काभ्रेपलाञ्चोक – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको बताएका छन्।

नेपाल निर्माण व्यवसायी सङ्गठन प्रदेश नं. ३ को घोषणासभालाई आज (शनिबार) बनेपामा सम्बोधन गर्दै उनले अख्तियारलाई सक्रिय बनाइएका कारण भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने काम भइरहेको बताए।

मन्त्री बाँस्काेटाले भने, “एकपछि अर्को भ्रष्टाचारी समातिएका छन्, यसबाट भ्रष्टाचार बढेको ठान्नु गलत हो, यो अख्तियारलाई सक्रिय बनाइएको प्रतिफल हो।” उनले यसअघिका सरकारका समयमा पनि अख्तियार भए पनि यत्तिको सक्रिय नभएको दाबी गरे।

विभिन्न निकायका कर्मचारीलाई काम छिटो र नाफामूलक बनाउने प्रवृत्तिका कारण भ्रष्टाचार हुने गरेको मन्त्री बाँस्कोटाले बताए। उनले भने, “फाइल बुझाउन जाँदा कर्मचारीलाई बेलुका तपाईंको फुर्सद के छ, भेटौँ न, भन्ने प्रवृत्तिले भ्रष्टाचारले प्रश्रय पाउने हो, यस्तो प्रवृत्ति छ भने आजै त्याग्नुस्, नत्र तपाईं पनि फन्दामा पर्नुहोला ।”

उनले कसैले अनुचित रकम दिए वा लिएको जानकारी भएलगत्तै सरोकारवाला निकायलाई खबर गर्न आग्रह गरे। रु. १ अर्बसम्मको काम नेपाली निर्माण व्यवसायीले नै गर्नसक्ने भएकाले आफ्नो क्षमता अभिवृद्धि गरी काम गर्न मन्त्री बाँस्काेटाले सुझाव दिए।

“आफू क्षमता वृद्धि गरेर आउनुस्, कुनै अप्ठेरो छैन,” उनले भने, “बोलपत्र आफूलाई नपर्दा अदालत जाने काम पनि राम्रो होइन।” समुद्ध नेपाल बनाउने प्रमुख औजारमध्येको निर्माण क्षेत्र पनि एक भएको उनको धारणा थियो। मन्त्री बाँस्कोटाले मन्त्रालयमार्फत चारवटा प्रदेशमा अप्टिकल फाइबर बिछ्याउँदा आफूले पनि निर्माण व्यवसायीबाट केही अप्ठेरो बेहोर्नुपरेको बताउँदै नाफामूलक सामाजिक सेवामा सरकारलाई नै सघाउनुपर्ने उल्लेख गरे।

मन्त्री बाँस्काेटाले भने, “समयमै काम नसक्दा पनि ठकेदार अदालत धाउँछन्, यसले कसैलाई फाइदा पुग्दैन।” निर्माण क्षेत्रको संशोधित पछिल्लो खरिद नियमावली अन्तिम नहुने उल्लेख गर्दै उनले व्यवसायीसँग छलफल गर्न सरकार तयार रहेको बताए। कार्यक्रममा सांसदद्वय गङ्गाबहादुर तामाङ र नवीना लामा, प्रदेशसभा सदस्य चन्द्र लामा, चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष रुकु चौलागाईं, नेपाल निर्माण व्यवसायी सङ्गठनका केन्द्रीय अध्यक्ष यज्ञध्वज कार्की, सङ्गठनका प्रदेश इञ्चार्ज टङ्क चौलागाई, सङ्गठनका महासचिव रोशन दाहाल र निर्माण व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष उपेन्द्र घिसिङले शुभकामना दिएका थिए ।

यसैगरी आजै मन्त्री बाँस्कोटाले कम्प्युटर एसाेसिएसन नेपाल महासङ्घद्वारा धुलिखेलमा आयोजित आर्थिक निकायमा डिजिटल आर्थिक सेवा विषयक प्रदेशस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै कर छली गर्नेले डिजिटल आर्थिक सेवा लिन नचाहेको बताए। उनले भने, “यस्ताले पनि भ्रष्टाचारलाई प्रश्रय  दिएका छन्, भ्रष्टाचार न्यूनीकरण हुँदै जाँदा उनीहरू पनि यो सेवा लिन बाध्य हुन्छन्, त्यसतर्फ ध्यान जानु जरुरी छ।” (रासस)

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

टोनी कक्कर नेपाल आउँदै

टोनी कक्कर नेपाल आउँदै

२०७६, ३१ भाद्र मंगलवार १६:०२

यी बिरामीका लागि कागती पानी खतरा

यी बिरामीका लागि कागती पानी खतरा

२०७६, ३० भाद्र सोमबार १५:३१

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

२०७६, ३० भाद्र सोमबार १७:१७