काठमाडौँ-­ ह्याकरहरूले विभिन्न बैँकहरुबाट करोडौँ रुपैयाँ चोरेको घटनाबारे छानबिन गर्न गठित समितिले अहिले चलाइरहेको सम्पूर्ण म्याग्नेटिक स्ट्रिप कार्ड तीन महिनाभित्र हटाएर चिपमा आधारित कार्ड व्यवस्था मिलाउन सुझाव दिएको छ।

तर नेपाल ब्याङ्कर्स सङ्घका सदस्य अशोक शेरचन लाखौँ ग्राहकहरूले म्याग्नेटिक कार्ड नै प्रयोग गरिरहेको भएर तीन महिनाभित्रै तिनलाई विस्थापन गर्न असम्भव रहेको बताउछन्।

“म्याग्नेटिक कार्डमा खातावालका सीमित सूचना हुन्छन् जसले गर्दा आधिकारिकता पुष्टि गर्ने सवालमा ह्याकरहरूले फाइदा उठाउन सक्ने जोखिम उच्च हुने गरेको हो,“ ब्याङ्किक सुरक्षा मामिलाका जानकार सूचनाप्रविधिविज्ञ सुरेश कर्ण भन्छन्।

तर एटीएमबाटै प्रविधिलाई छक्याउँदै चोरी गर्ने क्रम बढेपछि राष्ट्र ब्याङ्कले त्यसलाई हटाउने सुझाव दिएको हो। अहिले चिपजडित एटीएम कार्डले समेत निम्न अवस्थामा म्याग्नेटिक स्ट्रिपका रूपमा काम गर्ने गर्छन्.

“त्यसबाहेक नेपालमा थुप्रै विदेशी ब्याङ्किङ सेवाका कार्ड प्रचलनमा छन्। थुप्रै अमेरिकी ब्याङ्कले अझै म्याग्नेटिक स्ट्रिप कार्ड चलाउनु पनि अर्को कारण हो,“ नेपाल कम्प्युटर फाउन्डेशनका अध्यक्ष विक्रम श्रेष्ठ भन्छन्।

म्याग्नेटिक स्ट्रिप कार्डमा ह्याकरहरूले अरूको विवरणमाथि थपघट गर्न सक्ने जोखिम उच्च हुने गरेको विज्ञहरूको भनाइ छ।

भिजा, मास्टरकार्डजस्ता सेवा प्रदायकहरूले भने म्याग्नेटिक स्ट्रिपमार्फत् कारोबार भएको खण्डमा थप विवरणको आधिकारिकता पुष्टि ब्याङ्कहरूले नै गर्नुपर्ने अन्यथा हुने भवितव्यमा आफूहरू जिम्मेवार नहुने सर्त राख्ने गरेको ब्याङ्कहरू बताउँछन्।

ब्याङ्कर्स सङ्घका अशोक शेरचनको भन्छन्, “ह्याकरहरूले चिप भएकै एटीएम कार्डबाट समेत ह्याकिङ गरिरहेका छन्। त्यसैले सुरक्षालाई समग्रतामा हेरिनुपर्छ।“

पछिल्ला वर्षमा एटीएमबाट चोरीका क्रम बढेपछि अब एटीएम कार्डमा औँठाछाप पनि हुने बायोमेट्रिक प्रणालीमा जानुपर्ने कुरा पनि उठेको छ।

विक्रम श्रेष्ठ भन्छन्, “त्यो भर्खर उदाइरहेको प्रविधि हो र केही देशले मात्र प्रयोग गरिरहेका छन्। तर नेपाल त्यसमा प्रवेश गर्ने हो भने चाहिँ पूर्वाधारका हिसाबले समस्या छैन।“

राष्ट्र ब्याङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका भनाइमा तीन महिनाभित्र खातावाललाई सूचित गर्ने र त्यसभित्र उनीहरू एटीएमकार्ड फेर्न नआएमा ती कार्ड निष्क्रिय पार्न लगाइनेछ।

“र वैकल्पिक रूपमा म्याग्नेटिक स्ट्रीपबाट हुने कारोबार रोक्ने समेत तयारी भइरहेको छ।“

सोही दिन भारतमा २४ ब्याङ्कका एक सय ३२ एटीएमबाट नेपाली ब्याङ्कलाई तारो बनाएर एक करोड पाँच लाखभन्दा बढी भारतीय रुपैयाँ झिकिएको पाइएको छ। भारतमा झिकिएको केही रकम वास्तविक रूपमा सेवाग्राहीले गरेका कारोबार हुन सक्ने भनिएको छ।

त्यसदिन जम्माजम्मी तीन करोड ५८ लाख रुपैयाँ भन्दा केही बढी बराबरको रकम झिकिएको थियो। बिहीवारयता एटीएमबाट एक दिनमा बढीमा ६० हजार रुपैयाँ मात्र झिक्न मिल्ने नयाँ सीमा कायम गरिएको छ। पहिला एक दिमा एक लाख रुपैयाँ झिक्न मिल्थ्यो।

समितिमा रहेका राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार अहिले सिङ्गापुरबाट बोलाइएका विज्ञहरूको टोलीहरुद्धारा एटिएम ह्याकबारे थप अनुसन्धान भइहेका छ्। बिबिसीबाट

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

२०७६, २९ भाद्र आईतवार १५:२३

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

२०७६, २९ भाद्र आईतवार १०:४२

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

२०७६, २९ भाद्र आईतवार १६:२३

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

२०७६, २९ भाद्र आईतवार १३:०८

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

२०७६, २८ भाद्र शनिबार १६:२५

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

२०७६, २८ भाद्र शनिबार १४:१७