बाँके – पश्चिम नेपालका जिल्लामा छाउपडी प्रथा अहिले पनि कायमै छ। यद्यपि विभिन्न समयमा छाउपडीमुक्त गाउँ घोषणा भइरहेका पनि छन्। छाउगोठ भत्काउँदै छाउपडीमुक्त गाउँ घोषणा भएलगत्तै पुनः छाउगोठ बन्ने क्रम पनि रोकिएको पाइँदैन।

योसँगै महीनावारी भएर छाउगोठमा सुतेका महिलाले मृत्युवरण गरेका समाचार आउने क्रम पनि उस्तै छ। छाउगोठमा सुतेका बेला बलात्कृत हुनु, सर्पले डस्नुजस्ता घटना भइरहेका छन्। खासगरी महीनावारी भएका महिलालाई भान्साकोठामा जान नदिने, खाना बनाउन नदिने, देवीदवताको पुजापाठ गर्नु हुँदैन भन्ने गलत मान्यताका कारण उनीहरुलाई घरभन्दा अलग गोठ (छाउगोठ) बनाएर बस्न बाध्य पारिन्छ।

महीनावारी भएका महिलाले छुँदा, सँगै बसेर खाँदा वा बस्दा देउता रिसाउने, अनिष्ट हुनेजस्ता आरोप लगाइन्छ। तर, थारू समुदायका महिलाले महीनावारी बार्दैनन्। पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायमा यो छाउप्रथा चल्दैन। थारू समुदायका महिलाले अहिलेसम्म महीनावारी बार्ने गरेका छैनन्। महिनावारी हुँदा नुहाइधुवाइ गर्छन्, खाना पकाउँछन्, पाहुना तथा घरका अन्य सदस्यलाई खुवाउँछन् र आफू पनि खान्छन्।

उनीहरुलाई घरको कुनै कोठामा जान रोकटोक हुँदैन। थारू महिलालाई महीनावारी भएको बेला आफू हेपिएको र दुव्र्यवहार भएको अहिलेसम्म थाहा छैन। महीनावारी हुँदा र नहुँदा पनि परिवारको व्यवहार समान हुन्छ। त्यसैले पनि थारू महिला आफू हेपिएको वा फरक व्यवहार भएको ठान्दैनन्। बाँकेको बैजनाथ गाउँपालिका–१ की अस्मिता चौधरी भन्नुहुन्छ, ‘हामीलाई महीनावारीसँगै कुनै मतलव हुँदैन, महीनावारी हुँदा सरसफाइमा ध्यान दिन्छौँ, हामीलाई परिवारबाट पनि कुनै प्रकारको रोकटोक हुँदैन।’

उनका अनुसार छुवाछूत नमान्ने भएकाले महीनावारी भएका बेला पनि थारू महिला नुहाइधुवाइ, सफासुग्घर भएर पुजा गर्ने ठाउँमा पनि जान्छन्। महीनावारी भएका बेलासमेत परिवारका सदस्यले समान व्यवहार गर्ने भएकाले अन्य दिनभन्दा कुनै फरक नपाएको बैजनाथ गाउँपालिका–१ कै जयन्ती चौधरीको भनाइ छ।

‘अन्य समुदायजस्तो थारू समुदायमा महीनावारी बार्नुपर्दैन, महीनावारी बार्ने क्रममा जघन्य अपराध र मृत्युका घटनाले मलाई झस्काउँछ’, उहाँ भन्नुहुन्छ, ‘अन्य समुदायले पनि महीनावारी बार्नु हुँदैन।’ महीनावारी भएदेखि एक दिन पनि बार्न नपरेको स्मरण गर्दै उहाँले थारू समुदायले महीनावारीलाई सामान्यरुपमा लिने गरेको बताए।

थारू समुदाय प्रकृतिपुजक भएकाले महीनावारीलाई प्रकृतिको वरदानका रुपमा लिएर यसलाई सामान्यरुपमा लिएकोे उनको भनाइ रहेको छ। मानवअधिकारकर्मी सुशील चौधरीले थारू समुदायमा महीनावारी बार्ने चलन पहिलेदेखि नै नभएको बताउनुभयो। हाल आएर अन्य समुदायको सिको गर्दै यदाकदारुपमा बार्ने चलन शुरु भएको भन्ने सुनिन थालेको उनकाे भनाइ छ।

उहाँले भन्नुभयो, ‘अहिले अन्य समुदायको सिको गर्न थालिएको छ, आमरुपमा थारू समुदायमा महीनावारी बार्ने चलन नै छैन, गलत परम्पराको सिको गर्नुहुँदैन।’ अधिकारकर्मी चौधरीका अनुसार परिवारमा आमा÷सासु वा महिला अभिभावकलाई मात्रै छोरी÷बुहारीको महीनावारी हुने समयबारे जानकारी राख्ने गर्छन्। ‘थारू समुदाय महिलाप्रधान भएकाले पनि त्यसो भएको हुनसक्छ’, उनले भने।

महीनावारीको समयमा घरमुली महिलालाई मात्रै जानकारी हुन्छ र महीनावारी भएका महिलाको पोषणमा ख्याल गर्ने तथा उनीहरुलाई गह्रुँगो भारी बोक्न दिइँदैन। यो समुदायमा जातीय छुवाछूत पनि भेटिँदैन। यो समुदायमा तल्लो, उपल्लो, दलितजस्ता वर्ग छैनन्। राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा ल्याएको मुलुकी ऐन १९१० मा मासिन्या (मतवाली) अर्थात् छोइछिटो लाउनु नपर्ने व्यस्वस्था गरिएको थियो।

लोकप्रिय

आइपीएलका लागि दिल्लीले रिटेन ग¥यो सन्दीप लामिछाने!

आइपीएलका लागि दिल्लीले रिटेन ग¥यो सन्दीप लामिछाने!

२०७६, २९ कार्तिक शुक्रबार १८:२८

धरानमा विप्लवको आत्तंक

धरानमा विप्लवको आत्तंक

२०७६, ३० कार्तिक शनिबार १७:३०

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

२०७६, २९ कार्तिक शुक्रबार १५:०३

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

२०७६, ३० कार्तिक शनिबार १६:५३

निरुता अहिलेसम्म किन सिंगल छिन्?

निरुता अहिलेसम्म किन सिंगल छिन्?

२०७६, २९ कार्तिक शुक्रबार १२:१२

नेकपा बागलुङद्धारा दुई नेतामाथि कारवाही

नेकपा बागलुङद्धारा दुई नेतामाथि कारवाही

२०७६, २९ कार्तिक शुक्रबार १७:५४

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

२०७६, २९ कार्तिक शुक्रबार ००:१५

भारत बीसँग नेपाली युवा टिम पराजित

भारत बीसँग नेपाली युवा टिम पराजित

२०७६, २९ कार्तिक शुक्रबार १६:४३

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

२०७६, २९ कार्तिक शुक्रबार ०९:४५

राजु लामाको नयाँ गीत ‘विस्तारै–विस्तारै’ सार्वजानिक (भिडियो सहित)

राजु लामाको नयाँ गीत ‘विस्तारै–विस्तारै’ सार्वजानिक (भिडियो सहित)

२०७६, २९ कार्तिक शुक्रबार १८:१४

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

२०७६, ३० कार्तिक शनिबार १४:२०

टेष्ट क्रिकेटमा दोहोरो शतक हान्दै मयङ्कले रचे यस्ताे किर्तिमान

टेष्ट क्रिकेटमा दोहोरो शतक हान्दै मयङ्कले रचे यस्ताे किर्तिमान

२०७६, २९ कार्तिक शुक्रबार १७:१८

दोस्रो विकेट पतनसँगै भारत बी दबाबमा

दोस्रो विकेट पतनसँगै भारत बी दबाबमा

२०७६, २९ कार्तिक शुक्रबार १४:४०

विदेशीको सहयोगमा निर्मित भवन हस्तान्तरण

विदेशीको सहयोगमा निर्मित भवन हस्तान्तरण

२०७६, २९ कार्तिक शुक्रबार १३:१३

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

२०७६, ३० कार्तिक शनिबार १३:५८