मेलबोर्न – अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ। अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरुका समर्थकले खुशी व्यक्त गरेका थिए।

गत वर्ष डिसेम्बरमा तल्लो अदालतको सर्वसम्मत निर्णयका आधारमा कार्डिनल जर्ज दोषी ठहर गरिएका थिए। क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसका पूर्व अर्थमन्त्री समेत रहेका कार्डिनल जर्जले दुई दशकअघि मेलबोर्नस्थित सेन्ट प्याट्रिक क्याथेड्रलमा रहँदा दुई जना १३ वर्षीय बालकमाथि यौन शोषण गरेको पुष्टी भएको थियो।

भिक्टोरिया पुनरावेदन अदालतका न्यायाधीशको २–१ को निर्णयबाट कार्डिनल जर्जले गरेको पुनरावेदन अस्वीकार गरेको हो। पेलका कानुन व्यवसायीले अब अदालतको आदेशका बारेमा अध्ययन गरी उच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन्।

अस्ट्रेलियाली क्याथोलिक बिसप सम्मेलनले पनि कानुनका दृष्टिबाट सबै अस्ट्रेलियाली नागरिक समान रहेको बताउँदै अदालतको आदेशलाई स्वीकार गर्ने जनाएको छ।

मेलबोर्नका मुख्य पादरी पिटर कोमेन्सोलीले एक विज्ञप्ति प्रकाशन गरी आफूले अदालतको आदेशलाई स्वीकार गर्ने र अरुलाई पनि त्यस्तै गर्न आग्रह गरेको छ।

गत मार्चमा ७८ वर्षीय कार्डिनल जर्जलाई छ वर्षको कारावासको सजाय दिइएको थियो। उनी अब पोप फ्रान्सिसको कार्डिनल परिषद् वा भ्याटिकनको अधिकारीका रुपमा रहन पाउने छैनन्।

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले पनि अदालतको आदेशलगत्तै जर्जलाई यसअघि अस्ट्रेलिया सरकारले प्रदान गरेको सर्वोच्च पदक ‘अर्डर अफ अस्ट्रेलिया’ को पदक खोस्ने बताएको छ।

क्याथोलिक गिर्जाघरहरुमा विश्वभर नै यौन शोषणका खबर आएसँगै पोप फ्रान्सिसमाथि गिर्जाघरहरुको सुधारका बारेमा चर्को दबाब आएको छ। (रासस/एपी)

लोकप्रिय

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ७ फाल्गुन बुधबार १९:५८

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ८ फाल्गुन बिहीबार २०:०१

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त रुपमा गर्ने

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त…

२०७६, ७ फाल्गुन बुधबार १६:१५

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए नि लै’ सार्वजनिक

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए…

२०७६, ७ फाल्गुन बुधबार १८:११

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

२०७६, ९ फाल्गुन शुक्रबार १२:५२

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

२०७६, ८ फाल्गुन बिहीबार १०:२०

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

२०७६, ९ फाल्गुन शुक्रबार १६:५८

क्रिकेट रंगशाला निर्माणकाे लागि सन्दीप र उनका एजेन्टलेले गरे १ लाख ४१ हजार सहयाेग

क्रिकेट रंगशाला निर्माणकाे लागि सन्दीप र उनका एजेन्टलेले गरे १…

२०७६, ८ फाल्गुन बिहीबार १९:३२

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १५:०३

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

२०७६, ९ फाल्गुन शुक्रबार १४:५१

कप्तान कोहली भन्छन्, ‘३ वर्ष निरन्तर तीनै फर्म्याटकाे क्रिकेट खेल्छु’

कप्तान कोहली भन्छन्, ‘३ वर्ष निरन्तर तीनै फर्म्याटकाे क्रिकेट खेल्छु’

२०७६, ७ फाल्गुन बुधबार १४:१५

समृद्धि र सुशासन कायम गर्न आवश्यक छः मुख्यमन्त्री पौडेल

समृद्धि र सुशासन कायम गर्न आवश्यक छः मुख्यमन्त्री पौडेल

२०७६, ७ फाल्गुन बुधबार १९:३१

‘कट, कपी र पेस्ट’ सिस्टमकाे आविष्कार गर्ने कम्प्युटर वैज्ञानिक टेस्लरको निधन

‘कट, कपी र पेस्ट’ सिस्टमकाे आविष्कार गर्ने कम्प्युटर वैज्ञानिक टेस्लरको…

२०७६, ८ फाल्गुन बिहीबार १७:५९

पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु

पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु

२०७६, ८ फाल्गुन बिहीबार ०८:४७

अस्थिरतासँगै विश्वभरि रक्षा खर्च बढ्दो, चीनलाई जबाफ दिन एशियामा पनि बढ्ने क्रम जारी

अस्थिरतासँगै विश्वभरि रक्षा खर्च बढ्दो, चीनलाई जबाफ दिन एशियामा पनि…

२०७६, ८ फाल्गुन बिहीबार १०:५५