– दुर्गा सुवेदी

२०४८ सालको आमनिर्वाचन हुँदा मेरो मुद्दा खारेज भइसकेको थिएन। कांग्रेस छोडिसकेकाले म पार्टीको कुनै सङ्गठन वा समितिमा थिइनँ। तैपनि, आमचुनावमा मैले कांग्रेसका पक्षमा भोट माग्ने काम गरेँ। किसुनजीले खटाएका क्षेत्रमा भाषण गर्न गएँ। त्यसबेला म उदयपुरमा पनि भाषण गर्न पुगेको थिएँ।

२०४८ मै झापामा कांग्रेसको महाधिवेशन भयो। यसमा सहभागी हुन किसुनजीले पत्र पठाएरै निम्ता गर्नुभयो। म त्यसमा सरिक भएँ। गिरिजादाजु असन्तुष्ट भए पनि त्यसबेलासम्म पार्टीमा गणेशमानको हुकुम चल्थ्यो। उहाँले नै खटाएर मैले भोजपुरमा पार्टीको चुनाव गराएको थिएँ।

२०४९ को स्थानीय चुनावमा किसुनजीले मलाई सप्तरीमा खटाउनुभयो। कुवेर शर्माको घरमा गएर बसेँ र त्यहाँको चुनाव परिचालनको काम गरेँ। किसुनजीले त्यहाँका उम्मेदवार छान्ने अधिकार दिनुभएको थियो। कोइरालाहरूले पेलेर पार्टीबाट निकालेका वीरबल विराजीलाई उम्मेदवार बनाएँ। म त्यसबेला एक महिना त्यहाँ बसेँ। विराजीले चुनाव जितेर पछि जिविस सभापति भए। २०५१ को चुनावमा पनि कुवेर शर्माका लागि भोट माग्न किसुनजीसँग म पनि गएको थिएँ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएर भारत भ्रमणमा गएका बेला मुद्दा फिर्ता भएपछि अब मलाई नेपाल र भारतमा हिँडडुल गर्न अप्ठ्यारो भएन। पक्राउ परिएला कि भन्ने डर पनि भएन। तर, मेरो जीवनको निकै ठूलो कालखण्ड विमान अपहरणको छायाँमा परेर अन्धकारमय भएको थियो। यो अँध्यारोबाट आफूलाई उज्यालोमा ल्याएर सम्हाल्न मलाई निकै समय लाग्यो।

मुक्त भएपछि म विराटनगरमै बस्न थालेँ। यसबीचमा सुशीलासँग मेरो विवाह भइसकेको थियो। उनी पहिले धरानमा पछि विराटनगरमा वकालत गर्थिन्। म पनि विराटनगरमै बसेँ।

गिरिजाप्रसादले बीपीपछि एउटै परिवारबाट दोस्रो निर्वाचित प्रधानमन्त्री बन्ने मौका पाउनुभएको थियो। तर, उहाँले संयमित भएर सरकार चलाउन सक्नुभएन। पार्टीभित्रको शक्ति सन्तुलनलाई पनि उहाँले महत्त्व दिनुभएन। उहाँ महामन्त्री र प्रधानमन्त्री भए पनि पार्टी तीन नेताको सिद्धान्तमै थियो। उहाँभन्दा माथि सर्वोच्च नेता गणेशमान र सभापति किसुनजी हुनुहुन्थ्यो। सरकार सञ्चालनमा उहाँको एकलौटीको पार्टीभित्र विरोध हुनथाल्यो।

किसुनजीले मलाई सप्तरीमा खटाउनुभयो। कुवेर शर्माको घरमा गएर बसेँ र त्यहाँको चुनाव परिचालनको काम गरेँ। किसुनजीले त्यहाँका उम्मेदवार छान्ने अधिकार दिनुभएको थियो। कोइरालाहरूले पेलेर पार्टीबाट निकालेका वीरबल विराजीलाई उम्मेदवार बनाएँ। म त्यसबेला एक महिना त्यहाँ बसेँ। विराजीले चुनाव जितेर पछि जिविस सभापति भए। २०५१ को चुनावमा पनि कुवेर शर्माका लागि भोट माग्न किसुनजीसँग म पनि गएको थिएँ।

कतिपय राष्ट्रिय महत्त्वका दीर्घकालीन निर्णयहरूमा पनि उहाँले नेताहरूसँग सल्लाह गर्न छोड्नुभयो। मन्त्रिमण्डलको पुनर्गठनमा पनि उहाँले दुवै नेतालाई उपेक्षा गर्नुभयो। यसले दुई नेता मात्र होइन, कार्यकर्तामा पनि असन्तुष्टि पैदा गर्‍यो। असर उहाँको सरकारमै पर्‍यो। सन्त नेता किसुनजी शान्त बसे पनि गणेशमान शान्त रहने स्वभावको हुनुहुन्थेन। राणा शासकलाई समेत हायलकायल पारेका गणेशमान गिरिजाबाबुको एकलौटी शैलीविरुद्ध उत्रिनुभयो।

२०५१ असारमा कोइराला सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम पारित हुन सकेन। कांग्रेसकै ३६ जना सांसद अनुपस्थित भए। पार्टीमा छत्तीसे र चौहत्तरेको समूह बन्यो। त्यो अवस्थामा प्रधानमन्त्रीबाट राजीनामा गरेर पार्टीकै अर्को नेतालाई प्रधानमन्त्री बन्ने बाटो नखोलिदिएर गिरिजाप्रसादले संसद् नै भङ्ग गरी मध्यावधि निर्वाचन घोषणा गर्नुभयो।

पारिवारिक र व्यक्तिगत अहङ्कार पूरा गर्ने राजनीतिक दुराग्रहका साथ संसद् भङ्ग गरेर तीस वर्ष लामो सङघर्षपछि सत्तामा पुगेको पार्टीलाई उहाँले तीन वर्षमा फेरि सडकमा ल्याइदिनुभयो। यदि कांग्रेसले सुझबुझपूर्ण रूपमा सरकारमा काम गर्न सकेको भए देशको विकास र पार्टीको अवस्था अर्कै हुने थियो। तर, कोइरालाले आफूलाई मात्र केन्द्रमा राख्नुभयो। उहाँलाई लाग्यो, मध्यावधिमा पनि जितिहालिन्छ। अनि फेरि मै प्रधानमन्त्री बन्छु।

२०५१ कात्तिकमा मध्यावधि निर्वाचन भयो। तीन वर्षकै बीचमा कोइरालाको लोकप्रियता घटिसकेको थियो। त्यसमाथि गणेशमानजी नै उहाँविरुद्ध उभिएपछि कोइरालाले सोचेजस्तो भएन। गणेशमानजीले राष्ट्रिय जनजागरण अभियान शुरु गर्नुभयो। उहाँले पार्टीका इमानदार र त्यागी नेताहरूलाई अभियानमा सहभागी हुन आह्वान गर्नुभयो। म पनि उहाँको आह्वानमा सामेल भएँ। अभियानले देशका ३८ स्थानमा उम्मेदवारी दिने भयो।

मैले मोरङ क्षेत्र नं. १, विराटनगरमा उम्मेदवारी दिने भएँ। गिरिजाबाबु पनि यसै क्षेत्रबाट कांग्रेस उम्मेदवार हुनुहुन्थ्यो। मैले चुनाव जित्दिनँ भन्ने मलाई थाहा थियो। तैपनि, कोइरालाको शैलीविरुद्ध एउटा चुनौतीका रूपमा खडा भएको थिएँ। मलाई विराटनगरका पार्टीका साथीहरूले सहयोग गरे। प्रदीप, गिरिजाजस्ता नेताले त नोना कोइरालाले आफूलाई दिएको चुनाव खर्च सभापतिलाई भनेरै मलाई दिनुभयो।

२०५१ असारमा कोइराला सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम पारित हुन सकेन। कांग्रेसकै ३६ जना सांसद अनुपस्थित भए। पार्टीमा छत्तीसे र चौहत्तरेको समूह बन्यो। त्यो अवस्थामा प्रधानमन्त्रीबाट राजीनामा गरेर पार्टीकै अर्को नेतालाई प्रधानमन्त्री बन्ने बाटो नखोलिदिएर गिरिजाप्रसादले संसद् नै भङ्ग गरी मध्यावधि निर्वाचन घोषणा गर्नुभयो।

चुनावमा प्रधानमन्त्रीकै रूपमा हुनुहुन्थ्यो कोइराला। कामचलाऊ भए पनि सबै संयन्त्र उहाँकै हातमा थियो। जिल्लाका कर्मचारीदेखि पुलिस प्रशासन सबै उहाँले उपयोग गर्नुभयो। मेरो पक्षमा भने केही सिद्धान्तनिष्ट र उहाँदेखि रुष्ट साथीहरू थिए। तर, विराटनगरका सर्वसाधारणले भने मप्रति सहानुभूति देखाए। कोइराला चुनाव प्रचारमा पनि सरकारी हेलिकोप्टरमा आउन थालेपछि एकफेर हाम्रा साथीहरूले हेलिकोप्टर उतार्न बनाइएको ठाउँ मैदानमा गएर राँको बालेर उहाँलाई अवतरण गर्न नदिने प्रयास गरेछन्।

चुनावमा कोइराला नै विजयी हुनुभयो। मैले धेरै मत पाइनँ। पाएको ठ्याक्कै पाएँ बिर्सिएँ, एक हजारको आसपास थियो। उहाँले २२ हजार जति पाउनु भयो। कोइरालाविरुद्ध उम्मेदवार भएको भनेर कांग्रेस पार्टीले सदस्य नै नभएको मलाई कारबाही गर्‍यो।

कांग्रेस पार्टी त्यस चुनावमा दोस्रो भयो। २०४८ मा १ सय १० सिट ल्याएर संसद्मा बहुमतको सरकार बनाएको कांग्रेस ८३ मा झर्‍यो। एक त कोइराला सरकारले पार्टीको लोकप्रियता त्यसै घटाइसकेको थियो, त्यसमाथि राष्ट्रिय जनजागरण अभियानका उम्मेदवारहरूले पनि थुप्रै ठाउँमा भोट पाए। यसबीचमा एमालेले निकै राम्रो सङ्गठन गरिसकेको थियो। प्रतिपक्षका रूपमा एमाले निकै एग्रेसिभ भएर जनताको ध्यान तानिरहेको थियो। एमाले पहिलो पार्टी भयो। पार्टीका अध्यक्ष मनमोहन अधिकारी देशको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बन्नुभयो। यो अल्पमतको सरकार थियो।

त्यसबेला गिरिजाप्रसाद कोइराला पार्टी संसदीय दलको नेतामा उठ्नुभएन। शैलजाको उम्मेदवारी उहाँले नै फिर्ता गराएदिएकाले शेरबहादुर देउवा निर्विरोध भए। पछि एमाले सरकार ढालेर देउवा प्रधानमन्त्री बने। त्यसपछि त एमाले र कांग्रेसमा कसले बढी पुराना पञ्चलाई बोक्ने भन्ने होड नै चल्यो। एमालेले पञ्चायतका अन्तिम प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द्रलाई प्रधानमन्त्री बनायो। एमालेसँग साटो फेर्न कांग्रेसले २०३६ को जनमत सङ्ग्रहमा ठूलो बल गरेर कांग्रेस हराउने, बीपी कोइरालालाई फाँसीको सजाय माग गर्ने सामन्तशिरोमणि सूर्यबहादूर थापालाई प्रधानमन्त्री बनायो। निर्दलका नेताहरूलाई कुर्सीमा राखेर आफू र आफ्ना सन्तानलाई सम्पन्न बनाउने काम नेताहरूले गरे।

२०४८ मा १ सय १० सिट ल्याएर संसद्मा बहुमतको सरकार बनाएको कांग्रेस ८३ मा झर्‍यो। एक त कोइराला सरकारले पार्टीको लोकप्रियता त्यसै घटाइसकेको थियो, त्यसमाथि राष्ट्रिय जनजागरण अभियानका उम्मेदवारहरूले पनि थुप्रै ठाउँमा भोट पाए। यसबीचमा एमालेले निकै राम्रो सङ्गठन गरिसकेको थियो। प्रतिपक्षका रूपमा एमाले निकै एग्रेसिभ भएर जनताको ध्यान तानिरहेको थियो। एमाले पहिलो पार्टी भयो।

सरकार गठन र विघटनको खेलमा सामेल भएका कांग्रेस र एमालेका लोभीपापी नेताहरूले अनेकौँ किसिमका फोहोरी खेल खेल्दै अक्षम्य राजनीतिक अपराध गरे। निर्वाचित सांसदहरू किन्ने, होटलमा लगेर भेडाबाख्रा जस्तो थुन्ने, अपहरण गर्ने, गराउने र सुरासुन्दरी प्रयोग गरेर सांसदहरूलाई विदेश भगाउनेजस्ता कुरालाई राजनीतिक मान्यता दिने काम गरियो। कांग्रेस र एमालेका नेताहरूले सामन्तशिरोमणि सूर्यबहादूर थापा र लोकेन्द्रबहादुर चन्दजस्ता निर्दलवादीहरूलाई प्रधानमन्त्रीको कुर्सीमा राखेर बहुदलीय प्रजातन्त्रका मूल्य र मान्यताको धज्जी उडाए।

यता सभापति किसुनजीले चाहिँ मलाई पार्टी राजनीतिमै लगाइरहन चाहनुभएको थियो। उहाँको निर्देशनमा म पार्टीको अधिवेशन गराउन खटिएँ। भोजपुर लगाायतका ठाउँमा मैले नै गएर चुनाव गराएँ। तर, पार्टीका आधिकारिक निकाय र समितिहरूमा कहिल्यै बसिनँ।

(‘विमान विद्रोह’बाट)

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८