नेपालगन्ज– नेपालगन्जका होटल व्यवसायी नेपालगन्ज हुँदै भारतका विभिन्न शहरमा सञ्चालन भइरहेका यात्रुवाहक बस रोक्न सडकमा उत्रिएका छन्।

पर्यटकीय इजाजत लिएर भारतका विभिन्न शहरमा यात्रु ओसार–पसार गर्ने नेपाली बसलाई रोक्नका लागि सरोकारवाला निकायलाई पटक–पटक अनुरोध गर्दा बेवास्ता गरेपछि आफैँले बस रोक्नु परेको होटल व्यवसायी सङ्घले जनाएको छ।

 

नेपालगन्ज हुँदै दैनिक दर्जनभन्दा बढी गाडी नेपाल–भारतमा ओहोरदोहोर गर्ने गर्दछन्। भारततर्फ जाँदा दैनिक राति ९ बजेसम्म नेपालगन्ज नाका पार गर्ने बसहरु नेपाल फर्किंदा बिहान ७ देखि १० बजेसम्म फर्किने गरेका छन्।

 

होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलका अनुसार भारतका विभिन्न शहरबाट पश्चिम नेपालका विभिन्न जिल्लामा नेपालगन्ज नाका हुँदै सिधा सञ्चालन हुने बसलाई शुक्रबारदेखि रोक्न थालिएको हो। ‘हिजो सिमलाबाट दाङको तुलसीपुर जाँदै गरेको बसलाई रोकेर यातायात व्यवस्था कार्यालय बुझाएका थियौँ’, अध्यक्ष कँडेलल भने, ‘आज पनि दाङ जाँदै गरेको एउटा बसलाई रोकेर यातायात व्यवस्था कार्यालय बुझाएका छौँ।’

 

 

पर्यटकीय इजाजत लिएर यात्रु ओसार–पसार गर्ने बसलाई स्थानीय यातायात व्यवसायी र होटल तथा पर्यटन व्यवसायीले रोक्न थालेपछि नेपालगन्जको पुष्पलालचोक क्षेत्रमा तनावसमेत हुने गरेको छ। ‘पर्यटकका नाममा यात्रु ओसार्न पाइँदैन’, कँडेलले भने, ‘यी गाडीहरु नेपालगन्जमा रोक्दै नरोकी सिधै गन्तव्यमा जानाले यहाँका सबै व्यवसायीलाई मर्का परेको छ।’

 

 

होटल व्यवसायीले रोकेर बुझाएका अवैध बसलाई यातायात कार्यालयले बिना कुनै कारवाही छोड्ने गरेको कँडेलको आरोप छ। अवैध बस सञ्चालन नरोकिँदासम्म चरणबद्ध रुपमा यस्ता कार्यका विरुद्ध लाग्ने होटल व्यवसायी सङ्घले जनाएको छ।

 

पर्यटन सुविधाको इजाजत लिएर यात्रुवाहक बस सञ्चालन गरिँदा यातायात व्यवसायीहरुका लागि मात्रै नभई सिङ्गो नेपालगन्ज शहर प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए। उनले अवैध कार्य रोक्न सरोकारवाला निकाय प्रहरी प्रशासन र यातायात व्यवस्था कार्यालयले कडाइ गर्नुपर्ने बताए।

 

भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले अवैध रुपमा सञ्चालन हुने यात्रुवाहक बसका कारण वैधानिक रुपमा सरकारको अनुमति लिएर सञ्चालन हुने नेपाल–भारत मैत्री बसलाई समेत समस्या हुने गरेको बताए। उनले यो समस्या होटल व्यवसायीको एक छाक खाना र एक रात बासको मात्र नभई समग्र व्यवसायसँग जोडिएको बताए। बाँकेमा भर्खरै प्रजिअको कार्यभार सम्हाल्नुभएका प्रजिअ कुमारबहादुर खड्काले सरोकारवालासँग छलफल गरी उपयुक्त निर्णय गरिनेछ भने। (रासस)

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८