काठमाडौँ – धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५ दशलमव १७ बिन्दुले घटेर एक हजार २ सय २५ दशलमव ९० मा झरेको छ।

त्यस्तै सेन्सेटिभ परिसूचक १ दशलमव २२ बिन्दुले घटेर २ सय ६५ दशलमव ९३ मा रोकिएको छ। परिसूचक ओरालो लागेसँगै कारोवार रकम पनि न्यून रह्यो। स्टकका अनुसार आज कूल १ सय ६९ कम्पनीका १० लाख ६९ हजार ६ सय ९० कित्ता शेयर रू २५ करोड ७२ लाख ८५ हजार एकमा खरीदबिक्री भएको छ।

कारोवार भएका १२ उपसमूहमध्ये लघुवित्तको शेयर मात्र उकालो लागेको छ। लघुवित्तको शेयर शून्य दशलमव १४ ले बढ्दा बैङ्किङ ६ दशलमव ४९, व्यापार १ दशलमव ७७, होटल २१ दशलमव २१, विकास बैंक शून्य दशलमव ५२, जलविद्युत् ७ दशलमव १३, वित्त १ दशलमव ८, निर्जीवन बीमा १० दशलमव ३६, उत्पादन ९ दशलमव ८१, अन्य शून्य दशलमव ७, जीवनबीमा २२ दशलमव ६ र सामूहिक लगानी कोषको शेयर शून्य दशलमव ५ अङ्कले घटेको छ।

कारोवार रकमका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकका शेयर रू दुई करोड १० लाख ६२ हजार ५ सय ४१ मा खरीदबिक्री भयो। त्यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीका रू एक करोड ५८ लाख ७१ हजार ४ सय ७९, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रू एक करोड १५ लाख ९५ हजार ७ सय ३२ र प्रभु बैंक लिमिटेडका शेयर रू एक करोड चार लाख ३७ हजार ३ सय ८ मा खरीदबिक्री भएको छ।

घटेको बजारमा विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ दशलमव २६, एनएलजी इन्स्योरेन्स कम्पनी २ दशलमव ५३, घलेम्दी हाइड्रोपावर २ दशलमव ४७, हिमालय ऊर्जा विकास कम्पनी २ दशलमव ३४ र मितेरी डेभलपमेन्ट बैंकका शेयरधनीले २ दशलमव १५ प्रतिशतले कमाएका छन्। वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले ५ दशलमव ३० प्रतिशतले गुमाउँदा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ३ दशलमव ६०, गुडविल फाइनान्स कम्पनी २ दशलमव ४९, सनराइज बैंक २ दशलमव ८६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था २ दशलमव ८३ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २ दशलमव ८३ प्रतिशतले गुमाएका छन्। (रासस)

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

लागुऔषधसहित दुईजना पक्राउ

लागुऔषधसहित दुईजना पक्राउ

२०७६, ५ माघ आईतवार २०:१७

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

कमजोर व्यवस्थापनका कारण ठाकुरराम बदनाम: विद्यार्थी नेता वर्णवाल

कमजोर व्यवस्थापनका कारण ठाकुरराम बदनाम: विद्यार्थी नेता वर्णवाल

२०७६, ५ माघ आईतवार १२:२७

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

नेपाली सिनेमामा समावेश लोकगीतबारे यस्तो चर्चा

नेपाली सिनेमामा समावेश लोकगीतबारे यस्तो चर्चा

२०७६, ५ माघ आईतवार १८:०६

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९