काठमाडौँ – नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबलमा आज नेपाल जित्नै पर्ने दबाबका साथ माल्दिभ्सविरुद्ध उत्रँदै छ।

ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने समूह चरणको अन्तिम खेलमा नेपालले साँझ ५ बजे माल्दिभ्सको सामना गर्दैछ। नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि माल्दिभ्सविरुद्वको खेल जित्नै पर्ने दबाब छ। यही खेलले समूह ‘ए’ बाट अघिल्लो चरण पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ। त्यसैले घरेलु मैदानमा हजारौँ समर्थकको साथ पाउने नेपालले माल्दिभ्सलाई पराजित गर्ने उद्देश्यका साथ मैदान उत्रनेछ।

यस समूहमा तीन टोली मात्रै रहेकाले नेपाल र माल्दिभ्स दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहेको छ। त्यस्तै आज नै हुने अर्को खेलमा समूह बी बाट उज्वेकिस्तान र अफगानिस्तान भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ। उज्वेकिस्तानले यसअघि तुर्कमेनिस्तान र बङ्गलादेशलाई पराजित गरेको थियो। अघिल्लो चरण प्रवेशका लागि अफगानिस्तानलाई समेत बलियो प्रतिद्वन्दीविरुद्ध जित निकाल्न आवश्यक छ।

त्यसैगरी आजै हुने तेस्रोे तथा अन्तिम खेल साँझ ७ बजे समूह बी मै रहेको तुर्कमेनिस्तान र बङ्गलादेश बीच हुनेछ। अघिल्लो चरण प्रवेशको गणितीय सम्भावना बाँकी राख्न तुर्केमेनिस्तानलाई जित आवश्यक छ। पहिलो खेलमा तुर्केमेनिस्तानले अफगानिस्तानलाई हराएको थियो भने बङ्गलादेश भने उज्वेकिस्तानसँग हार व्यहोरेको थियो।

समूह बी’ मा शीर्ष स्थानको उज्वेकिस्तानको ४ अङ्क छ। तुर्केमेनिस्तान र अफगानिस्तान समान एक खेलमा जित निकाल्दै २ अङ्क जोडेका छन्। बङ्गलादेश अङ्कविहीन रहँदै तालिकाको अन्तिम स्थानमा छ। (रासस)

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७