काठमाडौं, ६ माघ – नेपाली बजारमा धमाधम नयाँ–नयाँ ब्राण्डका सवारीसाधन भित्रिरहेका छन्। विश्वबजारमा उपलब्ध टु–ह्वीलर तथा फोर–ह्वीलर सवारीसाधनहरू नेपाली बजारमा बिक्री–वितरण भइरहेको छ।

त्यस्तै, नेपाली बजारमा चिनियाँ होम–ब्राण्ड डोङ्फेङ् सकोन (डिएफएसके) को ग्लोरी–५८० मोडलको एसयूभी भित्रिएको छ। चीनको सरकारी कम्पनी डोङ्फेङ् मोटर कर्पाेरेसनको स्वामित्वमा रहेको डीएफएसके वर्डक्लास क्वालिटीको टेक्नलोजी र सर्भिसका लागि प्रसिद्ध रहेको छ।

चीनको अटो इन्डष्ट्रीमा पहिलो यस्तो कम्पनी हो, जसले यूरो–३, यूरो–४, यूरो–५ तथा यूरो–६ को सर्टिफिकेट पाएको छ। यो कम्पनी सन् २०१२ देखि चीनको अटो इन्डष्ट्रीको नम्बर १ एक्सपोर्ट कम्पनीसमेत रहेको छ।

डोङ्फेङ् मोटर कर्पोरेसनको सब्सिडेरी–ब्राण्डको रुपमा सन् २००३ मा स्थापना भएको यस कम्पनीले कम्प्याक एमपीभी, कम्प्याक एसयूभीकासाथै कमर्सियल भेहिकलहरू मिनी–पिकअप तथा मिनीबसको समेत उत्पादन गर्छ।

यस कम्पनीको विश्वका धेरै अटो ब्राण्डहरूसँग चीनमामा प्रोडक्सनको पार्टनरसिप रहेको छ। जापानिज ब्राण्डहरू होन्डा, निसान, त्यस्तै युरोपियन ब्राण्डहरू प्यूजो, रेनो, सिट्रोन तथा कोरियन ब्राण्ड किया यसको फ्याक्ट्रीमा उत्पादन हुने गरेको छ।

हाल डीएफएसके ब्राण्डका गाडीहरू नेपाललगायत युरोप, ल्याटिन अमेरिका, अफ्रिका, एसिया तथा मिडल–इस्टका ६१ देशहरूमा निर्यात भइरहेको छ। डिएफएसकेको फ्याक्ट्री चाइना तथा इन्डोनेसियामा रहेको छ।

यस्ता छन् ग्लोरी–५८०का विशेषता

नेपाली बजारमा कुजु नेपाल प्रालीले ल्याएको डीएफएसकेको ग्लोरी–५८० मोडल एक कम्प्याक एसयूभी हो। यो एसयूभी सेभेन–सिटको सुविधासहितको रहेको छ। यसमा १.५ लिटरको टर्बोचाज्र्ड इन्जिन रहेको छ। जसमा ६ वटा अटोमेटिक सीभीटी ट्रासमिसन रहेको छ।

यसको लम्बाई ४६८०, चौडाई १८४५ तथा उचाई १७१५ एमएमको रहेको छ। यसको इन्जिनले १४८ बीएचपी पावर तथा २२० एनएम–टर्क उत्पादन गर्छ। यसमा १७ इन्चको अलोय ह्वील रहेको छ भने यसको ग्राउण्ड क्लियरेन्स–२०० एमएम रहेको छ।

अगाडि बम्परमा तीनवटा लाइनमा रहेको क्रोम फिनिसिङ्गले यसलाई स्पोर्टी देखाएको छ। यसमा प्रोजेक्टरसहितको एलईडी डेटाइम रनिङ्ग–लाइट रहेको छ, जसलाई लायन आई–सेपमा डिजाइन गरिएको छ।

बडी–कलर बम्परलाई अगाडिको साइडबाट तानेर कर्भी बनाएको छ। साइडमा देखिने कर्भी डिजाइनले यसलाई अझ आकर्षक बनाएको छ। यसको रियरमा ब्ल्याक–कलरको बम्पर रहेको छ भने रियर विन्डोमा डिफोस्टर तथा वाइपर रहेको छ।

रियर विन्डोको माथि रहेको स्पोइलर तथा सार्कफिन एन्टेनाले यसको ब्याक–प्रोफाइल पनि उत्कुष्ट देखाएको छ। रियरमा ड्यूलटोन सिसेपको ब्याक–लाइट रहेको छ।

ग्लोरी–५८० को इन्टेरियर आकर्षक रहेको छ। ड्यूल–टोन ड्यासबोर्ड तथा १० इन्चको स्क्रिनसहितको इन्फोटेन्मेन्ट सिस्टमले क्याविनलाई लग्जरियस फिल गराउँछ। थ्री–स्पोक स्टेरिङ्ग ह्वीलमा अडियो, फोन तथा क्रूज कन्ट्रोलको माउन्टेड स्वीच रहेको छ।

आफ्नो हिसाबले एड्जस्ट गर्न मिल्ने स्टेरिङ्ग ह्वीलमा क्रोमको प्रयोगले स्पोर्टी देखाएको छ। यसमा ड्यासबोर्डमाथि रहेका मिररसँगै अट्याच भेहिकल रनिङ्ग रेकर्डर रहेको छ, यो फिचर सेग्मेन्टमै पहिलो हो। यसको सिटमा राम्रो क्वालिटीको लेदरको सिट–कभर रहेको छ।

क्याविनमा रहेको पानारोमिक सन्–रुफले यो एसयूभीलाई अझ आकर्षक बनाएको छ। चालकको आरामका लागि सिक्स–वे एड्जस्टेवल ड्राइभर–सिट रहेको छ भने अगाडि प्यासेन्जरको सिट फोर–वेमा एड्जस्ट गर्न सकिन्छ। यसको सेकेन्ड–रोमा रहेको सिटमा आर्म–रेस्ट पनि रहेको छ। यो एसयूभीमा सुरक्षाका लागि सम्पूर्ण आधुनिक फिचरहरू रहेको छ।

यसमा ईबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, ब्रेक असिस्ट सिस्टम, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक, टुइन–साइड तथा कर्टन एयरव्याग, रिभर्स पार्किङ्ग सेन्सर तथा क्यामरा रहेको छ। यो एसयूभीले एन–क्यापको क्रयास टेस्टिङ्गमा फाइभ–स्टार रेटिङ्ग पाएको छ।

कुजु नेपाल प्रालिले फोर–एस (स्टोर, सर्भिस, स्पेयर्स, सेल्स) को अवधारणामा काम गरिरहेको छ। कम्पनीले यसको शोरुम काठमाडौंको पानीपोखरीमा निर्माण गरिरहेको जानकारी दिएको छ। यो शोरुम अबको केही हप्तामै उद्घाटन हुनेछ। शोरुमसँगै कुजुले डीएफएसकेका लागि आधिकारीक सर्भिस स्टेसन पनि ललितपुरको यूएन–पार्क अगाडि ज्वागलमा निर्माण गरिरहेको छ।

ग्लोरी–५८० को नेपाली बजारमा लग्जरी भेरियन्टमात्र उपलब्ध रहेको छ भने यसको मूल्य कम्पनीले ६९ लाख ९९ हजार ५ सय राखेको छ।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

२०७६, ४ श्रावण शनिबार ०८:४९

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

२०७६, ४ श्रावण शनिबार २०:४८

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

२०७६, ४ श्रावण शनिबार १७:०९

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

२०७६, ५ श्रावण आईतवार २०:१५

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

२०७६, ४ श्रावण शनिबार १०:४३

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

२०७६, ४ श्रावण शनिबार १३:२६