काठमाडौं – नेपाल सरकारले नेपालीहरुलाई बैदेशीक रोजगारीका लागि लागि युरोपमा रोजगारी खोज्ने भएको छ। खाडी मुलुकमा कठिन कामका लागि मात्र धेरै नेपालीहरु विदेशीइरहेका बेला सरकारले यस्तो संकेत गरेको हो। वैदेशिक रोजगारलाई थप व्यवस्थित र उपलब्धीमुलक बनाउन यस्तो कदम चाल्न लागिएको हो।

खाडी मुलुकमा उचित पारि श्रमिक नहुँदा कामदारको संख्याको अनुपातमा रेमिट्यान्स निकै कम आउने गरेको छ। सरकारले युरोपका विभिन्न मुलुकसँग सहकार्य गरी कामदार पठाउने तयारी गरेको हो।वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ८० प्रतिशतभन्दा बढी मलेसिया र खाडी मुलुकमा जाने गरेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सम्भाव्य श्रम गन्तव्य मुलुकका रूपमा युरोपेली मुलुकसँग छलफल अघि बढेको बताए। बेलायत, माल्टा, जर्मन, पोर्चुगल, टर्की, पोल्यान्डलगायत युरोपेली देशमा कामदार पठाउने तयारी भइरहेको बताए। ‘ती देशसँग छलफल प्रक्रिया सुरु भएको छ’, उनले भने, ‘युरोपमा रोजगारी बढाउन हाम्रो प्रयत्न रहन्छ।’

त्यस्तै श्रम मन्त्रालयका उपसचिव दिपक ढकालका अनुसार श्रम गन्तव्य मुलुक खोज्न गृहकार्य सुरु भएको बताए। ‘गन्तव्य मुलुक खोज्न बजेट विनियोजन भएको छ’, उनले भने, ‘युरोपकका विभिन्न देशमा रोजगारी खोज्ने तयारीमा छौं’, टर्की रोजगारीका लागि श्रम सम्झौताको तयारी भइरहेको उनले जानकारी दिए। ‘टर्की रोजगारका लागि मस्यौदा तयार भएको छ’, उनले भने, ‘केही समयभित्रै पठाउने तयारीमा छौं।’

अघिल्लो सरकारले श्रम राज्यमन्त्रीको संयोजकत्वमा समिति गठन गरेर श्रम गन्तव्य मुलुक खोज्ने प्रयास गरे पनि सार्थकता पाउन सकेको थिएन। आकर्षक गन्तव्य मुलुकमा रोजगारीको अवसर कम हुँदा कामदार मलेसियासहित खाडीका साउदी अरब, कतार, संयुक्त अरब इमिरिटे्स (यूएई) मा जान वाध्य छन्। पोल्यान्ड र पोर्चुगलमा केही कामदार जाने गरे पनि युरोपका अन्य देशमा कामदार जान पाएका छैनन्।

पछिल्लो समय बेलायत आकर्षक गन्तव्य मुलुकका रूपमा देखिने सम्भावना बढेको छ। नेपालले उक्त अवसर अधिकतम उपयोग गर्ने योजना बनाएको छ। युरोपेली युनियनबाट बेलायत अलग्गिएसँगै विदेशी कामदारका रूपमा आकर्षक गन्तव्य मुलुकको रूपमा रहने भन्दै सरकारले बेलायतसँग सहकार्य गरी कामदार पठाउने योजना बनाएको हो। वैदेशिक रोजगार विभागका अनुसार काम खोज्दै ४३ लाखभन्दा बढी युवा बिदेसिएका छन्।

श्रम मन्त्रालयका उपसचिव दिपक ढकालका अनुसार श्रम गन्तव्य मुलुक खोज्न गृहकार्य सुरु भएको बताए। ‘गन्तव्य मुलुक खोज्न बजेट विनियोजन भएको छ’, उनले भने, ‘युरोपकका विभिन्न देशमा रोजगारी खोज्ने तयारीमा छौं’, टर्की रोजगारीका लागि श्रम सम्झौताको तयारी भइरहेको उनले जानकारी दिए। ‘टर्की रोजगारका लागि मस्यौदा तयार भएको छ’, उनले भने, ‘केही समयभित्रै पठाउने तयारीमा छौं।’

उपसचिव दाहालले युरोपेली मुलुकमा क्रुज (पानी जहाज) मा श्रमिक आवश्यक हुने भएकाले त्यहाँ नेपाली पठाउने रणानीति बनाइएको बताए। ‘छोटो समयका लागि कामदार पठाउन सकिन्छ’, उनले भने, ‘त्यसका लागि हामी मापदण्ड बनाउँदै छौं।’

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

२०७६, १२ फाल्गुन सोमबार २०:३६

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

२०७६, १२ फाल्गुन सोमबार १२:५९

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि…

२०७६, १२ फाल्गुन सोमबार १२:३७

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

२०७६, १२ फाल्गुन सोमबार १०:३०

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

२०७६, १२ फाल्गुन सोमबार १७:५७

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

२०७६, १२ फाल्गुन सोमबार १७:०१

खैरो हेरोइनसहित युवती पक्राउ

खैरो हेरोइनसहित युवती पक्राउ

२०७६, १२ फाल्गुन सोमबार ०९:०७

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

२०७६, १२ फाल्गुन सोमबार ०७:३६

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

२०७६, १३ फाल्गुन मंगलवार १७:४३

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

२०७६, १४ फाल्गुन बुधबार ०८:४२