काठमाडौँ – लोहारपट्टी नगरपालिका–८ भगवानपुरस्थित सडकमा ज.९ प ८२४१ नम्बरको मोटरसाइकलमा सवार बलवा नगरपालिका–३ पडौल बस्ने ४० वर्षीया रामपरी देवी मण्डलको मृत्यु भएको छ। उनी मोटरसाइकलबाट अचानक खसेर गम्भीर घाइते भई स्थानीय क्लिनिकमा उपचारका क्रममा मृत्यु भएका हो। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, काठमाडौँ महानगरपालिका–७, गौरीघाटस्थित पाटीमा बस्ने सुन्दरीजल घर भएकी ४० वर्षीया अनिता तामाङ बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन्। सुनसरी, दुहवी नगरपालिका–१ साहु टोलस्थित शिव मन्दिरका पुजारी तुलाकृष्ण चौधरीले मन्दिरमा मृत अवस्थामा फेला परेका हुन्।

त्यसैगरी, किस्पाङ गाउँपालिका–५ शान्तिबजारमा बा.४ ख ८७१८ नम्बरको ट्रिपरका सहचालक बिक्रम थिङको करेन्ट लागेर मृत्यु भएको छ। कालिका गाउँपालिका – २ बस्ने १९ वर्षीय सहचालक बिहीबार बिहान बालुवा लोड गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका थिङको त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

खजिदेम्बा गाउँपालिका–४ नेवारे तोरीबारी बस्ने रामेछाप धोबी घर भएकी ३६ वर्षीया बालकुमारी विक भिरबाट लडेर बुधबार साँझ मृत्यु भएको छ। उनी गाउँपालिका–२ हेवा बस्ने दिदीको घर जाने क्रममा भिरबाट लडेर मृत्यु भएको बताइएको छ। यी सबै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

टोनी कक्कर नेपाल आउँदै

टोनी कक्कर नेपाल आउँदै

२०७६, ३१ भाद्र मंगलवार १६:०२

यी बिरामीका लागि कागती पानी खतरा

यी बिरामीका लागि कागती पानी खतरा

२०७६, ३० भाद्र सोमबार १५:३१

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

२०७६, ३० भाद्र सोमबार १७:१७