वीरगन्ज – बाराको लालबकैयालगायतका साना नदीहरूबाट वर्षाको समयमा पनि नदीजन्य वस्तु उत्खनन गरी निकासी पैठारी रोकिएको छैन। नदीहरूबाट नदीजन्य वस्तु निकासी पैठारी रोकिएको समयमा पनि निरन्तर निकासी पैठारी भइरहेको हो। असारदेखि भदौ महिनाभरि नदीजन्य वस्तु निकासी पैठारी गर्न नपाउने भए पनि केही स्थानीय ठेकेदारहरू र क्रसर उद्योगहरूले नदीमा जेसीबी लगाएरै खुलेआम रूपमा नदीबाट नदीजन्य वस्तु निकासी पैठारी गरिरहेको अवस्थामा समेत सम्बन्धित निकाय स्थानीय सरकार मौन रहेको छ भने अनुगमनकारी निकाय जिल्ला समन्यव समिति मौन रहेको छ।

निजगढ नगरपालिका– ५ स्थित भमरा नदीमा जेसीबी लगाएर नौवटा ट्रयाक्टरमार्फत नदीजन्य वस्तु निकासी पैठारी भइरहेको प्रत्यक्षदर्शीले बताएका छन्। जन्मभूमि निर्माण सेवा कम्पनीले बाग्देव दुग्द उत्पादन सहकारी संस्थाको भवन निर्माण ठेक्का लिएको र त्यसका लागि नदीजन्य वस्तु निकासी गरी खोलाको बहाव परिवर्तन गर्ने गैरकानुनी काम गरिरहेको स्थानीयहरूको गुनासो छ।

यस विषयमा वडा अध्यक्ष थलप्रसाद गौतमलाई समेत जानकारी नभएको उनले बताए। आफूसँग मन्दिर निर्माणका लागि केही सहयोग गर्ने मौखिक सहमति भएको तर अन्यन्त्र नदीजन्य वस्तु निकासी गर्ने विषयमा कुनै जानकारी नभएको वडा अध्यक्ष गौतमले बताए।

नदी जन्य वस्तु निकासी पैठारी भइरहेको कुरा निजगढ नगरपालिकालाई पनि जानकारी नभएको निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले दाबी गरे। वन ऐन तथा स्थानीय निकाय सञ्चालन ऐनअनुसार असारदेखि भदौसम्म ३ महिना नदीजन्य वस्तु निकासी पैठारी गर्न नपाइने साथै गरेको पाइएमा कानूनबमोजिम कारबाही गरिने मेयर खनालले आश्वासन दिए।

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

२०७६, २० मंसिर शुक्रबार १७:०९