विराटनगर – सुनसरीको बर्जु गाउँपालिकामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। बर्जु गाउँपालिका– ५, पुरानो नहर टोलका २६ वर्षीय प्रदिप यादवले श्रीमतीलाई कुटपिट गर्दा २३ वर्षीया श्रीमती अवन देवीको मृत्यु भएको हो।

घरायसी वादविवादका कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी यादवको विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। घटनापश्चात् फरार रहेका यादवको खोजतलास भइरहेको जनाइएको छ।

लोकप्रिय