काठमाडाैँ – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मङ्सिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन्। पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले यहाँ आज आयोजना गरेको महाधिवेशन प्रतिनिधिको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पार्टीबाट जसले टिकट पाउँछ, त्यसलाई सबै मिलेर जिताउनुपर्नेमा जोड दिए।

‘हाम्रो पार्टी दुई पार्टीजस्तो भयो, उनीहरु (एमाले र माओवादी) दुई पार्टी एक भए यो सत्य कुरा हो, अब पार्टी (काङ्ग्रेस) त्यस्तो हुनेछैन,’ उनले भने, ‘यो चुनावमा सबै एक भएर लाग्नुपर्छ, कुनै पनि हालतमा पार्टीलाई जिताउनुपर्छ, यहीँबाट नै पार्टीभित्र एकताको शुरुआत हुन्छ।’

सरकारले प्रेस स्वतन्त्रता हनन गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याउन लागेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामाथि प्रहार सरकारले नै गरेको छ, आफ्ना विरोधीलाई सरकारविरुद्ध लेख्न नपाउने गरी विधेयक ल्याउन खोजिएको बताए। स्वतन्त्रता, समानता, न्याय र बन्धुत्व काङ्ग्रेसको सिद्धान्त भएको उल्लेख गर्दै उहाँले प्रजातन्त्रसहितको समाजवादमा काङ्ग्रेस स्पष्ट रहेको बताए।

सो अवसरमा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताले नेकपालाई आशा एवम् भरोसाका साथ दुई तिहाई बहुमत दिएकाेमा यतिखेर जनता निराश भएको आरोप लगाए। नेपाली जनताले भरोसाको केन्द्र खोजेको बताउँदै उहाँले जनताको त्यो चाहनालाई काङ्ग्रेसले पूरा गर्नुपर्ने बताए। पार्टीभित्रको गुटबन्दीले काङ्ग्रेसलाई कमजोर बनाउने बताउँदै उनले शेरबहादुर, रामचन्द्र कोही नभनी पार्टी भनेर लाग्न कार्यकर्तालाई आग्रह गरे।

लोकतान्त्रिक पार्टी काङ्ग्रेसले आफूलाई पनि लोकतान्त्रिक बनाएर लैजानुपर्ने धारणा राख्दै उनले पार्टी अरुको कार्यसूचीमा संसद्मा हडताल गर्ने नभई आफ्नै कार्यसूची लिएर अघि बढ्नुपर्नेमा जोड दिए। प्रशिक्षणले पार्टीमा रहेका हिजोका कमजोरी हटाउँदै नवीन सोचका साथ सङ्गठनलाई अघि बढाउन महत्वपूर्ण योगदान दिने उनले विश्वास व्यक्त गरे।

पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले विगतमा पार्टीभित्रैबाट भएका घातप्रतिघातसमेतले पार्टीले नराम्रो पराजय भोग्नुपरेको बताउँदै आसन्न निर्वाचनमा त्यसबाट माथि उठ्दै सिङ्गो पार्टी पङ्क्ति एक भएर अघि बढ्नुपर्नेमा जोड दिए। अर्का केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले काङ्ग्रेसका लागि नयाँ चेतना आवश्यक भएको बताए। वि.सं. २००७ यताका हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीले आगामी दिनमा पनि संविधान एवम् प्रजातन्त्रको रक्षार्थ आफूलाई सशक्त रुपमा अघि बढाउने उनको भनाइ थियो ।

पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाटले धार्मिक एवम् सामाजिक सहिष्णुता कमजोर बनेको वर्तमान अवस्थामा पार्टीको भूमिका सशक्त हुनुपर्ने बताए। आसन्न उपनिर्वाचनमा पार्टीलाई सशक्त रुपमा परिचालन गर्दै विजय हासिल गर्नेतर्फ उन्मुख बन्नुपर्ने उनको भनाइ थियो ।

पार्टी केन्द्रीय सदस्य कमला पन्त, प्रष्ठिानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाललगायतले पार्टी सङ्गठनलाई थप सशक्त बनाउन प्रशिक्षण बहुउपयोगी बन्ने धारणा राखे। कार्यक्रममा सभापति देउवाले नेत्रविक्रम चन्द समूह परित्याग गरी काङ्ग्रेसमा प्रवेश गरेका कार्यकर्तालाई पार्टी सदस्यता प्रदान गरे। सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकको पनि लोकार्पण गरिएको थियो । प्रशिक्षण शनिबारसम्म चल्नेछ । (रासस)

लोकप्रिय

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

२०७६, ९ माघ बिहीबार १५:४८

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ९ माघ बिहीबार १९:५८

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

२०७६, ९ माघ बिहीबार १८:५२

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

२०७६, ९ माघ बिहीबार १५:२१

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

२०७६, ९ माघ बिहीबार १५:१३

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

२०७६, ९ माघ बिहीबार १७:४३

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

२०७६, ९ माघ बिहीबार ०८:४९

मन्त्रिपरिषद् बैठककाे ३२ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठककाे ३२ निर्णय सार्वजनिक

२०७६, ९ माघ बिहीबार १८:११

विश्व क्रिकेट हस्तीका केहि प्रसिद्ध भनाइहरु

विश्व क्रिकेट हस्तीका केहि प्रसिद्ध भनाइहरु

२०७६, ९ माघ बिहीबार १४:२२

शुक्रबार सार्वजनिक बिदा

शुक्रबार सार्वजनिक बिदा

२०७६, ९ माघ बिहीबार १५:५४

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

२०७६, १० माघ शुक्रबार १६:५५

फ्रिजमा के–कस्ता खानेकुराहरु राख्न हुदैन ?

फ्रिजमा के–कस्ता खानेकुराहरु राख्न हुदैन ?

२०७६, ९ माघ बिहीबार १७:१५

राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा

राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा

२०७६, ९ माघ बिहीबार १९:३२