प्राचीन व्याकरण र सर्वदर्शनमा आचार्य तथा नेपाली विषयमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएका अलका आत्रेय चूडाल (पी.एच.डी.) भियना विश्वविद्यालयमा सिनियर लेक्चरका रूपमा कार्यरत हुनुहुन्छ। संस्कृत, नेपाली र अङ्ग्रेजी भाषा साहित्यमार्फत नेपाली वाङ्मयसँगै पूर्वीय ज्ञानको विस्तारमा उहाँको सक्रिय योगदान रहिआएको छ। अलकाजीका ‘बाल्यकालसँग लोभिँदै बाल्यकालमा’ (संस्मरण निबन्ध सङ्ग्रह), ‘कुहिरोभित्र लुकेको घर’ (खण्डकाव्य) तथा ‘अ लाइफ हिस्ट्री अफ राहुल साङ्कृत्यायन’ (विद्यावारिधि अनुसन्धानमा आधारित कृति) जस्ता महत्त्वपूर्ण कृतिहरू प्रकाशनमा रहेका छन् भने उहाँले ‘स्वअस्तित्वको खोज’ कृतिको जर्मनी भाषामा अनुवाद गर्नुभएको छ। विभिन्न देशबाट प्रकाशित भइरहेका जर्नलहरूमा अनुसन्धान लेखहरू थुप्रै प्रकाशित भएका छन्। हाल नेपाल तथा भारतका बौद्धिक प्रकाशनहरूको विस्तृत अनुसन्धानमा संलग्न रही विशद् परियोजना पूरा गर्न समर्पित हुनुभएका चूडालसँग यसै सिलसिलामा सामग्री सङ्कलन कार्यका निम्ति भियनाबाट केही दिन नेपाल आएका क्रममा उहाँसँग नेपाली पब्लिकका लागि डा. गीता त्रिपाठीले उहाँसँग गरेको कुराकानी यहाँ प्रस्तुत छ:

अलकाजी, तपाईंको भियना बसाइको प्रयोजन के हो? यो लामो अवधिमा तपाईंले नेपाली भाषा साहित्यमा के कस्ता काम गरिरहनुभएको छ?

– म नेपालमा हुँदा अध्ययन अध्यापनका अतिरिक्त पत्रकारितालगायत अन्य गतिविधिमा पनि संलग्न थिएँ, जसले अनुसन्धानतिर ढुक्कले लाग्न सकेकी थिइनँ। मलाई कता कता त्यो कुराले पिरोलिइरहेको हुन्थ्यो। ग्ल्यामरमा भन्दा पनि मेरो कर्मक्षेत्र पुस्तकहरूका बीच एकान्तमा हुनुपर्ने जस्तो लागिरहन्थ्यो। तर, भियना गएपछि मैले आफ्नो शतप्रतिशत समय अनुसन्धानमा लगाउन पाएकी छु। मैले आफूलाई अझ माझ्न पाएको जस्तो लागेको छ। मैले सीधा नेपाली भाषा साहित्यमा भन्दा पनि अलि फराकिलो शब्दावली प्रयोग गर्दा, नेपाल अध्ययन, जसले भाषा, साहित्य, इतिहास, संस्कृति लगायतका विषयमा आफूलाई व्यस्त राख्न पाएकी छु। फाट्टफुट्ट सहित्यिक लेखनबाहेक म पूर्ण रूपमा अनुसन्धानमा व्यस्त छु। मलाई अहिले दक्षिण एशियाको, खासगरी नेपाल र भारतको बौद्धिक इतिहास अध्ययन (Intellectual/History Studies)मा रुचि जागेको छ, त्यसैमा लागेकी छु।

अलका आत्रेय चूडाल आमका बीच निकै अग्लो नाम हो, यो अग्लाइका निम्ति तपाईंले नेपाली समाजभित्र के कस्ता सङ्घर्ष गुर्नपर्‍यो? तपाईंको सङ्घर्षको कथा आम नेपाली नारीको भन्दा फरक पो छ कि?

– समाजमा हरेक व्यक्तिले आ–आफ्नो प्रकृतिको सङ्घर्ष गरेकै हुन्छ, मैले पनि गरेँ। पहिला त म आफूले जे गरेँ, त्यो जसले पनि गर्न सक्छ, के नै गरो र? भन्ने ठान्थेँ। तर, मजस्तै र मभन्दा राम्रो अवसर पाएका मजस्ता नारीहरूले पनि विभिन्न कारणले आफूले चाहेको जस्तो दिशामा जीवनलाई गति दिन नसकेको देख्दा भने हिजोआज के मैले सङ्घर्ष गरेकै हो त? भनेर म आफैँलाई प्रश्न गर्छु। मेरो आत्मविश्वास दह्रो थियो क्यार र त्यही नै मेरो एकमात्र हतियार, जसले मलाई आजकी अलका बनायो। मेरो जीवन बाहिरबाट देखिएको जस्तो सहज थिएन र छैन पनि।

नेपाली नारी लेखनको वर्तमान अवस्थाप्रति तपाईंको के कस्तो प्रतिक्रिया छ?

– नेपाली साहित्यमा नारी लेखन सङ्ख्यात्मक र गुणात्मक दुवै किसिमले गहकिलो हुँदै गएको देखेकी छु। नारी लेखनी सक्रिय भएको र तिनमा स्वअस्तित्व चेतको विकास, अन्याय, अपराध र असन्तुष्टिलाई विनाहिचकिचाहट व्यक्त गर्ने हिम्मत, मौनताबाट स्पष्टवादितामा सङ्क्रमण, प्रबल आत्मविश्वास र प्रभावकारी उद्घोष यी मैले देखेका अहिलेको नारी लेखनका सकारात्मक पक्ष हुन्।

तपाईंले संस्कृत भाषा साहित्यको अध्ययनबाट हिन्दू धर्म संस्कृतिलाई गहिरोसँग बुझ्नुभएको छ, पछिल्लो समय हिन्दू धर्म संस्कृतिप्रति निकै नै आलोचना आरोपहरू भए। यो आलोचना सही या गलत के लाग्छ तपाईंलाई? यसको कारण के होला?

– म सही र गलत भनेर किटान गरी भन्न त सक्दिनँ। तर, हरेक धर्म, परम्परा र संस्कृतिमा समयानुसार परिवर्तन भएका छन्, हिन्दू धर्ममा पनि भएको छ। यसलाई इतिहासले समाजसुधार वा सुधारको संज्ञा दियो। तर, धर्म संस्कृति भने परिवर्तन भएन, केही चाल–चलन मात्र फेरिए। हामीलाई समयानुसार केही सुधार गर्ने आवश्यकता देखापरे, हामी फेरि समयको मागअनुरूप त्यो गर्न सक्छौँ जस्तो लाग्छ मलाई। यी कुरा परिवर्तनशील हुन्, यसको प्रमाण होस्, मनुस्मृतिकालीन नियम त हामीले पक्कै पनि पालना गरेका छैनौँ।

नारीका विषयमा आजसम्मको नेपाली साहित्यले न्याय नगरेकै हो त? पुरुष सर्जकले निर्माण गरेको साहित्य समाजभित्र नारीले कुन स्थान पाएका छन्?

– यसअघि पुरुषवादी समाजले परिभाषित गरेको आदर्श नारीको कसीमा नारीलाई मूल्याङ्कन गरियो। नेपाली साहित्यमा सीता, सूपर्णखा र द्रौपदीदेखि लिएर रूपमती, सहनशीला सुशीला, गजाधर सोतीकी घरबुढीको जस्तो स्थान नारीहरूले पाएका थिए। अब नारीहरूले आफ्नो स्थानलाई नयाँ कसरी निर्धारित गर्नेछन् वा निर्धारित हुनेछ, त्यो मेरो लागि पनि कौतूहलको विषय हो।

अबको समाजलाई गति प्रदान गर्न कस्ता प्रवृत्तिको साहित्य लेख्न आवश्यक छ?

– मलाई लाग्छ विशेष अवस्थामा, कुनै साहित्यिक आन्दोलनभन्दा बाहेक, साहित्यले भन्दा पनि सामान्य रूपमा समाजले साहित्यलाई गति दिन्छ। सामान्य अवस्थामा सामाजिक परिवर्तन साहित्यमा देखिने हो। तर, मलाई लाग्छ अझै पनि हामीले नारी सशक्तीकरण र सबलीकरणलाई बढाउने खालका साहित्य रचनाको आन्दोलन चलाएर, बढीभन्दा बढी पाठकसम्म त्यसको पहुँच बढाउन सक्नुपर्छ।

नेपाली अहिले गुञ्जन, नारी साहित्य प्रतिष्ठान, आह्वान जस्ता संस्थाहरूले विभिन्न किसिमका अन्तक्र्रिया आयोजना गरिआएका छन्। यसले नेपाली नारीको व्यक्तित्व निर्माणमा के कस्तो भूमिका निर्वाह गर्छ भन्ने लाग्छ तपाईंलाई?

– अवश्य पनि सकारात्मक भूमिका निर्वाह गर्छ। अगाडि आएर बोल्नु र अन्तर्क्रियामा भाग लिनु पनि सशक्तीकरणको एउटा सबल पक्ष हो। मूक वा मौन नारी र उनको लेखनीलाई वाचाल बनाउनु भनेकै सशक्तीकरण र व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण खुड्किलो पार गर्नु हो। हिजोका नारी दमन र उत्पीडन सहेर चुप लागेर बस्थे भने आज नारी त्यसबारे बोल्न र लेख्न सक्छन्। ‘हुन्छ’ र ‘हस्’ मात्र भन्ने नारी आज ‘किन, कसरी, के कारणले, कसले’जस्ता प्रश्नहरू सोध्ने क्षमता राख्छन्। ‘वादेवादे जायते तत्वबोधः’ यसरी छलफलले महिलालाई परिवार, समाज र साहित्यमा आफ्नो स्थान र परिचय परिभाषित गर्न बल दिन्छ।

अलकाजी, एउटा असल अध्येताका तर्फबाट नेपाली समालोचनाका समस्याहरू के के हुन् भन्ने लाग्छ तपाईंलाई?

– नेपाली मात्र होइन, दक्षिण एशियाकै साहित्यिक समालोचना तटस्थ भएर गरिँदैन। लेखकको अति देवत्वीकरण गर्ने परम्परा अब बन्द गरिनुपर्छ। समालोचना शब्दभित्रको ‘सम’ (राम्रो)को पालना गरिन्छ तर ‘आलोचना’ भने हराएर जान्छ।

नेपाली दृश्य र श्रव्य सञ्चारमा तपाईंले लामो समय योगदान दिनुभएको छ, ती दिनमा नारीका चुनौतीका विषयलाई कसरी सम्झना गर्नुहुन्छ?

– मैले काम गर्दा नारीहरू धेरै कम मात्र माथिल्लो तहमा पुगेका उदाहरण थिए। मधुर स्वर र राम्रो रूप योग्यताका मापदण्ड थिए। प्राविधिक नारीहरूको संख्या पनि न्यून नै थियो। त्यो समय पनि त्यति उदार थिएन। मैले सञ्चार क्षेत्रमा काम शुरु गर्दा पनि कतिले त्यहाँ नजाने र नपठाउने सल्लाह दिएका थिए। यति धेरै रेडियो र टीभी पनि थिएनन् तर अब समय फेरियो, खुसीको कुरा !

नेपाली नारी स्रष्टाका पाँच उत्कृष्ट कृति छनोट गर्नुपर्‍यो भने कुन कुन विधाका कुन कुन कृतिलाई सम्झन चाहनुहुन्छ?

– यो अति कठिन प्रश्नको उत्तर मैले दिन सकिनँ। अहिले नेपाली नारी स्रष्टाहरूले मलाई बेलाबेला विस्मित बनाउँछन्। हरेक विधामा सशक्त नारी हस्ताक्षर आउँछ। भर्खरै एउटा कार्यक्रममा वक्ता पुरुषहरूको तुलनामा नारीको गहन प्रवचनले नामुद र स्थापित पुरुषहरूलाई चकित तुल्याइदियो। त्यो देखेर मैले नारी हस्ताक्षर सशक्तीकृत भएको अनुभव गरेँ। हरेक नारी स्रष्टा आफैमा अति प्रशंसनीय र धन्यवादकी पात्र छिन् किनभने उनले आफ्नो व्यक्तिगत भाव आँसु बगाएर होइन, मसी बगाएर व्यक्त गर्छिन्।

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७