– स्व. जगदीश घिमिरे

म मरेछु। बाँचेको कैले पो थिएँ र? सबै साहित्यिकहरूलाई जस्तै मेरो लागि पनि नर्कको सिट सुरक्षित रहेछ।

लेखकका रूपमा केही परिचित भएकाले अर्थात् अपयश कमाएकाले (यश साहित्यिकहरूले कमाउँदा रहेनछन्, तिनको उच्चता तिनले गरेको कुकर्महरूले नपिँदो रहेछ, सुकर्म तिनले गर्न जान्दै जान्दा रहेनछन्) स्वयं यमराज मपट्टि तानिए।

भीषण अपराधहरूमा मैले चोर, बेइमानी, ठगी, रहजनी, हत्या, बलात्कार, नेतागिरी, रक्सीबाजी, अवसरबाजी, रन्डीबाजी, प्रेमबाजी, जागिरी, पत्रकारी, साहित्यकारी, मन्त्रीगिरी, भाषणी, घुसखोरी, कालोबजारी, अफिसरी, जुवा, चोरी, तस्करी, निकासी–पैठारीलगायत बाँच्नेहरूले गर्ने सबै सद्कार्य गरेको साबिती बयान दिएँ।

उनले फैसला सुनाए– आगे फलानाको छोरा, फलानाको नाति, फलाना ठाउँबाट अकाल मृत्यु भएपछि ल्याएको फलानालाई पाँच वर्ष तातो तेलमा भुट्नू, पाँच वर्ष आराले चिर्नू, पाँच वर्ष गुहुँमा डुबाउनु, पाँच वर्ष सर्प, बिच्छी र अरिङ्गाल आदिलाई डसाउनू, पाँच वर्ष हजार सूर्यको रापमा सुकुटी गराउनू। यसरी निजलाई पच्चीस वर्षसम्म रौख– कुम्भिपाक आदि सबै नर्कमा यातना दिइनेछ। साथै, कुनै पनि पाप नढाँटीकन कबुल गरेकामा सबै दण्ड भुक्तान भएपछि सप्रने मौकाका निमित एकपटक भूलोकमा जन्म लिन पठाइनेछ।

मेरो अन्तिम इच्छा सोधिन्छ। म बिन्ती गर्छु– ‘प्रभु मेरो पुनर्जन्म भूलोकमध्ये नेपाल भन्ने मुलुकमा होस्।’

यमराजबाट आज्ञा हुन्छ– ‘तथास्तु। नेपालमा सबैले ती सबै यातना नमरीकनै पाउन्याछन्। त्यसैले नेपाल नै फिर्ता जान्याभया तेरा सबै दण्ड माफ गरिन्याछन्।’

(२०३० को दशकमा)

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

२०७६, १२ माघ आईतवार २०:२३

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

२०७६, १३ माघ सोमबार १६:४६

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

‘वी विल मिस यु सन्दीप!’

‘वी विल मिस यु सन्दीप!’

२०७६, १३ माघ सोमबार ११:४४

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

२०७६, १२ माघ आईतवार १३:२१

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

२०७६, १३ माघ सोमबार १७:३५

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

२०७६, १३ माघ सोमबार १९:४६

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२०७६, १२ माघ आईतवार १७:५९

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३