काठमाडौँ – हङकङबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका २३ वर्षीय चिनियाँ नागरिक ली निङ ज साउन २० मा चार केजी सुनसहित पक्राउ परे। त्यसको करिब चार महिनाअघि मलद्वारमा साढे तीन किलो सुन लुकाएका तीन चिनियाँ नागरिक विमानस्थलबाटै समातिएका थिए।

संगठित सुन तस्करीमा चिनियाँको शृंखलाबद्ध संलग्नता नेपालका लागि चासोको विषय बन्न थालेको छ। ०७२ को भूकम्पयता सुन र विदेशी मुद्रा तस्करीमा चिनियाँ संलग्नता बढेको छ। कारागार व्यवस्थापन विभागका अनुसार देशभरका जेलमा रहेका २३ हजार कैदीमा विदेशीको संख्या ११ सय ७२ छ। यिनमा चिनियाँ ९ जना छन्। तीमध्ये धेरैजसो संगठित सुन तस्करी र विदेशी मुद्राको अवैध ओसारपसारमा पक्राउ परेका हुन्।

०७४ भदौ १९ मा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले क्षेत्रपाटीको एक होटलबाहिर रोकिराखेको गाडीमा फल्स बटमभित्र लुकाइएको ८८ केजी सुन बरामद गरेको थियो। केरुङ नाका हुँदै भित्रिएको उक्त सुन ठमेलमै होटल सञ्चालन गरेर बसेका चिनियाँ नागरिक वान विई मिङको रहेको सूचना थियो। तर मिङ काठमाडौंबाट भाग्न सफल भए।

प्रहरीका अनुसार पछिल्लो दशकमा काठमाडौंलाई ट्रान्जिट बनाएर चीनबाट भारतीय बजारमा सुन तस्करी गर्नेमध्ये मिङ एक हुन्। उक्त घटना अनुसन्धान गरिरहेका एक उच्च प्रहरी अधिकारीले मिङकै सिको गर्दै अन्य केही चिनियाँले पनि गाडीमा फल्स बटम बनाएर केरुङबाट काठमाडौंमा सुन तस्करी गर्ने, यहाँबाट भारतीय बजारमा पुर्‍याउने कामलाई निरन्तरता दिएका थिए।

प्रहरी उच्च अधिकारीहरूका अनुसार चिनियाँको अपराध मुख्य गरी अवैध सुन, विदेशी मुद्रा ओसारपसार र हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटीमा केन्द्रित छ। चिनियाँ समाजमा प्रचलित परम्परागत औषधिमा प्रयोग हुने वन्यजन्तुको अंग, सल बनाउन प्रयोग हुने चिरु रौं तस्करीमा पनि उनीहरू संलग्न देखिन्छन्। चीनसँग निकटता र चिनियाँ पर्यटक बढेसँगै अपराधमा उनीहरूको उपस्थिति देखिन थालेको हो।

अनुसन्धान अधिकारीका अनुसार यी सबैखाले तस्करी र ओसारपसारको जालो जोडिएको छ। तस्करीको सुन बेचेर प्राप्त रकम चिनियाँले विदेशी मुद्रामा रूपान्तरण गर्ने र त्यसलाई अवैध रूपमा ओसारपसार गर्छन्।

०७३ माघ १ मा महानगरीय प्रहरी अपराध महाशाखाले केरुङ हुँदै तिब्बत जाने तयारीमा रहेका तीन चिनियाँलाई थानकोटबाट पक्राउ गर्‍यो। प्रहरीले उनीहरूको गाडीबाट ४ करोड ४० लाख रुपैयाँबराबरको विदेशी मुद्रा फेला पारेको थियो। महाशाखाले यो घटनालाई केरुङ नाका हुँदै भइरहेको अवैध सुन तस्करीको शृंखलासँग जोडेर हेरेको थियो।

गत मंसिरमा ड्रागन एअरबाट हङकङ उडन लागेकी ५० वर्षीया चिनियाँ नागरिक मिङ जाङ झन्डै ३५ हजार अमेरिकी डलर, ३ लाख २७ हजार कोरियन बन र १ हजार ८५ पाउन्ड स्टर्लिङसहित पक्राउ परेकी थिइन्। यो समाचार कान्तिपुर दैनिकमा छ।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३