काठमाडौं– भदौ १९ गतेदेखि २८ गतेसम्म हुने यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोली भोली श्रीलङ्का जाँदै छ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतियोगिताका खेलहरु खेल्नु पूर्व श्रीलंकामा स्थानीय टोलीसँग केही अभ्यास खेल खेल्नेछ।

भारत, पाकिस्तान, श्रीलंकालगायतका टेष्ट मान्यता प्राप्त राष्ट्रहरुको सहभागिता रहने यो प्रतियोगितामा नेपाललाई भने आफ्नो क्षमता देखाउने अवसर हुने युवा टोलीका प्रशिक्षक विनोद दासले बताए। नेपाल आयोजक श्रीलंका, बंगलादेश र यूएईसँगै समूह ‘बी’ मा छ।

विभिन्न समस्याका बाबजुत पनि अभ्यास गरिएको र त्यसले टिमलाई थप बलियो बनाएको उनले बताए।दासका अनुसार युवा टोलीले श्रीलङ्कामा सम्झनलायक खेल खेल्ने छन्। टिममा कप्तान पौडेलसँगै पवन सर्राफ, सन्दीप जोरा, भीम शार्की, रित गौतम, आशिफ शेख, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरि, सागर ढकाल, खड्कबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी छन्।

अन्तर्राष्ट्रिय खेलको अनुभव भएका खेलाडिहरुको बाहुल्य रहेको र सबै खेलाडीले राम्रो अभ्यास गरिरहेको कारण सकारात्मक नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको प्रशिक्षक दास बताउँछन्। नेपालको यू–१९ टिमले पछिल्लो दुई वर्षको अन्तरालमा २९ वटा खेल खेलेको छ।

त्यसमध्ये ६ वटामा हार ब्यहोरेको छ भने बाँकी खेल आफ्नो पोल्टामा पार्न सफल भएको छ । हारेका ६ खेलमध्ये पाँच खेल सबै टेष्ट राष्ट्रसँग थियो। यो पटक नेपाल सबैलाई चुनौती दिने लक्ष्यका साथ मैदान उत्रने छ। हरेक खेलहरु जित्नका लागि उच्च मनोबलका साथ अघि बढ्ने उनले बताए।

टिम सन्तुलित रहेको र बलिङपनि राम्रो भएतापनि ब्याटिङमा भने अझै धेरै सुधार आवश्यक छ।जितको शुभकामना सहित नेपाली टोलीलाई भोली बिदाई गरिने छ।

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५