दार्चुला – तराई क्षेत्रमा बढ्दो मात्रामा देखिने डेङ्गु पछिल्लो समय दार्चुला जिल्लामा पनि फैलिन थालेको छ। एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत साउनयता चार जनामा देखापरेको जिल्ला अस्पतालले जनाएको छ।

डेङ्गुका कारण चार जना बिरामी अस्पताल आएकामा तीन जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको छ। जिल्ला अस्पताल दार्चुलाका सिनियर अहेव डम्मरदत्त भट्टका अनुसार हालसम्म लेकम गाउँपालिका–३ का १२ वर्षीया निरुता चन्द, महाकाली नगरपालिका–९ का १७ वर्षीय योगेश सामन्त, दुहुँ गाउँपालिका–३ का ३६ वर्षीय उत्तमबहादुर वम, वडा नं २ का ३० वर्षीय गोमती बम रहेका छन्।

विगतमा तराईमा बसोवास गर्नेहरुमा मात्रै डेङ्गुको सङ्क्रमण देखिन्थ्यो तर पछिल्लो समय पहाडी जिल्लामा पनि फैलिन थालेको भट्टको भनाइ छ। गर्मी र फोहरका कारण हरेक वर्ष जिल्लामा डेङ्गुको जोखिम बढ्दै गएको छ। जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा गजेन्द्र दुवालका अनुसार अहिलेसम्म डेङ्गुको सङ्क्रमण देखिएका चार जनामध्ये बाहिरी जिल्लाबाट फर्किएकामा दुई जनामा यो रोग देखिएको हो। यो रोग लामखुट्टेले सङ्क्रमित मानिसलाई टोक्ने र त्यो लामखुट्टेमा भाइरस विकास हुने हुँदा स्वस्थ मानिसमा समेत सर्न जाने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

गत वर्ष जिल्लामा १३ महिला र सात जना पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो।बर्सातको समयमा जताततै पानी जम्दा लामखुट्टेले फुल पार्ने मौका पाउँछ, डाक्टर दुवालले भन्नुभयो, हरेक वर्ष साउन /भदौमा डेङ्गुका कारण बिरामी बढ्ने गर्छन्।

यस्तै केहीलाई यही समयमा बढी भाइरल ज्वरोले समात्ने गर्छ। डेङ्गु रोग लागेपछि एक्कासि उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा बिमिरा आउने, रक्तस्राव हुने, आँखाको गेडी तथा टाउको पछिल्लो भाग बढी दुख्ने यसका लक्षण हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्। डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्ने, आफू बस्ने वरिपरि पानी जम्न नदिने, पानी ट्याङ्कीलाई एक हप्तामा सफाइ गर्ने लगायतका कार्य गर्न सकिने उनीहरुको सुझाव छ।

यसैबीच दार्चुलाका सबै स्वास्थ्य संस्थामा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ। नौ वटै स्थानीय तहका स्वास्थ्य चौकी र दुई वटा अस्पतालमा भाइरलका बिरामीको चाप बढेको हो । मौसममा आएको परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढेको डा दुवाल बताउछन्।

जिल्ला अस्पताल दार्चुलामा आउने झण्डै एक सय बिरामीमा ६० प्रतिशतभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन्। पानी फोहर हुनु, खानामा ध्यान नदिनु जस्ता कारणले अहिले बिरामीको चाप बढेको छ । गोकुलेश्वर अस्पतालमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन्। दैनिक ५०/६० जनासम्म भाइरल ज्वरोका मात्रै बिरामी आउने गरेको अस्पतालले जनाएको छ। (रासस)

लोकप्रिय

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

पर्यटकीय स्थलको प्रवद्धर्न

पर्यटकीय स्थलको प्रवद्धर्न

२०७६, २ मंसिर सोमबार १२:३९

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

अब प्रियंका म्यूजिक भिडियो निर्देशनमा पनि (भिडियो सहित)

अब प्रियंका म्यूजिक भिडियो निर्देशनमा पनि (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार २०:५०

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

२०७६, ३ मंसिर मंगलवार ११:५६

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

२०७६, ३ मंसिर मंगलवार १७:१५