काठमाडौँ –  आज कुशे औँसी, अर्थात बुबाको मुख हेर्ने दिन। हिन्दु सनातन धर्म मान्नेहरुले आज बुवाकाे विशेष सम्मान गरी कुशे औंसी मनाउँदै छन्।

हरेक वर्षको भाद्र कृष्णपक्षको औँसी तिथिलाई पिताको  मुख हेर्ने दिनको रुपमा मनाउने गरेका छन्। कुशे औँसीमा पिताको मुख हेर्ने, अर्थात बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा  गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य तर्पण दिई सिदा दान गर्दा पितृको आर्शिवाद प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

कुशको विशेष प्रकारको पवित्र मानिने औँठीलाइ घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा र्पुयाउने गर्छन् र यजमानहरूले पनि सिदा  दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन्।

बुबा जो कहिले अभिभावक बनेर, कहिले कहिले असल शिक्षक बनेर, कहिले साथी बनेर र कहिले प्रेरणाको स्रोत बनेर हरेक पिताले आफ्ना छोराछोरीको भविष्यलाई सफल बनाउन लागिपरेका हुन्छन्। संसारका हरेक नयाँ चिजहरुसँग घुलमिल गराउन, उनीहरुलाई सही मार्गमा लैजान र सन्तानका आवश्यकतालाई आफ्नो भन्दा पहिलो प्राथमिकता दिएर पुरा गराउन सधैँ आमाबुवाले प्रयास गरिरहन्छन्। सन्तान जतिनै ठुलो भए पनि बुबाआमाको लागि भने आफ्ना सन्तान सधैभरि सानो र प्रिय रहन्छन्।

बुवाको यही त्याग, प्रेमलाइृ सम्मान गर्नको लागी पनि आको दिनलाई विशेष रुपमा मनाउने गरिएको छ । कुशेऔँसी तिथिहरुलाई विशेष गरेर पितृको सम्झना गर्न पनि महत्वपूर्ण मानिन्छ।

यस दिनमा पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई फलफूल कपडा आदि उपहार दिने चलन पनि चलिआएको पाईन्छ। यस दिनमा काठमाडौँको गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहक्षेत्रलगायतका ठाउमा आजको दिन ठूलो भिड हुने गरेको छ।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८