काठमाडौं – दूधको मूल्य बढाउन गठित कार्यदलको सिफारिसमा प्रधानमन्त्रीको चासोपछि नयाँ मूल्य निर्धारण रोकिएको छ। भदौ १ गतेबाटै लागू हुने गरी दूधको मूल्य बढाउने तयारी कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अहिले सिंगापुरमा छन्। उनी नफर्किउञ्जेल यस विषयमा नयाँ निर्णय नहुने स्रोतले बतायो । प्रधानमन्त्री नेपाल फर्किने दिन निश्चित भएको छैन।

साउन २९ गते गठित कार्यदलले सिजनअनुसार दूधको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म बढाउन सकिने सिफारिस गरेको थियो। एकैपटक प्रतिलिटर १० रुपैयाँसम्म मूल्य बढाउँदा उपभोक्ता मारमा पर्ने भन्दै दूधको मूल्य बढाउने विषयमा प्रधानमन्त्रीले चासो व्यक्त गरेका हुन्।

चाडपर्वको मुखैमा उपभोक्ता मारमा पर्ने भएकाले कृषिमन्त्री खनाल थोरै मात्र मूल्य बढाउने पक्षमा रहेको उनका प्रेस संयोजक बोमलाल गिरीले बताए।कार्यदलले तोकेका दुई सिजन अनुसारको दुईथरी मूल्यबारे गहन छलफल भइरहेको कृषि तथा पशुपंन्छि विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीको भनाइ छ।

‘चाडपर्वको मुखैमा बढ्ने मूल्यले उपभोक्तालाई मार नपरोस भन्ने कुरामा मन्त्रालय सचेत छ। दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा गठित कार्यदलले दुईथरी मूल्य सिफारिस गरेको थियो। प्रशोधित दूधको मूल्य कम उत्पादन हुने मौसम (लिन सिजन) मा हाल कायम प्रतिलिटर मूल्यमा १४.२९ प्रतिशत अर्थात् १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसम (फ्लस सिजन) मा हाल कायम मूल्यको ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा बढाउन सिफरिस गरेको थियो।

असोजदेखि फागुनसम्म दूधको प्रतिलिटर मूल्य ७६ रुपैयाँ कायम हनेछ भने चैतदेखि भदौसम्मको समय प्रतिलिटर मूल्य ९० रुपैयाँ पुग्नेछ। मन्त्रालयले दूग्ध विकास संस्थालाई मूल्य बढाउन निर्देशन दिएपछि संस्थानको बोर्ड बैठकले मूल्यबारे निर्णय लिनु पर्नेछ।

लोकप्रिय

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, १६ फाल्गुन शुक्रबार २०:००

बिहीबार दिनभरका प्रमुख खबरहरू- छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू- छुटाउनु भयाे कि?

२०७६, १५ फाल्गुन बिहीबार २०:०४

पेट्रोलियम पदार्थमा कर नलगाउन नेविसङ्घको आग्रह

पेट्रोलियम पदार्थमा कर नलगाउन नेविसङ्घको आग्रह

२०७६, १६ फाल्गुन शुक्रबार १९:२८

थाइल्याण्डमा नेपाली टाेलीकाे अन्तिम तयारी, प्रशिक्षक भन्छन्, ‘उपाधि हामीले नै जित्छौँ’

थाइल्याण्डमा नेपाली टाेलीकाे अन्तिम तयारी, प्रशिक्षक भन्छन्, ‘उपाधि हामीले नै…

२०७६, १६ फाल्गुन शुक्रबार १७:२६

कुवेतलाई फराकिलाे अन्तरले हराउँदै युएइले जित्यो एसीसी वेस्टर्न रिजनको उपाधि

कुवेतलाई फराकिलाे अन्तरले हराउँदै युएइले जित्यो एसीसी वेस्टर्न रिजनको उपाधि

२०७६, १५ फाल्गुन बिहीबार १४:३२

फेस प्याकः अनुहारको सौन्दर्य बढाउन यसरी घरमै तयार गर्नुहोस् !

फेस प्याकः अनुहारको सौन्दर्य बढाउन यसरी घरमै तयार गर्नुहोस् !

२०७६, १६ फाल्गुन शुक्रबार १०:१२

ईपीएलकाे खेल तालिका सार्वजनिक, पहिलाे खेलमा ललितपुर र पोखरा भिड्ने

ईपीएलकाे खेल तालिका सार्वजनिक, पहिलाे खेलमा ललितपुर र पोखरा भिड्ने

२०७६, १५ फाल्गुन बिहीबार १५:४६

निन्द्रा नलाग्ने समस्याबाट मुक्ति पाउन यसो गर्नुहोस्

निन्द्रा नलाग्ने समस्याबाट मुक्ति पाउन यसो गर्नुहोस्

२०७६, १६ फाल्गुन शुक्रबार १२:५३

विवाह बन्धनमा बाँधिए प्रियंका–आयुष्मान

विवाह बन्धनमा बाँधिए प्रियंका–आयुष्मान

२०७६, १५ फाल्गुन बिहीबार १९:१५

राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता शुरु

राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता शुरु

२०७६, १६ फाल्गुन शुक्रबार २२:२५

विवाह बन्धनमा बाँधिए अभिनेता बराल र बेली डान्सर प्रमिला

विवाह बन्धनमा बाँधिए अभिनेता बराल र बेली डान्सर प्रमिला

२०७६, १६ फाल्गुन शुक्रबार १३:३१

प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो

प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो

२०७६, १६ फाल्गुन शुक्रबार ०७:१६

चक्रपथ सडक विस्तारः वैशाखपछि चिनियाँ टोलीको जिम्मामा

चक्रपथ सडक विस्तारः वैशाखपछि चिनियाँ टोलीको जिम्मामा

२०७६, १६ फाल्गुन शुक्रबार ०७:२२

एसीसी वेस्टर्न रिजन : उपाधिको लागि युएइद्वारा कुवेतसामु २ सय रनको लक्ष्य प्रस्तुत

एसीसी वेस्टर्न रिजन : उपाधिको लागि युएइद्वारा कुवेतसामु २ सय…

२०७६, १५ फाल्गुन बिहीबार १३:०६

आइसीसी महिला विश्वकपः न्युजिल्याण्डविरुद्ध भारतको रोमाञ्चक जित

आइसीसी महिला विश्वकपः न्युजिल्याण्डविरुद्ध भारतको रोमाञ्चक जित

२०७६, १५ फाल्गुन बिहीबार १२:५४