बाजुरा – सदरमुकाम मार्तडी नजिकै रहेको बाउली खोलामा आउने बाढीका कारण बडिमालिका नगरपालिका–८ गडखेतको सिङ्गो बस्तीनै जोखिममा परेका छन्। नजिकै बाउली खोला बग्न थालेपछि बस्ती बग्ने खतरा बढेको हो। हरेक वर्ष जागराम बस्नुपर्ने समस्या हँुदा पनि तटबन्धका लागिसमेत कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ।

बाउली खोलामा मिसिने खारगाड खोलाले बढी क्षति पु¥याएको हो। बाउली र खारगाडले कटान गर्दै गएपछि ५० परिवार जोखिममा रहेका वडा सदस्य नरबहादुर अयडीले बताए। खोलामा उचित तटबन्ध नहुँदा बस्ती नै सार्नुपर्ने अवस्था देखिएको छ। नगरपालिका र अन्य निकायलाई हारगुहार गर्दा पनि तटबन्धका लागि कसैले वास्ता नगरेको गुनासो स्थानीय धनबहादुर रावलको भनाइ छ।

बाउलीकै कटानले यसअघि पनि सिङ्गो बस्ती सार्नु पर्ने अवस्था आएको थियो। बीचमा केही समय रोकिएपछि स्थानीय पुनः बस्ती बस्न थालेका हुन्। अर्को स्थानमा विकल्प नभएपछि उनीहरुलाई समस्या थपिएको रावलले जानकारी दिए। स्थानीय पानी परेको रात नसुतेरै जाग्रराज बस्ने गरेका छन्। जिल्ला सदरमुकाम नै रहेको वडा भएर पनि राज्यका निकायको ध्यान जान सकेको छैन।

गडखेतमा ५० परिवार बस्ती भए पनि सयौँ रोपनी जमीन ८ र ९ नम्बर वडाका स्थानीयको रहेको छ। खोलाले केही भाग खेत कटान गरेर क्षति पु¥याइसकेको छ। तत्काल विकल्प नसोचिए सिङ्गो बाउली नै खोलाको बगरका रुपमा परिणत हुने देखिएको छ। खारगाडमा झोलुङ्गे पुल नहुँदा वडा नं ३ का बासिन्दालाई आवतजावत गर्न समेत समस्या भएको छ। पानी परेको दिन खोलामा वारपार गर्नै समस्या हुने गरेको शिक्षकसमेत रहेका स्थानीय धनबहादुर रालवले बताउनुभयो। मार्तडी बजारका लागि आउने तरकारी पनि रजालीबाटै आउने गरेको छ।

पानी परेको दिन तरकारी रोकिने हुँदा बजारमा समस्या हुने गरेको छ। बस्ती जोखिमसँगै मार्तडीसँगको रजालीको सम्पर्क नै टुट्ने अवस्था आइलागेको वडा नं ३ का वडाध्यक्ष वीरबहादुर रावलले बताए। खारगाड खोलाको मुहानको पहिराको बालुवा थुप्रिदै गएको र बाउली खोलाले कटान शुरु गर्दा जोखिम बढेको हो। नदीको उचित व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारसँग नगरपालिकाले पहल थालेको नगर प्रमुख पदम बडुवालले जानकारी दिए। (रासस)

लोकप्रिय

आइपीएलका लागि दिल्लीले रिटेन ग¥यो सन्दीप लामिछाने!

आइपीएलका लागि दिल्लीले रिटेन ग¥यो सन्दीप लामिछाने!

२०७६, २९ कार्तिक शुक्रबार १८:२८

धरानमा विप्लवको आत्तंक

धरानमा विप्लवको आत्तंक

२०७६, ३० कार्तिक शनिबार १७:३०

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

२०७६, २९ कार्तिक शुक्रबार १५:०३

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

२०७६, ३० कार्तिक शनिबार १६:५३

निरुता अहिलेसम्म किन सिंगल छिन्?

निरुता अहिलेसम्म किन सिंगल छिन्?

२०७६, २९ कार्तिक शुक्रबार १२:१२

नेकपा बागलुङद्धारा दुई नेतामाथि कारवाही

नेकपा बागलुङद्धारा दुई नेतामाथि कारवाही

२०७६, २९ कार्तिक शुक्रबार १७:५४

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

२०७६, २९ कार्तिक शुक्रबार ००:१५

भारत बीसँग नेपाली युवा टिम पराजित

भारत बीसँग नेपाली युवा टिम पराजित

२०७६, २९ कार्तिक शुक्रबार १६:४३

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

२०७६, २९ कार्तिक शुक्रबार ०९:४५

राजु लामाको नयाँ गीत ‘विस्तारै–विस्तारै’ सार्वजानिक (भिडियो सहित)

राजु लामाको नयाँ गीत ‘विस्तारै–विस्तारै’ सार्वजानिक (भिडियो सहित)

२०७६, २९ कार्तिक शुक्रबार १८:१४

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

२०७६, ३० कार्तिक शनिबार १४:२०

टेष्ट क्रिकेटमा दोहोरो शतक हान्दै मयङ्कले रचे यस्ताे किर्तिमान

टेष्ट क्रिकेटमा दोहोरो शतक हान्दै मयङ्कले रचे यस्ताे किर्तिमान

२०७६, २९ कार्तिक शुक्रबार १७:१८

दोस्रो विकेट पतनसँगै भारत बी दबाबमा

दोस्रो विकेट पतनसँगै भारत बी दबाबमा

२०७६, २९ कार्तिक शुक्रबार १४:४०

विदेशीको सहयोगमा निर्मित भवन हस्तान्तरण

विदेशीको सहयोगमा निर्मित भवन हस्तान्तरण

२०७६, २९ कार्तिक शुक्रबार १३:१३

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

२०७६, ३० कार्तिक शनिबार १३:५८