गोरखा– आर्थिक बर्ष २०७५–७६ मा जिल्लाका ८३ वटा घरपालुवा पशुचौपाया चितुवाको शिकार बनेका छन्। बिभिन्न समय र स्थानमा चितुवाले ८३ वटा घरपालुवा पशु मारेको वन कार्यालय गोरखाले जनाएको छ।

गोरखा नगरपालिकामा मात्रै चितुवाले १८ वटा बाख्रा मारेको वन अधिकृत तोयनाथ पौड्यालले बताए। ८ वटा खसी, २ वटा जर्सी गाईको बाच्छा चितुवाको शिकार बनेको उनले जानकारी दिए। भीमसेन थापा गाउँपालिकामा चितुवाले २३ वटा बाख्रा मारेको कार्यालयले जनाएको छ । ४ वटा बोका र १ वटा गाई समेत चितुवाको शिकार बनेका छन्।

बारपाक सुलिकोट गाउँपालिकामा मात्रै चितुवाले ३ वटा गोरु, २ बाच्छाबाच्छी, र एउटा गाईलाइ मारेछ,’ पौड्यालले भने। त्यस्तै ५ बाख्रा, ४ बोका र १ खसीलाइ समेत शिकार गरेर मारेको उनले बताए । पालुङटार नगरपालिकामा ६ र शहीद लखन गाउँपालिकामा ८ वटा बाख्रा चितुवाले शिकार गरेको उनले जानकारी दिए।

गत आर्थिक वर्षमा जंगली वन्यजन्तुले घरपालुवा पशुचौपायमा र्पुयाएको क्षति वापत कार्यालयले ९ लाख २३ हजार एक सय रुपैयाँ क्षतिपूर्ति तिरेको छ। वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्दे्शिका २०७५ ९तेस्रो पटक संशोधित० अनुसार वन्यजन्तुबाट हुने पशुधन, अन्नबाली, घरगोठ, खाद्यान्न ९उखु र केरा० तथा मानवीय क्षतिको राहत रकम उपलब्ध हुने व्यवस्था छ।

‘आफ्नो स्वामित्वमा भएको क्षेत्रमा जंगली जनावर आएर क्षति पुर्याएमा बाटो म्यादबाहेक ३५ दिन भित्र निवेदन दिनुपर्छ, संरक्षित क्षेत्र हो भने त्यसकै कार्यालयमा नभए डिभिजन वन कार्यालयमा निवदेन बुझाउनुपर्छ,’ मनास्लु संरक्षण क्षेत्र सम्पर्क कार्यालय गोरखाका प्रमुख विश्ववाबु श्रेष्ठले भने ।

निवेदनको आधारमा मुल्याकंन समितिले निरीक्षण गरेर मूल्यांकन गर्छ । उक्त मूल्याकंनको आधारमा डिभिजन वन कार्यालयले गरेको सिफारिसअनुसार कार्यालयले क्षतिपूर्ति रकम उपलब्ध गराउने श्रेष्ठले बताए ।

‘सबै वन्यजन्तुले क्षति र्पुयाएमा राहत पाइन्छ भन्ने छैन, जम्मा १४ वटा जनावर निर्दे्शिकाले तोकेको छ,’ उनले भने । जसअन्तरगत बाघ, हात्ती, गैडा, भालु, चितुवा, हिउँ चितुवा, जंगली कुकुर, जंगली वदेल, अर्ना, मगर गोही, अजिङगर, ध्वाँसे चितुवा र व्वासो रहेको उनले बताए ।

वन्यजन्तुबाट मानविय क्षति भएमा सामान्य घाइतेले २० हजार, सक्त घाइतेले दुई लाख र मृत्यु भएमा दश लाख सम्म पाउने प्रावधान रहेको उनले जानकारी दिए । त्यस्तै पशुचौपायाको हकमा खसी बोकालाई बढीमा दश हजार र गाइभैसी, गोरु, साँढेको हकमा बढीमा ३० हजार सम्म क्षतिपूर्ति रकम पाउने व्यवस्था छ । घरगोठ, अन्नवाली तथा खाद्यान्न वालीमा क्षति पुगेमा बढिमा दश हजार क्षतिपूर्ति पाउने निर्देशीकामा उल्लेख छ ।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६