काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि पनि स्थगित भएको छ। मंगलबार स्थगित सचिवालय बैठक स्कुल विभागमा सहमति नजुट्दा बुधबार पनि बस्न सकेन। पार्टीका विभागहरूको जिम्मेवारी तोक्नेगरी मंगलबार बोलाइएको बैठकपूर्व दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मत बाझिएपछि बुधबारसम्म सहमतिमा पुग्ने गरी बैठक सारिएको थियो। बुधबार बिहानैदेखि दुई अध्यक्ष सहमतिका लागि छलफलमा बसेपनि सहमति जुट्न सकेन्।

सचिवालय बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ। बैठक स्थगित पछि पनि दुई अध्यक्षले सहमतिको प्रयास जारी राखेका थिए। तत्कालीन एमाले पक्षधरबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र तत्कालीन माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले स्कुल विभागको दाबी गर्दै आएका छन्।

बुधबारको दुई अध्यक्षबीचको छलफलमा पनि दुवैले आआफ्नो अडान लिएपछि सहमति जुट्न नसकेको बालुवाटार स्रोतले जनायो। ‘बुधबार लामो समयसम्म दुवै अध्यक्षले सहमतिका लागि छलफल गर्नुभयो,’ बालुटार स्रोतले भन्यो, ‘पार्टीमा सहमतिको माध्यमबाट नै काम गर्ने प्रतिबद्धताअनुसार दुवै अध्यक्ष सक्रिय रूपमा लाग्नुभएको छ।’

पार्टीका अन्य विभाग तथा भ्रातृ संगठनहरूको नेतृत्वको विषयमा सहमति जुटे पनि स्कुल विभागमा सहमति जुट्न नसक्दा सहमतिको लागि थप दबाब पर्दै आएको छ। उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली नौ दिनपछि स्वदेश फर्केर भेटघाट तीव्र पारेका छन्। यसअघि १३ गतेको बैठकमा केन्द्रीय निकायहरूको एकीकरण, जिम्मेवारी निर्धारण र केन्द्रीय समिति सदस्यको कार्यविभाजनका निम्ति उनीहरूको रुचिका आधारमा प्राथमिकता सोध्ने निर्णय गरेको थियो।

केन्द्रीय कमिटीका सबै सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकता सोध्ने, सल्लाह गर्ने र व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउने गरी गत १३ गते बैठक स्थगित भएको थियो। पार्टीको केन्द्रीय निकायअन्तर्गत केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागको टुंगो लाग्न बाँकी छन्।

स्कुल विभागमा विवाद कायमै रहेपछि त्यसमा सहमति जुटाउन नसक्दा अन्य पार्टीका कामसमेत ओझेलमा परेका छन्। प्रधानमन्त्री ओली स्कुल विभाग नेता पोखरेललाई दिने अडानमा छन् भने अध्यक्ष दाहाल श्रेष्ठको हकमा छन् । सहमति जुट्न नसके अध्यक्षकै मातहत राख्ने पक्षमा पनि अध्यक्ष दाहाल रहेको स्रोतको दाबी छ। यसबारे अध्यक्षद्वयले सचिवालयका अन्य सदस्यसँग पनि छुट्टाछुट्टै छलफल गरी सहमतिको प्रयास गरे।

स्कुल विभागमा स्थायी कमिटीका अन्य नेताहरूले पनि दाबी गरेका छन्। सचिवालयका एक नेताका अनुसार सचिवालयका नेता भूमिकाविहीन बनेर स्थायी कमिटीका नेतालाई स्कुल विभागको जिम्मेवारी दिने सम्भावना भने कम छ। उनका अनुसार ती नेतालाई स्कुल विभागको उपप्रमुख बनाउनेबारे छलफल भएको छ।

अध्यक्षद्वयबीचमा स्कुल विभागमा सहमति जुटे मात्रै बिहीबार बस्ने सचिवालय बैठकले कार्यविभाजनका सबै काम टुंग्याउनेछ। नेकपामा ३३ ९नीति प्रतिष्ठानसहित विभाग छन्। स्कुल विभागबाहेक अन्य विभागमा भने मोटामोटी सहमति जुटिसकेको छ। स्रोतका अनुसार किसान महासंघ, युवा संघ, अनेरास्ववियु, महिला संघ, मजदुर संगठनजस्ता ठूला जनसंगठनको इन्चार्ज स्थायी कमिटी सदस्यबाट बनाउन अधिकांश नेताले सुझाव दिएका छन्।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३