काठमाडौँ – पछिल्लो एक महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रू तीन सय र चाँदीमा प्रतितोला रू ५ ले वृद्धि भएको छ। छापावाला सुन प्रतितोला रू ७१ हजार तीन सय पुगेको छ। मङ्गलबार छापावाला सुन प्रतितोला रू ७१ हजारमा कारोवार भएको थियो।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रू तीन सुयले वृद्धि भएको छ। स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रू ७१ हजार पुगेको छ। मङ्गलबार तेजाबी सुन प्रतितोला रू ७० हजार सात सयमा कारोवार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। आज चाँदीको मूल्य रू पाँचले वृद्धि भएर प्रतितोला रू ८ सय ३० पुगेको महासङ्घले जनाएको छ। मङ्गलबार चाँदी प्रतितोला रू ८ सय २५ मा खरीदबिक्री भएको थियो।

भदौ लागेसँगै स्थिर भएको सुनको मूल्य आज वृद्धि भएको हो। गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो। साउन महीनामा सुनको मूल्य प्रतितोला रू सात हजार र चाँदीको मूल्य प्रतितोला रू ९५ ले वृद्धि भएको छ।

साउन १ गते छापावाला सुन प्रतितोला रू ६४ हजार पाँच सय, तेजाबी सुन रू ६४ हजार दुई सय र चाँदी प्रतितोला रू ७ सय ४५ मा कारोबार भएको थियो। साउनको अन्तिममा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको थियो। साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला रू ७१ हजार पाँच सय, तेजाबी सुन रू ७१ हजार दुई सय तथा चाँदी प्रतितोला रू ८ सय ४० मा कारोबार भएको महासङ्घले जनाएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार पाँच सय अमेरिकी डलर पुगेको छ।

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२