काठमाडौं – ज्योती ग्रुपका निर्देशक तथा युवा व्यवसायी शौरभ ज्योतीले ७४ लाखको मोटरसाइकल खरिद गरेका छन्। नाडा अटो शोमा राखिएको सबैभन्दा महँगो मोटरसाईकल उनले किनेका हुन्। यसको जानकारी उनले आफ्नो फेसबुकमार्फत दिएका छन्।

शाैरभकाे फेसबुक टाइमलाइनमा जान यहाँ क्लिक गर्नुहाेस

एमभी अगस्टाको नेपालस्थित आधिकारीक वितरक भेलोसिटी प्राइभेट लिमिटेडले ‘नाडा अटो शो २०१९’मा प्रदर्शनका लागि राखेको ब्रुटाले ८०० आर–आर एलएच ४४ मोटरसाइकल शौरभले बुक गरेका हुन्। ७३ लाख ९० हजार मुल्यको यो मोटरसाइकल खरिद गर्नका लागि उनले २० प्रतिशत रकम कम्पनीलाई एडभान्स दिएको बताइएको छ।

यो मोटरसाईकल संसारभर १ सय ४४ युनिटमात्र उत्पादन गरिएको छ भने दक्षिण एसियामा नै एक युनिट मात्रै आएको थियो। त्यहि १ युनिट मोटरसाइकल नै नाडा अटो शोमा राखिएको थियो।

फर्मुला १ च्याम्पीयन लेविस ह्यामील्टनसँगको सहकार्यमा निर्माण भएको यो मोटसाइकलमा युरो फोर इनलाइन थ्रि सिलिन्डर इन्जिन लगाइएको छ। अन्य मोडलको तुलनामा प्राविधिक रुपान्तरणसहित ल्याइएको यस मोडलमा उपलब्ध इन्जिनले १४० हर्ष पावर उत्पादन गर्छ भने प्रतिघन्टा २४४ किलोमिटर प्रतिघन्टाको टप स्पीडमा कुद्न सक्ने क्षमता छ।

यसमा उपलब्ध ब्रेक, क्लच लिभर, फ्लुड रिजर्भर क्याप, लाइटवेट अलोय बिलेट कार्बन फाइबरबाट बनेको कम्पनीले जनाएको छ। यसै कम्पनीका ५२ लाखदेखि ६० लाखसम्म मूल्य पर्ने २२ वटा बाइक नेपालको सडकमा गुडिरहेको कम्पनीले जनाएको छ।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८