सडक!
दिन भरी खेतमा काम गरेर
डुब्दै गएको घामसंगै
घर फर्किएका बुढा बाले
निधारबाट चिउडो सम्म झरेको
पसिना पुछेर सिकुवाको छेउमा
मिल्काएको मफ्लर जस्तै,
लमतन्न तेर्सिएको छ।
यो सडकले पनि
बाबुको मफ्लरले झैं
पुछेको छ, धेरैको पसिना
र आफुमा संगालेर बसेको छ
त्यही पसिनाको गन्ध
यहि सडकको किनारै किनारमा
उभिएका महलहरु देख्दा लाग्छ,
कुनै नदिको बगरमा यत्रतत्र
अव्यवस्थित र अस्तव्यस्त
छरिएका छन् ढुङ्गाहरु।
ठुला ढुङ्गाहरु, कुरुप ढुङ्गाहरु ।
यी ढुङ्गाहरु,
आफुमा थरीथरीका
अत्तरहरु छर्कदै बसिरहेका छन
सडकबाट आउने पसिनाको गन्ध हटाउन
तर सडक,
तिनै अत्तरको गन्धबाट मुक्त हुन
अझ धेरै बास्ना छर्छ पसिनाको
अनि,
यहि सडकलाई महल सम्झनेहरुलाइ
आफ्नो न्यानो छातीमा टसाएर
चिसो रातसंगै गर्मी, धुलो र फोहोरले
उकुसमुकुस दिनहरू कटाउदैछ।
यो सडकले
धेरैलाई गन्तव्यसम्म पुर्याएको छ
र अझ कतिपयले त सडकलाई नै
आफ्नो गन्तब्य पनि बनाएका छन
तर सोच्नुहोस त !
उसको पनि त कुनै गन्तव्य होला नि?
उसलाई चाहिँ कसले पुर्याइदिन्छ
आफ्नो गन्तव्य सम्म?
कि छैन?
सडकको कुनै उद्देश्य
कुनै लक्ष्य वा कुनै गन्तव्य?

– युवराज दुलाल

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

जितीया व्रत सम्पन्न

जितीया व्रत सम्पन्न

२०७६, ५ आश्विन आईतवार १७:४४

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

निखिल उप्रेतीकाे ‘धानको चामल धानैको चिउरा’ सार्वजनिक(भिडियो सिहत)

निखिल उप्रेतीकाे ‘धानको चामल धानैको चिउरा’ सार्वजनिक(भिडियो सिहत)

२०७६, ५ आश्विन आईतवार १५:३५

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६