काठमाडौँ – केहीदिन पहिले सिंगापुरमा उपचार गरेर स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओली फेरि बिरामी परेका छन्। प्रधानमन्त्री बिरामी परेपछि नेकपाको बिहीबारका लागि निर्धारित सचिवालय बैठक शुक्रबारसम्म स्थगित भएको छ।

अपरान्ह ३ बजे सचिवालय बैठकका लागि नेकपा नेताहरू बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ज्वरो आएका कारण सहभागी हुन नसक्ने भएपछि बैठक स्थगन गरी उनीहरू बाहिरिए। ‘प्रधानमन्त्रीलाई सामान्य ज्वरो आएकाले बैठक स्थगित गरियो,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘स्वास्थ्यमा सुधार आएपछि शुक्रबार बैठक बस्छ।’

प्रधानमन्त्री ओली १० दिन सिंगापुरमा उपचार गराएर सोमबार स्वदेश फर्केका थिए। १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्य केही बिग्रेपछि चिकित्सकले सिंगापुर जान सल्लाह दिएका थिए। सोहीअनुसार उनी सिंगापुर गएका थिए। उनको त्यहाँ के उपचार भयो, स्वास्थ्यमा के प्रगति भयो भन्ने प्रधानमन्त्रीको सचिवालयले औपचारिक रूपमा अहिलेसम्म सार्वजनिक गरेको छैन।

फर्केलगत्तै ओलीले टवीटरमा आफू स्वस्थ रहेको लेखेका थिए। त्यसबाहेक उनको स्वास्थ्यसम्बन्धी कुनै रिपोर्ट बाहिर ल्याइएको छैन। मुलुकको कार्यकारी प्रमुखजस्तो व्यक्तिको स्वास्थ्यमा समस्या आएर विदेश गई उपचार गराउँदा पनि औपचारिक रूपमा सार्वजनिक नगरेको भन्दै सामाजिक सञ्जाललगायतमा आलोचना भइरहेको छ । फर्केलगत्तै ज्वरोको समस्या देखिएको भनिएको छ। पार्टी प्रवक्ताले ‘ज्वरो आएको’ जानकारी दिएका छन्।

लोकप्रिय

पक्राउ परे गुण्डा साजन गुरुङ

पक्राउ परे गुण्डा साजन गुरुङ

२०७६, २७ भाद्र शुक्रबार १८:००

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

मेस्सी टिममा फर्कनेमा अझै शंका

मेस्सी टिममा फर्कनेमा अझै शंका

२०७६, २७ भाद्र शुक्रबार ११:१४

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

२०७६, २७ भाद्र शुक्रबार १५:२९

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

पहिरोको कारण एकको मृत्यु, चार घाईते

पहिरोको कारण एकको मृत्यु, चार घाईते

२०७६, २७ भाद्र शुक्रबार १२:१७

प्रेममाथी एक गजल

प्रेममाथी एक गजल

२०७६, २७ भाद्र शुक्रबार १३:३९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

२०७६, २७ भाद्र शुक्रबार १८:१९

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

स्वास्थका लागि ३० दिन उठबस

स्वास्थका लागि ३० दिन उठबस

२०७६, २७ भाद्र शुक्रबार १८:३०

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

२०७६, २९ भाद्र आईतवार १३:०८

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

२०७६, २७ भाद्र शुक्रबार १६:५९