पाल्पामा साउनबाट यता हालसम्म डेङ्गुका पाँच बिरामी देखा परेका छन्। साउनमा दुई बिरामी फेला परेकोमा भदौमा तीन बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए।

तानसेन नगरपालिकाभित्र साउनको २६ गते ३७ वर्षीय र २४ गते ६१ वर्षीया महिलामा डेङ्गुको सङ्क्रमण देखिएको थियो। भदौको दोस्रो हप्ता रम्भा गाउँपालिकामा एक, माथागढी गाउँपालिकामा एक र पूर्वखोलामा गाउँपालिकामा एक डेङ्गु रोग सङ्क्रमित बिरामी फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ।

तराईलगायतका अन्यत्र जिल्लामा घुमफिर काम विशेषले गएका बखत त्यहीँबाट सङ्क्रमण सरेर आएका बिरामी पाल्पामा फेला परेको सूचना अधिकारी ज्ञवालीले बताए। ‘पाल्पा जिल्लाभित्रै डेङ्गु रोग देखिएको छैन, बाहिर अन्यत्र जिल्ला तथा स्थानमा पुगेका व्यक्तिमा त्यहाँबाटै सङ्क्रमण भएको पाइएको छ, जिल्लाभित्रै रोगको सङ्क्रमण फैलिएको भनेर आत्तिनुपर्ने अवस्था छैन’, उनले भने।

सङ्क्रमित बिरामीको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार गरिएको छ। गत वर्षको भदौमा जिल्लामा सात बिरामी भेटिएका थिए। यो रोग एडिप्टाइ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ। घर वरिपरि खाँडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने, शरीर पूरै ढाक्ने गरी कपडा लगाउने गरियो भने डेङ्गु रोग लाग्नबाट बच्न सकिने सूचना अधिकारी ज्ञवालीले बताए।

अत्यधिक ज्वरो आउने, नाकको नाथ्री फुटेर रगत बग्नुजस्ता डेङ्गु रोगका लक्षण हुन्। डेङ्गु रोगको सङ्क्रमणले दिमागमा असर गर्ने हुँदा सजकता अपनाउन स्वास्थ्यकर्मीको अनुरोध छ। शरीरमा भएको रगतको मात्रा प्लेटेड नामक तत्वले घटाइदिने हुँदा रोगको लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ। विशेष गरी गर्मी क्षेत्रमा देखापर्ने डेङ्गु रोग पाल्पामा पहिले खासै देखिएको थिएन। पछिल्लो समय विस्तारै जिल्लामा डेङ्गुको सङ्क्रमण देखा पर्न थालेको छ।

लोकप्रिय

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

पर्यटकीय स्थलको प्रवद्धर्न

पर्यटकीय स्थलको प्रवद्धर्न

२०७६, २ मंसिर सोमबार १२:३९

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६

अब प्रियंका म्यूजिक भिडियो निर्देशनमा पनि (भिडियो सहित)

अब प्रियंका म्यूजिक भिडियो निर्देशनमा पनि (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार २०:५०

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

२०७६, ३ मंसिर मंगलवार ११:५६

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

२०७६, ३ मंसिर मंगलवार १७:१५