घोराही – जिल्ला प्रहरी कार्यालय दाङले बैंकको रकम हिनामिना गरेको आरोपमा देव विकास बैंक नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीलाई छ।

बैंकको करीब रू १८ करोड हिनामिना गरेको आरोप बुढाथोकीलाई लागेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार आरोपित बुढाथोकीले बैंकको रू १७ करोड ९९ लाख हिनामिना गरेका थिए। बैंकको केन्द्रीय कार्यालयको उजुरीका आधारमा लमहीबाट उनलाई पक्राउ गरिएको हो।

बुढाथोकीले ३५ जना नक्कली ऋणी तयार गरी आफूलाई फाइदा हुने गरी बैंकबाट पैसा झिकेको बैंकले जनाएको छ। आरोपित बुढाथोकीलाई थप अनुसन्धानका लागि आजै नेपालगञ्ज पठाइने प्रहरीले जनाएको छ। दाङमा वाणिज्य इजलास नभएकाले नेपालगञ्ज पठाइन लागिएको प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए।

घोराही–१५ भरतपुर निवासी बुढाथोकी २०६७ देखि बैंकमा कार्यरत थिए। डेढ वर्षअघि मात्रै उनी प्रबन्धकका रूपमा नियुक्त भएको बताइएको छ।

मूर्तिमा सुनको जलप लगाएर बिक्री गर्ने पक्राउ

बुद्धको मूर्तिमा सुनको जलप लगाएर सुनको मूर्ति भन्दै महँगो मूल्य बेच्ने गरेको आरोपमा दाङमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरुले दाङको राजपुर नाका हुँदै छिमेकी देश भारत गएर जलप लगाएको बुद्धको मूर्तिलाई ‘सुनको मूर्ति’ भन्दै महँगो मूल्यमा बेचेका थिए। मूर्ति बेचेर जिल्लाकै भैंसाही नाका हुँदै फर्कंदै गर्दा गोप्य सुराकीको आधारमा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा एक महिलासहित चार पुरुष छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता शाहका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–५ बरुवागाउँ निवासी २७ वर्षीय हिराबहादुर विक, बाँकेको कोहलपुर नगरपालिका–२ प्रेमनगर निवासी ४२ वर्षीय सुरेश विक, सोही ठाउँकै मनकुमारी खत्री, रोल्पाको त्रिवेणी गाउँपालिका–९ निवासी ४३ वर्षीय प्रकाश केसी र जाजरकोटको बारेकोट गाउँपालिका–८ निवासी २७ वर्षीय शिव सिंह भनिने पूर्ण विक रहेका छन्।

प्रवक्ता शाहले बुद्धको मुर्ति काठमाडौँमा किनेर त्यसमा सुनको जलप लगाई दाङको नाका हुँदै भारतमा गएर झुक्याएर महँगो मूल्यमा बेचेको खुल्न आएको बताए। उनले उनीहरु सबैलाई सुराकीको आधारमा पूर्वपश्चिम राजमार्गअन्तरगत दाङको लमही नगरपालिका–९ जलकुन्डी क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए।

‘उनीहरुलाई रकम भागवन्डा गरिसकेर राजमार्ग क्षेत्रमा आ–आफ्नो घरतर्फ जान बस कुरिरहेको अवस्थामा पक्राउ गरिएको हो’, प्रवक्ता शाहले भने, ‘उनीहरुकै बीचबाट सूचना प्राप्त भएपछि प्रहरीलाई सजिलो भएको हो।’

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखेर अनुसन्धान शुरु गरिएको प्रवक्ता शाहले जानकारी दिए। (रासस)

लोकप्रिय

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

टोनी कक्कर नेपाल आउँदै

टोनी कक्कर नेपाल आउँदै

२०७६, ३१ भाद्र मंगलवार १६:०२

यी बिरामीका लागि कागती पानी खतरा

यी बिरामीका लागि कागती पानी खतरा

२०७६, ३० भाद्र सोमबार १५:३१

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

२०७६, ३० भाद्र सोमबार १७:१७