काठमाडाैँ – निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि अनुमति (लाइसेन्स) पाएको छ । आन्तरिक उडानमा मात्र सेवा दिइरहेकाे उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तर्राष्ट्रिय गन्तव्यका लागि नियमित उडान अनुमति पाएको हो ।

योसँगै अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा प्रदायक कम्पनीको सङ्ख्या चार पुगेको छ । अहिलेसम्म राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तरराष्ट्रिय उडान भरिरहेका छन् । उक्त एयरलाइन्सले नेपालको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र भारत तथा बङ्गलादेशका हवाई उड्डयन नियामक निकायको उडान अनुमतिपत्र (एओसी) पाएपछि भारतको नयाँदिल्ली, बैंलोर, कोलकाता, अहमदावाद र बङ्गलादेशको राजधानी ढाकामा उडान भर्नेछ ।

प्राधिकरणबाट एओसीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले बताए। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पनि श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि निवेदन दिएको र अब छिट्टै एओसी पाउने जानकारी दिए। दुई दशकदेखि हेलिकाेप्टर सेवा दिइरहेको श्री एयरलाइन्ससले यसअघि हेलिकप्टरको अन्तर्राष्ट्रिय उडानका लागि लाइसेन्स पाएको थियो । सोही लाइसेन्सकै आधारमा फिक्स्ड विङको लाइसेन्स पनि माग गर्दै उक्त कम्पनीले पर्यटन मन्त्रालयमा आवेदन दिएको थियो ।

मन्त्रालयले छ महीनाअघि चार्टर्ड उडानको मात्र लाइसेन्स दिएपछि यही २७ गते उक्त एयरलाइन्सले भारतको वनारसमा परीक्षण उडान गरेको थियो । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै कम्पनीले अन्तरराष्ट्रिय गन्तव्यमा उडान विस्तार गरेको एयरलाइन्सका संस्थागत प्रबन्धक मानन्धरले बताए।

उनका अनुसार ५० सिट क्षमताको सीआरजे २०० र ७० सिट क्षमताको सीआरजे ७०० जहाजबाट भारत र बङ्गलादेशमा उडान भरिनेछ । श्री एयरलाइन्ससँग चारवटा सीआरजे २०० र दुई सिआरजे ७०० जहाज छन् । अन्तर्राष्ट्रिय उडानका लागि एयरलाइन्सले आगामी शनिबार थप एक थान जहाज भित्र्याउँदैछ । क्यानेडियन जहाज निर्माता बम्मार्डियरको ८० सिट क्षमताको जहाज शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्रबन्धक मानन्धरले बताए। सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरू गरेको एयरलाइन्सले हाल आन्तरिकतर्फ चन्द्रगढी, विराटनगर, नेपालगञ्जलगायत गन्तव्यमा उडान गर्दै आएको छ । (रासस)

लोकप्रिय

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

टोनी कक्कर नेपाल आउँदै

टोनी कक्कर नेपाल आउँदै

२०७६, ३१ भाद्र मंगलवार १६:०२

यी बिरामीका लागि कागती पानी खतरा

यी बिरामीका लागि कागती पानी खतरा

२०७६, ३० भाद्र सोमबार १५:३१

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

२०७६, ३० भाद्र सोमबार १७:१७