काठमाडौं – ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७५’ बिबिसी नेपाली सेवामा संवाददाताको रुपमा कार्यरत माधुरी महतोले पाउने भएकी छन्। पर्सा जिल्लाको वीरगंज कार्यक्षेत्र बनाएर एक दशकभन्दा लामो समयदेखी पत्रकारीता क्षेत्रमा आवद्ध भएकी महतो ४ वर्षदेखी बिबिसीसँग जोडिएकी छन्।

तुलनात्मक रुपमा चुनौतीपुर्ण मानिने मधेसमा स्थानिय रेडियोबाट सचांरजगतमा पाइला टेक्दै बिबिसीसम्मको यात्रा तय गरेकी बिबिसीकी संवाददाता माधुरी महतोसँग नेपाली पब्लिकका कार्यकारी सम्पादक सुरज खनालले गरेको कुराकानी…

माधुरी जी बधाई छ, स्व. उमा सिंह पत्रकारीता पुरस्कारको लागि।

धेरै धेरै धन्यवाद।

कसरी लाग्नुभयो पत्रकाकारीतामा?

स्कुले जिवनदेखी नै एफएममा विभिन्न किसिमका भोजपुरी र नेपाली भाषाको सन्देशमुलक कार्यक्रमबाट वि.स २०६४ सालदेखी वीरगंजस्थित मध्य तराईको पहिलो सामुदायिक रेडीयो नारायणी एफएममा आवद्ध भएर काम गर्दै गए।

तर, पत्रकारितामै लाग्छु भन्ने चाहिँ सोचेकी थिइनँ। काम गर्दै जाँदा समाचार कक्षमा समाचार पढ्न मन लाग्यो। त्यसपछि गुरु, दाई, सहकर्मी सबैबाट हौसला पाउँदै जाँदा विस्तारै पत्रकारीताप्रतीको क्रेज बढ्दै गयो।

र समाज परिवर्तनका लागि विभिन्न समुदायमा सकारात्मक परिवर्तन ल्याउन, विभिन्न जानकारी दिने क्रेज बढ्दै गएपछि अब पत्रकारीतामै केही गर्नुपर्छ भनेर यसैलाई हालसम्म निरन्तरता दिएको छु। र दिनेछु पनि।

आज पनि म बिहानदेखि साँझसम्म समाचारका लागि नै खटिन्छु। म त्यही संस्थामै क्रियाशील छु, जहाँबाट मैले रेडीयोमा बोल्न शुरु गरेको थिए। त्यहीँ अहिले समाचार प्रमुखको रुपमा नेतृत्व गर्ने अवसर पाएकी छु।

महिला पत्रकारको रुपमा काम गर्नु कत्तिको चुनौतीपुर्ण छ?

महिलाहरुलाई चुनौती यो क्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा छ। अझ मधेशमा हाम्रो समाजीक संरचना पनि त्यस्तै छ। त्यसमा पनि महिलाहरुले त पहिले घरबाट निस्कन नै गाह्रो, निस्किहाले पनि कार्यालयमा प्रवेश गरेपछि त्यहाँ टिक्न गाह्रो।

त्यसमा पनि जाडो होस् वा गर्मी वा चाडपर्व तथा साँझ वा बिहान केही भन्न पाईदैन। त्यति गर्दा पनि महिलाहरुले चुनौतीको सामना गर्नुपरीरहेको छ। यहाँसम्म आउन धेरै मेहनत गरेकी छुँ। संस्थाको भावनाअनुसार समुदायको सशक्तिकरणका लागि हालसम्म काम गर्दै आएकी छु।

तपाई महिला, त्यसमाथी मधेशमा पत्रकारीता गर्दै हुनुहुन्छ, गाह्रो भएको छैन?

मधेश भन्नेवित्तिकै प्रायले मधेशका महिला केही गर्न सक्दैनन् भन्ने सोच बनाएका हुन्छन्। साच्चै मधेशमा बसेर काम गर्न सबै महिलाको लागि त्यती सहज छैन पनि।

तर म यो मामिलामा आफुँलाई धेरै नै भाग्यमानी ठान्दछु, किनकी मलाई मेरो हरेक पाईलामा मेरो हरेक चाहना ईच्छा र आकांक्षामा मेरा बुवा आमाले साथ दिनुभएको छ, शुरुदेखी नै।

जुनसुकै समुदायमा पनि हामीले विश्वास बनाउन सक्यौ भने र आप्mनो घरका सदस्यको साथ पाईयो भने जुनसुकै चुनौती र संघर्ष पनि कम नै लाग्छ। मलाई पनि यो १२ वर्षको पत्रकारीता अवधीमा थुप्रै चुनौती आए।

संघर्ष पनि गर्नुपर्यो। आमाबुवाले समाजका व्यक्तिहरुले छोरीप्रती गर्ने विभिन्न टिक्काटिप्पणी नसुनेका होईनन् तर समाजका ती व्यक्तिको विभिन्न टिकाटिप्पणी भन्दा छोरीको ईच्छा र सपना ठुलो छ भनेर विश्वास गर्नुभयो।

आज हेर्नुस त्यही समाजले पुर्ण सम्मानका साथ व्यवहार गर्ने गरेको छ। केही पर्दा पनि साना ठुला काम, समस्या सबैमा सम्झिने गरेका छन्। खुशी लाग्छ।

मधेसमा पत्रकारीता गर्ने महिलाहरुले भोग्नुपरिरहेका समस्याहरु कस्ता छन्?

मधेशमा खासगरी पत्रकारीता गर्ने महिलाहरुले भोग्नु परीरहेको समस्या के हो भने पहिलो काम गर्न घरबाट निस्कने वित्तिकै विभिन्न लाच्छना, टिकाटिप्पणी सुन्न बाध्य हुनु, काम गर्ने वातावरण नपाउनु, केही गर्न खोज्दा हतोत्साहीत गरिनु, पारीश्रमीकमा विभेद, क्षमता हुदाँ पनि प्रमुख पद महिलालाई दिन हिच्किचाउनु, अवसर कम पाउनु ईत्यादी। अरु भन्दा फरक छैन।

ति समस्याहरुको निराकरणका लागि पत्रकार महासंघ अथवा राज्यको केहि पहलहरु भएको पाउनुभएको छ?

पहलहरु भएका छन् तर जति हुनुपर्ने हो त्यती हालसम्म मधेशका पत्रकार महिलाहरुले महशुश गर्न पाएका छैनन्।

तपाईको बिचारमा, मधेसका महिलाहरुलाई पत्रकारीता क्षेत्रमा अघि बढाउनका लागि के गरिनुपर्छ?

पछिल्लो केही वर्षको अवधिमा मधेशमा आशालाग्दा महिला पत्रकार मिडियामा आवद्ध भएका छन्। जिल्लाका मिडियाका साथै जिल्लामै बसेर पनि राष्ट्रिय मिडियासंग जोडीएका छन्, केही मात्रामा।

तर अझै पनि मिडियामा आवद्ध रहेका महिलाहरुमध्ये केही मात्रामा मात्रै समाचारमा काम गरेका छन्। बाहिर निस्केर रिपोर्टिङ गर्ने महिलाको संख्या अझै पनि न्युन छ।

बाहिरको कामसंगै घरपरिवारको दायित्व निर्वाह गर्नुपर्ने चुनौतीले पनि समस्या पारेको छ। र खासगरी दक्ष र क्षमतावान बनाउन तालिमलगायत अन्य अवसर प्रदान गर्नुपर्ने, विभिन्न समस्यामा तुरुन्त पहल हुनुपर्ने, घोच्ने पेच्ने हेप्ने लगायतका गतिविधी नियन्त्रण गर्नुपर्ने, महिलाहरुका विभिन्न समस्यालाई ध्यानमा राखेर संचार जगत महिला मैत्री हुनुपर्ने।

तर यसका बावजुद महिलाहरुले पनि संख्यात्मक भन्दा गुणात्मक कसरी बन्ने र आफ्नो दक्षता तथा क्षमताबाट जवाफ दिनसक्नुपर्ने हुनुपर्नेमा मेरो सदैव जोड छ।

आजको आधुनिक तथा प्रविधीयुक्त जमानामा समाचार समेत लेख्न नसक्ने र आफुलाई पत्रकारको रुपमा चिनाउन मात्रै मीडीयामा आवद्ध हुन चाहनुभन्दा पनि व्यवसायीक रुपमै अगाडी बढ्नुपर्ने मेरो सुझाव छ।

आफुसँग सिप र क्षमता छ भने कसैले हेपे पनि, खुट्टा तानेपनि अवसर आफै खोज्दै आउनेमा मेरो विश्वास छ।

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

जितीया व्रत सम्पन्न

जितीया व्रत सम्पन्न

२०७६, ५ आश्विन आईतवार १७:४४

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

निखिल उप्रेतीकाे ‘धानको चामल धानैको चिउरा’ सार्वजनिक(भिडियो सिहत)

निखिल उप्रेतीकाे ‘धानको चामल धानैको चिउरा’ सार्वजनिक(भिडियो सिहत)

२०७६, ५ आश्विन आईतवार १५:३५

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६