिक त्यहीँ काम गरेँ।’

जोराले पाँच वर्षसम्म कृष्णले गरेको काम हेर्दै गाडी मर्मतको काम सिके। विस्तारै उनी गाडीतिर पनि काम गर्न लागेपछि साहुले मासिक ५ सय रुपैयाँ पारिश्रमिक दिन थाले। उनले पारिश्रमिकमा काम गरेपछि बढ्दै गयो र ३ हजार रुपैयाँसम्म उनको तलब पुग्यो। १० वर्षसम्म कृष्णसँगै काम गरेका जोरा वैवाहिक जीवनमा बाँधिए। उनले भने, ‘अरू काम गरूँ सिप थिएन। बिहेपछि पनि यही गाडी मर्मत गर्ने काम शुरू गरेँ।’ उनले वैवाहिक जीवनपछि गाडी बनाउने रेन्च, प्लासलगायतका सामग्री खरिद गरेर गाडी आफैँ बनाउन शुरू गरे।

‘गाडी मर्मत गर्नुपरेमा आवश्यक पर्ने अन्य सामग्री अरूको ग्यारेजबाट सापटी लिएर जाने गरेको उनी सुनाउँछन्। गाडी बनाउने काम गर्दागर्दै उनी महिनाको ४० देखि ५० हजारसम्म कमाउन थाले। १० वर्षसम्म यसरी नै काम गरेका उनले २०७० सालमा आफ्नै ग्यारेज खोलेर बसे। अहिले उनले एउटा कामदार पनि राखेका छन्। उनले गाडी बनाउने काममा घर खर्च छोडेर २ लाख कमाएको बताए। त्यसैबाट अलि ठूलो ग्यारेज शुरू गरे। उनी घन्छन्, ‘हाल म यही अपाm्नै ग्यारेजमा काम गरिरहेको छु। मलाई गाडी चालकहरूले नै आफ्नै ग्यारेज खोल्न प्रोत्साहन गरेका हुन्।’

उनले भने, ‘अरुको ग्यारेजमा काम गर्दै जाँदा गाडी चालकहरूले मलाई आफ्नै ग्यारेज खोल्नु, हामी सहयोग गर्छौं भने। त्यसपछि आफ्नै ग्यारेज खोलेको हुँ।’ अहिले उनकोमा महिनामा ३० वटा भन्दा बढी गाडी नियमित नै मर्मतका लागि आउने गरेका छन्। फाट्टफुट्ट अन्य गाडीहरू पनि आउन थालेका छन्। ग्यारेजको कमाइले उनले धनगढीमा जग्गा किनेर घरसमेत बनाइसकेका छन् ।

उनी भन्छन्, ‘यो क्षेत्रमा मेहनत गरेर काम गर्ने हो भने विदेश जानै पर्दैन।’ उनका अनुसार यो क्षेत्रमा सिप भएका मान्छेलाई स्वरोजगार हुन सक्ने अवसर धेरै छन्। जोरा यस क्षेत्रमा लाग्दा मेकानिकमा काम गर्ने नेपाली चार जनाजति मात्र थिए। अहिले मेकानिकमा नेपालीको सङ्ख्या पनि बढिरहेको उनले बताए। जोराले जस्तै संघर्ष गर्ने हो र सिप सिक्ने हो भने, विदेशिनुपर्ने बाध्यता हट्न सक्छ। नेपाली युवामा आफ्नै देशमा काम गर्न हिचकिचाउने र विदेशमा सामान्य काम गर्न जाने परिपाटी अन्त्य हुन अझै सकेको छैन। सबै कामको बराबर सम्मान भएमा युवामा आफ्नै देशमा काम गर्नुपर्छ भन्ने प्रेरणा जाग्ने थियो।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९