काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का पूर्वअध्यक्षहरूकाे परिषदका अध्यक्ष राजेन्द्र बरालले पदबाट राजीनामा दिएका छन्। उनले कार्यसिमित जिम्मेवार नभएकाे भन्दै राजीनामा दिएका छन्। त्यस्तै, साेही परिषदका सदस्य दीपक गुरुङले पनि राजीनामा दिएका छन्। हिजो बिहीबार बराल र गुरुङले लिखित रूपमा छबुँदे असहमति जनाउँदै राजीनामा दिएकाे स्रोतले बताएकाे छ।

यसका बारेमा पदबाट राजीनामा दिएका परिषद्का अध्यक्ष राजेन्द्र बरालले भने, ‘नेपाली विद्यार्थी विदेशमा पठाउने मात्रै होइन, विदेशी विद्यार्थीलाई नेपालमा भित्र्याउने कामसमेत हामीले गरेका छौँ। हामीले संस्थाका सबै विधि विधान मान्नुपर्ने, तर अध्यक्ष, उपाध्यक्ष, सचिव क्षणिक स्वार्थका लागि हिँडिरहने ? मैले यस संस्थाका लागि १२ वर्षसम्म दिलाे ज्यान दिएर सामाजिक तथा कानूनी लडाइँ लडेको छु। त्यसरी लडेर यहाँसम्म ल्याइपुर्‍याएकाे संस्थाको दुर्गति देख्न सकिँन। त्यसैले आजबाटै राजीनामा दिएँ।’

तपाई‌ फेरी अध्यक्ष बन्नका लागि त यस्ता क्रियाकलापमा उत्रिनु भएको होइन ? भन्ने प्रश्नमा बरालले भने, ‘मलाई पद चाहिएर राजीनामा दिएकाे होइन। पदमा रहेका साथीहरूले समस्यालाई राम्रोसँग सल्ट्याएर काम नगरेकाले मात्र राजीनामा दिएकाे हुँ। कार्यसमितिले ठीक समयमा ठीक काम गर्नुपर्छ। ‘ढिला’ गरेर काम गर्ने गरेको पनि देखियो। संस्थाका समस्या, नीतिगत सुधारजस्ता कुराहरूमा पनि कार्यसमिति चुकेको छ। म जहाँ भए पनि संस्थाको भलाइका लागि काम गर्न तयार छु।’

कार्य समितिसँगको मनमुटावपछि राजीनामा दिनुभएछ, अब के हुन्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘शैक्षिक परामर्श क्षेत्रमा राज्यले निर्माण गर्ने नीतिगत छलफल र राज्यका अंगसँग समन्वय नगरी व्यावसायिक हकहित र संरक्षणको भूमिका खेल्न नसकेका कारण हामीले राजीनामा दिएका हौं। शैक्षिक परामर्श क्षेत्रमा विदेशी लगानी, विदेशी कम्पनीको शाखा कार्यालय र विदेशी फ्रेञ्चाइजको विरुद्धमा आंशिक लागेको तर कार्ययोजना निर्माण गरी नीतिगत र व्यावसायिक रूपमा आवाज निरन्तर अगाडि नबढाएको र यस क्षेत्र असुरक्षित भएकाले पदमा बसिरहन उचित लागेन।’

त्यस्तै, नेपाली पब्लिकसँगको कुराकानीमा दीपक गुरूङले भने, ‘हामी दुई जना मात्रै होइन, अध्यक्ष परिषदका सदस्य बुद्धि रेग्मीले समेत राजीनामा दिनुभएको छ। संस्थाको न्यायोचित विकासका लागि आवाज उठाउँदा ती आवाजहरूको कुनै मूल्य रहँदैन भने पदमा बसिरहनुको कुनै औचित्य रहेन।’

निर्वाचनको मुखैमा आएर राजीनामा दिनुलाई राम्रो भन्न मिल्छ र ? भन्ने प्रश्नमा उनले भने, ‘हामी कसैको विरोधी होइनौँ। व्यक्तिगत रूपमा कसैसँग पनि दुस्मनी छैन। संस्थालाई बलियो बनाउँ। कन्सलटेन्सीको हालत के कस्तो छ ? यसका बारेमा सबैलाई जानकारी नै छ। संस्थाका लागि दिइएका सल्लाह सुझावलाई लत्याउने काम भयो। त्यसैले संस्थामा बसिरहन आवश्यक ठानिएन।’

(इक्यान) स्रोतका अनुसार निर्वाचन नजिकिँदा यसरी राजीनामा आउनु गलत भएको बताइएको छ। तर, बराल र गुरूङ लामो समयदेखि अध्यक्ष विष्णुहरि पाण्डेको कार्यशैलीप्रति असन्तुष्ट थिए।

के के छन् असहमतिका छवटा बुँदामा ? 

१. शैक्षिक परामर्श क्षेत्रमा राज्यले निर्माण गर्ने नीतिगत छलफल र राज्यका अंगसँग समन्वय नगरी व्यावसायिक हक हित र संरक्षणको भूमिका खेल्न नसकेको।

२. शैक्षिक परामर्श क्षेत्रमा विदेशी लगानी, विदेशी कम्पनीको शाखा कार्यालय र विदेशी फ्रेञ्चाइजको विरुद्धमा आंशिक लागेको तर कार्ययोजना निर्माण गरी नीतिगत र व्यावसायिक रूपमा आवाज निरन्तर अगाडि नबढाएको र यस क्षेत्र असुरक्षित भएको।

३. शैक्षिक परामर्श व्यवसायीहरूका समस्याहरूमा सरकारी निकाय, वैदेशिक कूटनीतिक नियोग र सम्बन्धित निकायसँग समन्वयकारी भूमिका खेली समस्या समाधान गर्न नसकेको र वेवास्ता गरिएको।

४. इक्यानका जिम्मेवार केही पदाधिकारीहरू आचारसंहिता उल्लंघन गरी विदेशी संघसंस्था र विदेशी लगानी गर्ने कम्पनीहरूसँग सहकार्य गरी व्यक्तिगत स्वार्थमा पदीय दुरुपयोग गरेको सामाजिक सञ्जालमा देखिएको।

५. विभिन्न देशका कूटनीतिक नियोगसँग समन्वय गर्न नसकी शैक्षिक परामर्श क्षेत्रको समस्या समाधान तथा चुनौती र अवसरलाई सदुपयोग गर्न समन्वयकारी भूमिका खेल्न नसकेको।

६. शैक्षिक परामर्श संस्थाहरूसँग समन्वय गर्न नसकी यस क्षेत्रमा उठेका एजेन्डामा एउटै एजेन्डा नबनाई सम्बन्धित संघसंस्थाहरूसँग छलफल गरी समन्वय गर्न नसकेको देखिएको पुरानो र ठूलो जेठो संस्था इक्यान भएकाले समस्यालाई नेतृत्वमा लिन नसकेको।

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

टोनी कक्कर नेपाल आउँदै

टोनी कक्कर नेपाल आउँदै

२०७६, ३१ भाद्र मंगलवार १६:०२

यी बिरामीका लागि कागती पानी खतरा

यी बिरामीका लागि कागती पानी खतरा

२०७६, ३० भाद्र सोमबार १५:३१

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

२०७६, ३० भाद्र सोमबार १७:१७