काठमाडौँ – आधुनिक नेपाली पत्रकारिता र साहित्यको एक कालखण्डको आजदेखि अवसान भएको छ। पूर्वेली संस्कृति, साहित्य र दर्शनका विराट अध्येता, साधक र सर्जक, नेपाली प्राज्ञिक जगतका एक उज्ज्वल नक्षेत्र मदनमणि दीक्षितको आज बिहीबार (जनैपूर्णिमाको दिन) बिहान करिब ४ बजे निधन भएको छ। उनको निधनसँगै देशले आधुनिक नेपाली पत्रकारिता, साहित्य र दर्शनको क्षेत्रमा एउटा राम्रो स्रष्टा गुमाएको छ। उनको निधन देशका लागि एक अपूरणीय क्षति हो।

९७ वर्षीय दीक्षितलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो। पछिल्लो समय निमोनियाँसमेत भएका कारण श्वासप्रश्वासमा निकै समस्या भएपछि गत साता मात्र ललितपुरको सुमेरु अस्पतालमा उनलाई भर्ना गरिएको थियो। अस्पताल भर्ना गरिएका उनलाई स्वास्थ्यलाभपश्चात् बुधबार मात्रै ‘डिस्चार्च’ गरी कालिकास्थानस्थित आफ्नै निवासमा ल्याइएको थियो। निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई पुतलीसडकस्थित हिमाल अस्पताल लगियो। त्यहाँ पुर्‍याइएपछि त्यहाँका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

पछिल्लो नेपाली पुस्ताका लागि वरिष्ठ साहित्यकार दीक्षित नेपाली पत्रकारिताको ‘एउटा स्कूल अफ थट’ नै थिए। अझ भनौँ, विचारसहितको प्राज्ञिक सक्रियता उनको साहित्य र पत्रकारितामा उपहार नै हो भन्दा अत्युक्ति हुँदैन। १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीको कोखबाट जन्मिएका उनले नेपाली साहित्य क्षेत्रमा ४६ कृतिहरू छोडेर गएका छन्। वि.सं. २०१९ सालमा ‘रूपरेखा’ साप्ताहिकमा ‘कसले जित्यो, कसले हार्यो ?’ शीर्षक कथा पहिलो रचनाका रूपमा प्रकाशित गरेका उनी उपन्यास, कथा लेखन आदि क्षेत्रमा निकै चर्चित रहे।

माधवी (उपन्यास, वि.सं. २०३९), चरैवेति (निबन्ध संग्रह, वि.सं. २०४४), त्यो युग (निबन्ध संग्रह, वि.सं. २०४७), हाम्रा ती दिन (निबन्ध, वि.सं. २०२९), म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७), बर्लिन डायरीका पाना (यात्रा वर्णन, सन् १९८४), लाखौँ शिशुहरू लिफ्ट मागिरहेछन्, मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ, कसले जित्यो कसले हार्यो ? (कथा संग्रह), दश लाख हिरोसिमातिर, ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५), जीवन महाअभियान र. ऋग्वेद : केही प्रमुख सूक्त (२०६५ वि.सं.) प्रमुख कृति हुन्।

लामो समय पत्रकारिता क्षेत्रमा बिताएका उनले समीक्षा (साप्ताहिक) को सम्पादक भएर काम गर्नुका साथै थुप्रै कथा, लेख, निबन्ध आदि विभिन्न पत्र–पत्रिकाहरूमा पनि प्रकाशित भएका छन्। नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा ठूलो योगदान पुर्‍याएका उनले विभिन्न पुरस्कार र सम्मान पाएका थिए। माधवी उपन्यासका लागि उनले वि.सं. २०३९ मा मदन पुरस्कार प्राप्त गरे भने त्यही वर्ष त्यही उपन्यासबाट साझा पुरस्कारसमेत पाए। उनले लेखनाथ साहित्य पुरस्कार, देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, पद्मश्री सम्मान, राष्ट्रिय कलाश्री सम्मान आदिबाट समेत सम्मानित भइसकेका थिए।

नेपाली पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत नेपाल सरकारले वि.सं. २०७४ मा दीक्षितलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरेको थियो। उनलाई वर्तमान सरकारको सूचना तथा सञ्चार मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान पाउने व्यक्तिहरूको सूचीमा राखेर नाम सार्वजनिकसमेत गरिसकेको थियो।

सबैले ‘माडसाप’ भनेर पुकार्ने दीक्षितका श्रीमती, तीन छोरा र एक छोरी छन्। उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। उनी मरेर गए पनि उनका कृतिहरूले गर्दा नेपाली साहित्य, दर्शन, आधुनिक नेपाली पत्रकारिता, कथा, आख्यान, निबन्धलगायत क्षेत्रले उनलाई सधैँ सम्झिइरहनेछ। नेपाली पब्लिक टिम पनि उनको निधनले अत्यन्तै मर्माहत भएको छ। साथै, उनको निधनले शोकाकूल बनेकाे परिवारप्रति धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् र मृतात्माले शान्ति पावस् भन्ने कामना गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ। अलबिदा माडसाव !

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८