घोडाघोही  –  कैलालीको बर्दगोरिया –२ मा रहेको सहारा घर सडक जीवन बिताइरहेका मानसिक रोगीहरुको आश्रयस्थल बन्दै गएको छ। देख्दै घिन लाग्ने सडकमा फालेका फोहर चिज टिपेर खाने, जिग्रिङ्ग्र कपाल पालेका, फोहोरी मान्छे सोच्दै घिन लाग्छ जो कोहीलाई तर सहारा घरले यस्तै मानसिक रोगीहरुलाई आश्रय दिइरहेको छ।

स्थानीयवासी बलबहादुर विष्टले आफ्नै निजी पहलमा सञ्चालन गरेको सहारा घरमा अहिले ४४ जना मानसिक रोगी आश्रय लिइरहेका छन्। सञ्चालक विष्टले भने, ‘मानसिक सन्तुलन गुमेका व्यक्ति राम्रोसँग खान र बस्न पाएपछि छोटो समयमै स्वास्थ्य हुँदै गएका छन्’। ‘शुरुका केही दिन बानी पार्न निकै कठिनाई हुन्छ, केही दिनमा स्वस्थ हुँदै गएपछि सबैले आफ्नो काम आफै गर्छन्। ’सडक जीवन बिताउँदै आएका एक वृद्धको कीरा परेको घाउको उपचार गरेपछि मानसिक सन्तुलन गुमाएर सडक जीवन बिताउँदै आएका व्यक्तिको स्याहार गर्ने सोच आफूमा पलाएको विष्टले बताए।

करीब एक वर्ष अघि कैलालीको लम्की सडकमा मानसिक सन्तुलन गुमाएको अवस्थामा भेट्टाएर सहारा घरमा लगियो ३५ वर्षीय महेश कुँवरलाई। बैतडी जिल्लाको पुचौडी नगरपालिका– ८ का महेश घरायसी विवादमा परी मानसिक सन्तुलन गुमाएपछि सडकमा भौतारिदै लम्की पुगेका थिए। सहारा घरका सञ्चालक बलबहादुर विष्टले सडकमा भौतारिने गरेको देखेर आफ्नो सहारा घरमा आश्रय दिए। समय बित्दै गयो र केशव पनि सहारा घरको माया, ममताले गर्दा पहिले जस्तै सामान्य अवस्थामा नै फर्किए। उही केशव अहिले मानसिक सन्तुलन गुमाएर सहारा घरमा बस्दै आएका मानिसको सहारा बनेका छन्। सबैको स्याहार सुसार गर्न पाउँदा आफूलाई छुट्टै आनन्द आउने केशव बताउछन्।

उनी भन्छन्, ‘म पनि पहिला यस्तै अवस्थामा गुज्रिएर आएको हुँ सहारा घरको माया स्नेहलेबिना उपचार म निको भएँ।’ सडकमा हिँडिरहेको देखेर बलबहादुर दाइले यहाँ ल्याए उनले थपे, ‘बिना औषधि सहारा घरको माया ममताले म निको भएँ, हाम्रो लागि बलबहादुर दाइ भगवाननै हुन्’ अब म पनि यही बसेर दाइ जस्तै अरूको सेवा गर्छु। अहिले केशव पनि मानसिक सन्तुलन गुमाई त्यहाँ बस्ने मानिसहरूलाई नुहाइदिने देखि लिएर खाना पकाएर खुवाउने काम समेत गर्छन्।

त्यस्तै सहारा घरमा बस्ने लम्की चुहा नगरपालिका –१ थकालीपुरकी सुनिता (शान्ति) को पीडा पनि कहाली लाग्दो छ। उनी पनि मानसिक सन्तुलन गुमाएर सडकमा हिँड्दै गर्दा बौनिया प्रहरीले सहारा घरमा पुर्याए। दुई छोरा र दुई छोरी रहेका उनी पनि करिब १२ वर्ष अघिदेखि मानसिक रोगीको सिकार भएका थिए। अहिले भने उनलाई निको भएको छ। अहिले उनी त्यही सहारा घरमा अरूको सेवा गर्दै आईरहेका छन्। घर नजिकै भएपनि आफूलाई घर जान पटक्कै मन नलाग्ने बताउछन् शान्ति। घर नजिकै भएर आफूहरूले पटक पटक घर पठाउँदा पनि पुनः फर्किएर सहारा घरमा आईहाल्छन् सञ्चालक विष्टले भने।

असहायको सहायताका लागि विष्टले ‘असहायका लागि सहयोगी हातहरू नेपाल’ संस्थाको नाममा देशबिदेशबाट सहयोग जुटाउने गरेका छन्। ‘सहयोगी हातहरू भर्खर जुट्दै छन्’, ‘उनले भने ‘सामाजिक सञ्जालमार्फत सहायता माग्छु।’ संस्थाको नाममा बैंकमा खाता खोलेको छु उनले भने।

सहारा घरमा ,स्वास्थ्य परीक्षणको लागि स्वास्थ्यकर्मी तथा एम्बुलेन्सको एकदमै अभाव भएको सञ्चालक विष्टले बताए। उनले भने ,‘विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले अशक्त तथा असहायहरूलाई सहारा घरमा पठाइ सहयोग गर्ने आश्वासन दिएपनि कुनै पनि किसिमको सहयोग नगर्ने हुँदा आउने व्यक्तिहरूलाई गाँस बासमा समस्या हुने गरेको छ ।’ विष्टले खर्च नहुँदा आफूसँग भएको खेतवारी बिक्री गरेर खर्च चलाइरहेको समेत बताए। (रासस)

लोकप्रिय

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

२०७६, १३ माघ सोमबार १६:४६

चक्कु देखाएर युवतीले गरीन् पुरुषकाे बलात्कार

चक्कु देखाएर युवतीले गरीन् पुरुषकाे बलात्कार

२०७६, १४ माघ मंगलवार १६:४१

इंग्ल्याण्ड क्रिकेट टीमका स्टुअर्ट ब्रडलाई जरिवाना

इंग्ल्याण्ड क्रिकेट टीमका स्टुअर्ट ब्रडलाई जरिवाना

२०७६, १४ माघ मंगलवार १७:२७

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

२०७६, १३ माघ सोमबार १९:४६

अब स्मार्टबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने

अब स्मार्टबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने

२०७६, १४ माघ मंगलवार १७:०९

रक्सीले बिगार्याे यि अभिनेत्रीको करियर

रक्सीले बिगार्याे यि अभिनेत्रीको करियर

२०७६, १४ माघ मंगलवार १७:१७

‘वी विल मिस यु सन्दीप!’

‘वी विल मिस यु सन्दीप!’

२०७६, १३ माघ सोमबार ११:४४

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

२०७६, १३ माघ सोमबार १७:३५

आईपिएलः धोनी, बिराट र रोहितलाई एउटै टिमबाट खेलाउने बिसिसिआईको योजना

आईपिएलः धोनी, बिराट र रोहितलाई एउटै टिमबाट खेलाउने बिसिसिआईको योजना

२०७६, १४ माघ मंगलवार १६:१६

युद्धको घाउ नकोट्याएकै राम्रो

युद्धको घाउ नकोट्याएकै राम्रो

२०७६, १३ माघ सोमबार १७:३९

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

२०७६, १३ माघ सोमबार १५:१९

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

२०७६, १३ माघ सोमबार १३:५१

अष्ट्रेलियाबाट आईपुग्ने बित्तिकै क्याम्पमा फर्किए सन्दीप

अष्ट्रेलियाबाट आईपुग्ने बित्तिकै क्याम्पमा फर्किए सन्दीप

२०७६, १४ माघ मंगलवार १२:०९

‘बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छ’

‘बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छ’

२०७६, १३ माघ सोमबार १९:०५

‘जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन’

‘जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन’

२०७६, १३ माघ सोमबार १७:०९