– श्रीविलास दाहाल

विदेशी ऋण र विदेशी सहयोग आउन कम भएपछि हाम्रा नेताहरूको ध्यान विदेशी लगानीतिर गएको हो। विदेशी लगानी आउन पनि देशले सर्वप्रथम केही पूर्वाधार तयार गर्नैपर्छ। ठूला लगानीका लागि कच्चामाल चाहियो। उद्योग स्थापनाका लागि जमिन चाहियो। त्यसपछि शान्ति र सुरक्षा, यसमा मजदूरदेखि हडताल आदि इत्यादि पर्ने भए।

अनि मार्केट, भरसक समुद्रपारबाट आउने व्यापारीले अर्थात् लगानीकर्ताले भारत र चीनको मार्केट पाए राम्रो हुन्थ्यो भन्ला ! हाम्रो भूपरिवेष्ठित देश हो। समुद्र छैन। मार्केटका लागि भारतका देखिने, नेपालले पूरा गर्न नसक्ने धेरै शर्त छन्। नदेखिने र अनेक अत्तो थाप्ने कति छन् कति? पञ्चायतकालमा भारतको मार्केटलाई लक्ष्य गरेर नेपालमा उत्पादन नभएका होइनन्। कोडाक क्यामरा फिल्म, कोलगेट, वनस्पति घ्यू, अप्रत्यक्ष रूपमा कार्पेट र गार्मेन्ट भारतकै कारण स्वाहा भए। अहिले अफ्रिकी लगानीमा आउने सिमेन्ट नै फर्कियो। मेरो नेपाल हुँदै एनसेलसम्म आइपुगेको मोबाइल सेवा ठगी लगानीमा परिवर्तित भइसकेको छ।

नेपाली उखान छ, ‘टाढाको देउताभन्दा करेसाको भूत धेरै काम लाग्छ।’ देश परदेशको देउता लगानी गर्न आउलान्? तर, यो नजिकको भारतको भूत कसरी पन्छाउने? यो त दिनरात सक्रिय रहन्छ। यो भूत २००७ सालदेखि नै लागेको छ। गर्छु भन्छ गर्दैन। वादा गर्छ, पूरा गर्दैन। लटपटाइरहन्छ।

भर्खरै भारतीय जनता पार्टीका विदेशी विभाग हेर्ने सज्जन काठमाडौँ आए। पार्टीको विदेश नीति र सरकारको विदेश नीति अलिक फरक हुन्छ। तर, पार्टीको संकेत त सरकारले सुन्नैपर्छ, बुझ्नैपर्छ। उनले प्रस्ट शब्दमा कुरा राखे, भारतलाई बिजुली त्यति आवश्यक छैन। नेपालप्रति भारतको ग्य्राण्ड डिजाइन पनि छैन। सिक्किम र बंगलादेश जस्तो नेपाल हुँदैन।

हाम्रै आफ्नो साधनस्रोत छरपस्ट छ। चिलिमे आयोजना प्रारम्भ गर्दा नेपाली पैसाले बनाउने भन्दा कसैले पत्याएनन्। चिलिमे बन्यो मात्र होइन, त्यसले प्रेरणा र उत्साह पनि दियो। दोलखा तामाकोसी बनाउने आँट आयो। बूढीगण्डकी पनि बन्ला। गरे त हुँदोरछ ! विदेशी लगानीको भरपर्दा मेलम्ची गाईजात्रे भएको छ। आफैँ कस्सिएको भए यतिको वर्षमा त पूरा हुन्थ्यो होला?

राजनीतिक कूटनीतिमा संकेतको ठूलो महत्त्व हुन्छ। हाम्रो पूर्वीय तर्क के छ भने जहाँ धुवाँ देखिन्छ, त्यहाँ आगो अवश्य हुन्छ। धुवाँ त भाजपामा देखियो। आगो बाल्न नेपालमा भारतीय विदेशमन्त्री आउँदै छन्। उनी चोट खाएरका सर्प हुन्। पाँचवर्षे मोदीको प्रधानमन्त्रित्व कालमा पुराना समस्या कुनै पनि करेक्सन भएनन्। उल्टो भूकम्पले चकनाचुर भएको छिमेकीलाई नाकाबन्दी लगाए। सार्कको गलगाँड नेपाललाई बोकाए।

दोस्रोपल्ट प्रधानमन्त्री हुनका लागि मोदीले ‘हिन्दूत्व’को कार्ड प्रयोग गरेनन्। मुस्लिम भोट तान्नका लागि तुष्टीकरण र सुरक्षा प्रदान गर्ने नीति लिए। गठबन्धनलाई पनि लिएरै हिँडे, बाँकी काम ‘भारत महान्’को नारामा विश्वास गर्ने नयाँ युवा पुस्ता, संघ र महिला मतदाताले पूरा गरिदिए। भारतसँगको सम्बन्ध राम्रो भएन र भारतको सहयोग भएन भने नेपालमा विदेशी लगानी आउँदैन। फेरि ठूलाठूला विदेशी लगानी हामीलाई किन चाहियो? बोइङ, रेल, पानीजहाज, ट्रक बनाउने होइन। साना काम आफैँले गर्नुपर्छ, गर्न सक्छौँ। सानाबाट ठूलामा जाने हो?

हाम्रै आफ्नो साधनस्रोत छरपस्ट छ। चिलिमे आयोजना प्रारम्भ गर्दा नेपाली पैसाले बनाउने भन्दा कसैले पत्याएनन्। चिलिमे बन्यो मात्र होइन, त्यसले प्रेरणा र उत्साह पनि दियो। दोलखा तामाकोसी बनाउने आँट आयो। बूढीगण्डकी पनि बन्ला। गरे त हुँदोरछ ! विदेशी लगानीको भरपर्दा मेलम्ची गाईजात्रे भएको छ। आफैँ कस्सिएको भए यतिको वर्षमा त पूरा हुन्थ्यो होला?

चीनलाई विदेशी लगानी ल्याउँछौँ मार्केट देऊ भन्न मिलेन। अहिले चीनले जे गर्दिन्छु भनेको छ, त्यति गरिदिए पुग्छ। चीनले भन्सार छुट दिएका वस्तु, नेपालले एकीकृत गरेर उत्पादन गरे पनि नेपाललाई रोजगारी र विदेशी मुद्रा प्राप्त हुन्छ। नेपाल सरकारले अहिले नेपालमा उत्पादन भएका छठ र सिमेन्टलाई प्रोत्साहन दिने र बढी उत्पादन गर्ने हो भने चीनको मार्केट पाउँछ। नेपाललाई पुर्‍याएर तिब्बतलाई दिन सके कति पैसा आउँछ। पैसै पैसा।

कृषिमा एकीकृत योजना भन्नाले पशुपक्षीपालन र एउटा जमिनमा तराई पहाडमा कति बाली उत्पादन गर्न सकिन्छ, त्यो गर्ने हो। हिजोआज रोडको विकासले यातायातको सुविधा पनि छ। जल संकलन गरेर भएका सिँचाइ योजना सञ्चालन, डिप बोरिङ चाहेमा अनेक गर्न नसकिने होइन। यो सारा किसानलाई हतोत्साह गर्ने गरी अनेक भारतका प्रान्तमा विशेष गरेर बिहारमा चक्ला सिस्टम जस्तो चैँ नेपालमा गर्न मिल्दैन।

भारतसँग चैँ दुई टुक कुरा गर्नैपर्छ। पहिलो सीमा समस्या र दोस्रो पानीको समस्या। तेस्रो राधिकापुरबाट समुद्री सीमाको निर्वाध सुविधा, त्यसपछि बास्केट प्रथाबाट नेपाली मुद्राको मुक्ति। केही वस्तुमा प्रतिबन्ध अर्थात् संरक्षणको व्यवस्था। पुराना सन्धि सम्झौताको मूल्याङ्कन, कार्यान्वयन आदि इत्यादि।

काकाकुलले आकाशतिर आँ गरेर पानी खान खोजेझैँ हामीले विदेशी लगानी किन खोज्ने? कृषि व्यवसायलाई अलिकति अनुशासन र एकीकृत गर्ने हो भने पनि धेरै काम गर्न सकिन्छ। कृषिमा पनि पहिले कृषि भन्नाले बाली र पशुपक्षीपालन भन्ने बुझिन्थ्यो। राजनीतिको नीतिगत भ्रष्टाचार र कार्यकर्ता तथा नेतालाई पालनपोषण गर्न पशु मन्त्रालय अलग गरिएको छ। अनावश्यक मन्त्रालयहरू टुक्र्याएर नचाहिँदो खर्च बढाइदिएको छ। कस्तुरी मृगले आफ्नो नाभीमा भएको सुगन्ध थाहा नपाएजस्तो हामी गर्छौं।

कृषिमा एकीकृत योजना भन्नाले पशुपक्षीपालन र एउटा जमिनमा तराई पहाडमा कति बाली उत्पादन गर्न सकिन्छ, त्यो गर्ने हो। हिजोआज रोडको विकासले यातायातको सुविधा पनि छ। जल संकलन गरेर भएका सिँचाइ योजना सञ्चालन, डिप बोरिङ चाहेमा अनेक गर्न नसकिने होइन। यो सारा किसानलाई हतोत्साह गर्ने गरी अनेक भारतका प्रान्तमा विशेष गरेर बिहारमा चक्ला सिस्टम जस्तो चैँ नेपालमा गर्न मिल्दैन। उनीहरूको र हाम्रो सिस्टम भिन्नै हो।

उदाहरणका लागि अहिलेलाई विगतका सरकारले थालेका, प्रभावशाली नभएका ठाउँमा किसानले प्रेरणा लिने गरी काम थाल्न सकिन्छ। प्रधानमन्त्री रोजगार आयोजना भनेरै सञ्चालन गरे पनि भो। पश्चिमको बाँके जिल्लाको खजुरामा रहेको त्यो विशाल जग्गा उपयोग गर्न सकिन्छ। पुगेन भने कपास विकास कं.को जग्गा लिए पनि भयो। वर्षभरिमा धान, दाल, तोरी र तरकारी एउटा जमिनबाट उत्पादन गर्न सकिन्छ। माछा, हाँस, कुखुरा, सुँगुर, बाख्रा, गाई, भैँसी पनि पाल्न सकिन्छ। कत्रो क्रान्ति हुन्छ। गर्दै जाँदा अरू थोक पनि गर्न सकिन्छ।

भारतको एउटा टाटा कम्पनी छ। त्यसले ठूलासाना गाडी बनाउँछ। एक लाखमा चार जना बस्न हुने गाडी बनायो। नेपालमा ३ लाखमा बनाउला। कम्पनी खोल्न दिए भइहाल्यो। मोटरसाइकलको यो आतंंकबाट मुक्ति मिल्थ्यो। नेपालमा साइकल कि त मोटर। यस्तो पनि गर्न सकिन्छ, धेरै गर्न सकिन्छ तर नोट छाप्यो ल्यायो। छाप्दा पनि भ्रष्टाचार, ढुकुटीको पैसा कसरी र कताबाट सक्ने ध्याउन्न भएपछि कसको के लाग्छ।

पछिपछि सिँचाइ, मलको सुविधा र बहुबाली उत्पादनको प्रभावले साना किसान पनि आकर्षित हुन्छन्। पैसाका लागि यत्रा बैंक छन्, लगानी गर्न सकिहाल्छन्। अब त सहकारीसँग पनि जत्ति पैसा छ। समस्या भनेको नीतिमा छैन, नियतमा हो, सफा हुनुपर्‍यो। व्यक्तिगत रूपले कृषिमा सफलता मिलेको छ भने संस्थागत रूपमा किन सकिन्न अनि किन सधैँ भीख माग्ने?

हामीले उद्योगमा पनि रिजर्भेसन गर्नुपर्छ। कम्तीमा सिमेन्ट र छडमा सकिन्थ्यो। यसका लागि हामीलाई बजारको खाँचो छैन। हाम्रो कच्चा पदार्थले भ्याउने कुरा हो। यसबाट कम्तीमा चीन र भारतको बजार लिन सकिन्छ। आफ्नो आन्तरिक खपत पनि पूरा गर्न सकिएला? चिनीलाई उद्योगका रूपमा मान्यता दिएर उखुलाई संरक्षण दिनुपर्छ। के गर्नु वीरगञ्ज चिनी कारखानाका लागि उखुरोपण संरक्षित जग्गामा सुकुम्बासी बस्ती बसाइएको छ। बियरको पनि मार्केट राम्रै छ। नेपालको ‘रम’ र ‘ह्विस्की’ पनि राम्रो थियो। शुद्ध कोदोको रक्सी, स्वस्थकर नै हो। विदेशी रक्सी किन ल्याउने?

पर्यटनका लागि हामीले अब पुराना साना एयरपोर्ट चुस्त र दुरुस्त पार्नुपर्छ। ठूला एयरपोर्ट बनाउने हो भने पर्यटनका लागि अरू धेरै खर्च गर्नुपर्छ। परम्परागत पदमार्ग अझ राम्रा बनाउन सकिन्छ। सगरमाथा र अन्य हिमाली चुचुरा आरोहणमा सरल र स्वच्छ बनाउने हो भने सरकारको ढुकुटीमा पैसा राख्ने ठाउँ हुँदैन। आफ्नो यत्रो सम्पदा छ, विदेशी लगानी किन चाहियो?

भारतको एउटा टाटा कम्पनी छ। त्यसले ठूलासाना गाडी बनाउँछ। एक लाखमा चार जना बस्न हुने गाडी बनायो। नेपालमा ३ लाखमा बनाउला। कम्पनी खोल्न दिए भइहाल्यो। मोटरसाइकलको यो आतंंकबाट मुक्ति मिल्थ्यो। नेपालमा साइकल कि त मोटर। यस्तो पनि गर्न सकिन्छ, धेरै गर्न सकिन्छ तर नोट छाप्यो ल्यायो। छाप्दा पनि भ्रष्टाचार, ढुकुटीको पैसा कसरी र कताबाट सक्ने ध्याउन्न भएपछि कसको के लाग्छ। नेपाल यो विदेशी लगानीका लफडामा फस्नु हुन्न।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

२०७६, २९ भाद्र आईतवार १५:२३

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

२०७६, २९ भाद्र आईतवार १०:४२

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

२०७६, २९ भाद्र आईतवार १६:२३

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

२०७६, २९ भाद्र आईतवार १३:०८

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

२०७६, २८ भाद्र शनिबार १६:२५

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

२०७६, २८ भाद्र शनिबार १४:१७