वालिङ – स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकास्थित घ्वाङखोलालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ।

वालिङ नगरपालिकाको मुख्य बजार वालिङबाट झण्डै तीन किलोमिटरको दूरीमा रहेको घ्वाङखोलासम्म पुग्न सडकको सहजता छ। स्थानीयवासीले बिहानीपख र साँझ हिँड्ने गन्तब्यको रुपमा यस ठाउँलाई लिन थालेका छन्।

प्रकृतिको उपहारस्वरुप प्राप्त घ्वाङखोला सामुदायिक बनको घना जङ्गल, मनमोहक प्रकृतिको छटासँगै कृत्रिम रुपमा बनाइएका पुल, स्विमिङ पुल, माछा पोखरी, उद्यान, विभिन्न प्रकारका पिङहरु आगन्तुकका लागि आकर्षण हुन्।

यसै ठाउँमा शिव पार्वतीको मन्दिर, विशाल हनुमानको मूर्ति, देवीदवता, नागहरु तथा जनावरहरुका मूर्तिहरु निर्माण गरिएकै कारण धार्मिक पर्यटकहरुको आकर्षण केन्द्र बन्न पुगेको व्यवस्थापकीय संस्था ग्रहौंसुर धार्मिक तथा वन पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणल बताए।

वालिङ नगरपालिकाभित्रका १४ वटा वडामा एक÷एक वटा वडास्तरीय पार्क, तीन वटा नगरस्तरीय पार्क बनाउने योजना रहेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताएका छन्।

नगर प्रमुख खाँणका अनुसार घ्वाङखोलालाई चिल्ड्रेन पार्क, मनोरञ्जन पार्क, मानव निर्मित तालहरु, वाटर फन पार्क, नलेज पार्कका रुपमा विकसित गर्ने र सोही ठाउँमा पर्यटकलाई लक्ष्य गरी पर्यावरणीय रिसोर्टहरु निर्माण गर्ने नगरपालिकाको योजना छ।

‘वालिङ नगरपालिकालाई स्मार्ट सिटी बनाउँदै गर्दा नगरभित्र पार्कको आवश्यकता महशुस गरी घ्वाङखोलामा पूर्वाधार निर्माण गरिरहेका छौं,’ नगर प्रमुख खाँणले भन्नुभयो – ‘यस क्षेत्रमा पूर्वाधार निर्माणका लागि विभिन्न ठाउँबाट सहयोग भइरहेको छ। अब छिट्टै नै व्यवस्थित तरीकाले सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्रको रुपमा स्थापित गर्छौं।’

घ्वाङखोलामा आवश्यक पूर्वाधारहरु क्रमशः निर्माण गर्दै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको स्थान बनाउने लक्ष्य रहेको वडा नं १० का वडाध्यक्ष अनन्तराज गैह्रेले बताए। ‘स्मार्ट सिटी निर्माण गर्ने क्रममा वालिङ नगरपालिका रहेकाले पनि वालिङमा पार्कको आवश्यकता छ,’ वडा अध्यक्ष गैह्रेले भने – ‘नगरको आवश्यकता पूरा गर्ने गरी घ्वाङखोलामा काम अगाडि बढिरहेको छ।’

विगतदेखि नै यस ठाउँमा वनभोज तथा र घुमघामका लागि हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेकाले यसलाई थप व्यवस्थित गर्न खोजिएको वडाध्यक्ष गैह्रेको भनाइ छ। अहिले यस ठाउँमा वनभोजका लागि आउनेहरुलाई लक्ष्य गरेर आवश्यक भाँडावर्तन, दाउरा तथा अन्य सामग्रीहरुलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। यस ठाउँको संरक्षण गर्न चारैतिर तारबार गरिएको छ भने पार्कको संरक्षण तथा रेखदेखका लागि एकजना हेरालु नियुक्ति गरिएको छ।

जिल्लाकै प्रसिद्ध धार्मिक स्थल ग्रहौंसुर मन्दिरसम्म पुग्ने सडक पनि यसै स्थान भएर जाने भएकाले मन्दिर पुग्न चाहने दर्शनार्थीहरुलाई यस ठाउँमा लैजाने गरी काम भइरहेको वडा नं ८ का वडाध्यक्ष कमलप्रसाद सुवेदीले बताए। झण्डै १ सय ३० हेक्टर क्षेत्रफलमा फैलिएको घ्वाङखोला सामुदायिक वनको दिगो आम्दानीको स्रोतका रुपमा पार्कलाई विकास गर्न सकिने डिभिजन वन कार्यालय स्याङ्जाका सहायक वन अधिकृत वसन्तकेशव अधिकारीले बताए।

घ्वाङखोलामा पर्या–पर्यटन विकासका लागि उद्यम स्थापना गर्ने उद्देश्यले आर्थिक सहयोग गरेको सहायक बन अधिकृत अधिकारीले बताए। अधिकारीका अनुसार डिभिजन वन कार्यालय स्याङ्जाले जिल्लाका पाँच ठाउँमा पर्या–पर्यटन विकासका लागि आर्थिक सहयोग गरेको छ। (रासस)

लोकप्रिय

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

२०७६, ६ माघ सोमबार १४:३९

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

२०७६, ७ माघ मंगलवार १४:०४

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ६ माघ सोमबार १९:१२

ठगी मुद्दामा पक्राउ परेका  नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार चलान

ठगी मुद्दामा पक्राउ परेका नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार…

२०७६, ७ माघ मंगलवार २१:१४

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

२०७६, ७ माघ मंगलवार २१:३९

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

२०७६, ८ माघ बुधबार २०:१४

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

२०७६, ८ माघ बुधबार १३:३३

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

२०७६, ८ माघ बुधबार १९:१८

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

२०७६, ६ माघ सोमबार १५:३२

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

२०७६, ८ माघ बुधबार १७:४३

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

२०७६, ७ माघ मंगलवार १६:२६

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

२०७६, ६ माघ सोमबार १७:२८

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

२०७६, ७ माघ मंगलवार १४:१६

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

२०७६, ६ माघ सोमबार ११:३७

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

२०७६, ८ माघ बुधबार १८:५८