– नारायण घिमिरे
 
उसले भन्यो-
 
आँखामै छ
रारा, फोक्सुण्डो र तिलिचो
 
आँखामा समुद्र बोकेर
समुद्र गएका गण्डकी, कोशी र कर्णालीहरू
नुन बोकेर कहिल्यै घर फर्किएनन्
तापनि पर्खिरहे सगरमाथा, कञ्चनजङ्घा र धवलागिरिहरू
 
अस्तिको साँझ
बादलको जहाज आयो
बाकसमा चट्याङ बोकेर,
रातभरि रोइरह्यो आकाश
पोखराको काखमा ताल देखिन्थ्यो बिहान,
त्यो नीलो फेवा हैन माछापुच्छ्रेको आँसु रहेछ।
 
उसले भन्यो-
 
मनमै छ
अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर
 
शान्तिको सन्देश बोकेर,
आकाशमा उडेका सेता परेवाहरू
बुद्ध भेटेर कहिल्यै घर फर्किएनन्
तापनि कुरिरहे लुम्बिनी, स्वयम्भू र स्याङ्बोचेहरू
 
अस्तिको साँझ
गिद्धहरूको जहाज आयो
धागोले बाँधेको चिठी च्यापेर
गुम्बा, चैत्य र हिमालहरू सेता देखिन्थे बिहान
त्यो सेतो शान्ति हैन बरखीमा बेरिएको कपडा रहेछ।
 
उसले भन्यो-
 
मुटुमै छ
गुलाफ, लालीगुराँस र लालुपाते
 
मुटुमा बिरामी आमा बोकेर
उनको अपहरित सौभाग्य खोज्न
विदेशिएका सुस्ता, लिपुलेक र दशगजाहरू
सिन्दूर बोकेर कहिल्यै घर फर्किएनन्
तापनि पर्खिरहे हिमाल, पहाड र तराईहरू
 
अघिल्लो साँझ
उनीहरू फर्किएको जहाज
लडाकूहरूको आक्रमणमा परेछ
गुराँसहरू राता देखिन्थे बिहान
रातो सौभाग्य हैन आमाको पुछिएको सिन्दूर रहेछ।
 
भन्नुस् बुवा-
 
ऊ को हो? जो मेरो सपनामा आउँछ?
 
भन्नुस्
किन नीलो छ हाम्रो झण्डाको किनारा?
किन सेता छन् हाम्रो झण्डाका चन्द्रसूर्य?
किन रातो छ हाम्रो झण्डाको भुइँ?

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२