भक्तपुर – मध्यपुरको लोपोन्मुख मल्लकालीन लाय्कू भैल: आज (शनिबार) साँझबाट शुरु हुने भएको छ। गाईजात्राको भोलिपल्ट अर्थात् आजदेखि शुरु हुने नाचको आवश्यक तयारी पूरा भएको लाय्कू भैलः नाच व्यवस्थापन समितिले जानकारी दिएको छ।

४५ वर्ष बन्द भएर रोकिएको लाय्कू भैलःको नाच विगत ३ वर्षयता यहाँका युवाले पुनः सञ्चालनमा ल्याएपछि भने हरेक वर्ष नियमित रूपमा सञ्चालन भइरहेको छ। लाय्कू अर्थात् दरबार र भैलः अर्थात् भैरव नाच मल्लकालदेखि देवीदेवताको मुखाकृति रहेको मुकुण्डो लगाएर नाच्ने गरिन्छ।

नाचको तयारीका लागि एक साता अघिदेखि थिमिको ऐतिहासिक लायकू दरबारमा प्रशिक्षण दिइरहेका नाचका गुरु अर्जुन श्रेष्ठले जानकारी दिए। मध्यपुर–थिमिको लायकू दरबारबाट निस्किएर यो नाच बालकुमारी मन्दिर प्राङ्गणलगायत विभिन्न टोलमा ४ दिनसम्म प्रत्येक साँझदेखि राति अबेरसम्म सञ्चालन हुने उनले जानकारी दिए।

तान्त्रिक विधिअनुसार नचाइने भैलः नाच नेपाल संवत् तिथिअनुरूप गुँलागा द्वितीयादेखि पञ्चमीसम्म ४ दिन नचाइन्छ। नाच व्यवस्थापन समितिका संयोजक तथा बाजा गुरु श्रेष्ठले आजदेखि भदौ ३ गतेसम्म नाच सञ्चालन हुने जानकारी दिए।

भैलः दुई, दाःगिं दुई र ज्यापूँग एक गरी पाँच देवगण सहभागी हुने नाचका लागि यो वर्ष ज्यापुगः सोहन श्रेष्ठ, न्हापा भैलः विनोद श्रेष्ठ, लिपा भैलः सजन श्रेष्ठ, न्हापा दागिं सज्जन श्रेष्ठ तथा लिपा दागिंका रूपमा सोनिश श्रेष्ठले नाच नाच्ने भएका छन्। भैरवले खड्ग, कुमारीले डमरु र ज्यापुँगःले कपासको बियाँ, अक्षता र चामल भुटेर तयार गरिएको ताय् भएको भाँडो, हातमा लिएर बाजाको तालमा हाउभाउ प्रस्तुत गर्दै नाच्ने गरिन्छ।

नाचका क्रममा भैलः र दागिंले क्रोधित मुद्रा प्रस्तुत गरेपछि ज्यापुँगःले हानेर शान्त बनाइन्छ। नाचका लागि बाजा बजाउने टोलीमा १२ जनाले दागः, आठ जनाले भुस्याः, आठै जनाले पोङ्गा र चार जनाले म्वायेली बजाइन्छ। तत्कालीन अवस्थामा भूतप्रेत, पिसाचसँगको किंवदन्ती जोडेको भैलः नाच सञ्चालनका लागि हरेक वर्ष करिब रु. १० लाख खर्च हुँदै आएको छ।

व्यवस्थापन समितिले स्थानीय स्रोतबाट आर्थिक व्यवभार धान्दै आएको छ। ऐतिहासिक र धार्मिक महत्त्व बोकेको नाचलाई दिगो बनाएर सम्बर्द्धन गर्न व्यवस्थापन समितिले अक्षयकोषको व्यवस्था गरेको छ। अक्षयकोषमा रु. १३ लाख जम्मा भइसकेको सहसंयोजक नीरञ्जन श्रेष्ठले जानकारी दिए। (रासस)

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८