विराटनगर – मोरङको पथरी शनिश्चरेमा बुधबार बिहान आगलागी हुँदा ११ लाख रुपैयाँबराबरको क्षति भएको छ। पथरी शनिश्चरे नगरपालिका–२ लिच्ची डाँडास्थित होटलमा आगलागी हुँदा सो परिमाणको क्षति भएको प्रहरीले बताएको हो।

स्थानीय सुकमाया राईको टिनको छानो भएको टाटी बेराले बनेको एकतले होटलमा विद्युत तार सर्ट भई अचानक आगलागी हुँदा होटलभित्र रहेको सामान, फ्रिज, भाँडावर्तन, फर्निचर र नगद ५ हजार रुपैयाँसमेत जलेर भएको हो। आगो इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

लोकप्रिय