काठमाडौँ – नेपाल पत्रकार महासंघले राष्ट्रियसभामा प्रस्तुत नेपाल मिडिया काउन्सिल विधेयकलगायत सञ्चार ऐनबारे बहस गरेको छ । राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, सत्ता–प्रतिपक्षीय नेता, प्रमुख सचेतक, सम्पादक र महासंघका पूर्वअध्यक्ष तथा पदाधिकारीबीच बहस चलेको हो । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले मिडिया काउन्सिल विधेयक सम्बन्धमा सञ्चार क्षेत्रबाट विरोध भएका कारण नेपाल पत्रकार महासंघ र दलबीच संशोधन गरेर अघि बढ्ने सहमति भएको बताए । ‘महासंघ साझा हो भन्ने मानेरै छलफल जारी राखेका छौं,’ उनले भने।

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले मिडिया काउन्सिल विधेयकबारे सरोकारवालाको सुझाव छलफलमा लैजाने सुनाइन् । संविधानको मूल मर्मविपरित कुनै पनि कानुन नबन्ने उनको दाबी छ । नेकपा नेता दिनानाथ शर्माले विधेयक स्वायत्ततामा दायाँबायाँ नहुने भन्दै गठन प्रक्रियामा सुधार हुने आशा व्यक्त गरे ।

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष कांग्रेस नेता सुरेन्द्र पाण्डेले मिडियामैत्री कानुन बन्ने विश्वास व्यक्त गरे। नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईले विधेयकमा महासंघले दिएको सुझावका आधारमा संशोधन गरिने प्रतिबद्धता जनाए।

कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंले मुलुकमा अप्ठ्यारो स्थिति आउँदा प्रेसले नै प्रजातन्त्र र गणतन्त्रका लागि आवाज उठाएको भन्दै त्यसलाई नियन्त्रण गर्नु नहुनेमा सबैले प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिइन् । पत्रकार महासंघ अध्यक्ष गोविन्द आचार्यले विधेयकलगायत सञ्चारसम्बन्धी कानुन अन्तर्राष्ट्रिय लोकतान्त्रिक मूल्य मान्यताका अधारमा हुनुपर्नेमा जोड दिए।

नेकपा सांसद तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले पत्रकारितासम्बन्धी कुनै पनि कानुन संविधानविरुद्ध नबन्ने ठोकुवा गरे। महासंघ पूर्वसभापति तारानाथ दाहालले कानुन निर्माण प्रक्रिया पारदर्शी नभएको भन्दै सरकारबाट विधेयक तर्जुमा गर्ने काम गोप्य रूपमा भइरहेको उल्लेख गरे। महासंघ सल्लाहकार तीर्थ कोइरालाले गाउँ–गाउँमा कानुन बनिरहेको बताउ“दै पत्रकारितालाई असुरक्षा महसुस हुने अवस्था रहेको जिकिर गरेका थिए।

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२