काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरू राष्ट्रिय आम्दानीमा योगदान दिने गरी अगाडि बढ्नुपर्ने बताएका छन्। नेपाल साना किसान कृषि सहकारी सङ्घ केन्द्रीय समितिले आयोजना गरेको नेपालमा सहकारीको आगामी पुस्ताका लागि ढाँचाको तयारीसम्बन्धी कार्यशाला गोष्ठीमा मन्त्री अर्यालले किसानको घरदैलोमा पुग्न साना किसान कृषि सहकारीहरुलाई आग्रह गरेका छन्।

मन्त्रि अर्यालले भने, ‘राष्ट्रिय आम्दानीमा ठूलो योगदान दिने गरी अगाडि बढ्नुस्। मानिसको जीवन बदल्ने अभियानको अभियन्ता सहकारी हो भन्ने कुरा व्यवहारबाट पुष्टि गर्ने गरी अगाडि बढ्नुस्।’अब परम्परागत खेती प्रणाली फेरेर मुलुक प्रगतिको दिशामा अगाडि बढ्नुपर्ने भन्दै उनले जमीन बाँझो राखेर समृद्ध हुन नसकिने बताएका छन्। ‘भूमि साधन पनि हो, स्रोत पनि हो। पूँजीको महत्वपूर्ण स्रोत नेपालको सन्दर्भमा भूमि हो। अब भूमिको व्यवस्थापन उपयोगका आधारमा गर्नुपर्छ’, मन्त्री अर्यालले भने।

भूमि व्यवस्थापन उपयोगका आधारमा हुने भन्दै उहाँले व्यावसायिक बन्नका निम्ती ऐन, कानूनले पनि प्रबन्ध गरेकोे बताए। अब उत्पादनमूलक कार्यलाई जोड दिएर अगाडि बढ्नुपर्ने उनको भनाई छ। ‘भएको जमीनको प्रयोगबाट कति परिवारका कति सदस्यलाई रोजगारी दिन सकिन्छ। त्यो योजनाका साथ हामी अगाडि बढौँ’,मन्त्री अर्यालले भने। पछिल्लो समय नेपालले तरकारीमा प्रगति गरिरहेको बताउँदै मन्त्री अर्यालले फलफूलको सन्दर्भमा भने नेपाली बजार भारतीय फलफूलले ढाकेको अवस्था रहेको बताए। (रासस)

लोकप्रिय

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

२०७६, २७ कार्तिक बुधबार १८:०५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

२०७६, २७ कार्तिक बुधबार १७:२२

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, २८ कार्तिक बिहीबार १४:१२

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

२०७६, २८ कार्तिक बिहीबार १७:४५

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

२०७६, २६ कार्तिक मंगलवार १५:३८

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन सुझाव

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन…

२०७६, २८ कार्तिक बिहीबार १८:३३

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

२०७६, २८ कार्तिक बिहीबार १९:१९

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

२०७६, २६ कार्तिक मंगलवार १३:३०

शिल्पाको रिट निवेदन खारेज गर्न सर्वोच्चको आदेश

शिल्पाको रिट निवेदन खारेज गर्न सर्वोच्चको आदेश

२०७६, २७ कार्तिक बुधबार ११:५५

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

२०७६, २८ कार्तिक बिहीबार १७:२६

एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा चारजना घाइते

एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा चारजना घाइते

२०७६, २८ कार्तिक बिहीबार २०:०९